
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२१ जेठ,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ र २ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेका छन । वडाहरुबाट आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएका हुन ।
चामुडाबिन्द्रासैनी नगरपालिका वडा नं. १ र २ नम्बर वडा कार्यालय परिसरमा गरिएका सार्वजनिक सुनुवाई कार्यक्रममा वडाहरुबाट एक आर्थिक वर्षहरुमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विविध विषय गरिएका प्रगति प्रतिवेदन सम्बन्धित वडा सचिवहरुले गर्नुभएको थियो ।
वडाका सार्वजनिक सुनुवाई कार्यक्रमहरुमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका सेवाहरुको सकारात्मक सुधारसँगै आवश्यक विकासनिर्माणको सन्दर्भमा राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण सम्बन्धित वडाका वडाध्यक्षहरुले प्रमुख जवाफदेही वक्ताको रुपमा सहजिकरण गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा उठेका सवालजवाफ र प्रश्नोत्तरका साथै सेवाग्राहीहरुको मागको आधारमा गरिएको सहिजकरण र उत्तरलाई वडा र जनप्रतिनिधिहरुको प्रतिवद्धताको रुपमा राखिएको छ ।