
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२८ चैत्र,२०८१
सिँजा राज्यको हिँउदे राजधानीको रुपमा अवस्थित करिब ४२ वटा जातजातिहरुको आदीभुमीको रुपमा रहेको दैलेखको कला सँस्कृतिको पहिचानका साथै पर्यटन प्रर्वद्धनका लागि दैलेखमा “दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव” सञ्चालन गरिएको छ । विभिन्न संघसंस्थाहरु र कार्यालयहरु सहित रेडियो मातृभुमिद्धारा सञ्चालन गरिएको महोत्सवमा दैलेखमा उत्पादित विभिन्न उद्योगका उत्पादनहरु सहित कृषि उपजहरु र अन्य व्यापारहरुको स्टल समेत प्रदर्शन गरिएको छ ।
दैलेख सदरमुकाममा सञ्चालन भएको उक्त महोत्सवमा दैनिक रुपमा स्थानिय कलाकारहरु देखी राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सव सञ्चालनको उद्धेश्यमाथी प्रकास पार्दै रेडियो मातृभुमी दैलेखका स्टेसन म्यानेजर एवं नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले दैलेखको आफ्नै पहिचान भएको बताउदै जिल्ला भित्रका हरेक पर्यटयिक,साँस्कृतिक र धार्मिक महत्वका बस्तुहरुको पहिचान हुनुका साथै जिल्लाभित्रका कृषि लगाएत अन्य उत्पादित बस्तुहरुको पहिचानमा महोत्सव फलदायि हुनेमा जोड दिनुभयो ।
महोत्सव २०८१ चैत्र २७ गते उद्धघाटन भएको थियो भने आगामी २०८२ वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२८ चैत्र,२०८१
दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ ले आफ्नो वडाक्षेत्रमा सञ्चालित विभिन्न खानेपानी योजनाहरुको सुचारुपना र ति योजनाहरुलाई दीर्घकालिन बनाउनका लागि एक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोसेक नेपाल र हेल्वेटास नेपालसँगको सहकार्यमा वडाभित्र निर्माण तथा मर्मत गरिएका विभिन्न खानेपानी योजनाहरुका समितिका पदाधिकारीहरु लगाएत आम खानेपानीका उपभोक्ताहरुको सहभागितामा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
यतिबेला वडा भित्र विभिन्न खानेपानी योजनाहरु सञ्चालनमा भएपनि मुख्यतया ५ वटा खानेपानी आयोजनाहरुलाई राष्ट्रिय खानेपानी वोर्डमा सुचिकृत गरिएको छ भने सञ्चालन गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा समग्र वडा लगाएत ति खानेपानी योजनाहरुको वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।
उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष पुर्ण प्रसाद उपाध्याय मुख्य जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो भने अन्य जवाफदेहि वक्ताहरुमा दुल्लु खानेपानी वोर्डका अध्यक्ष भागवत हमाल लगाएत वडा खानेपानी वोडका अध्यक्ष लगाएत विभिन्न खानेपानी योजनाका अध्यक्ष एवं प्रतिनिधिहरु रहनुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमलाई सोसेक नेपाल र हेल्वेटास नेपालको सहयोगमा बस्तकोटी मिडिया प्रालिले सहजिकरण गरेको थियो ।