
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ असार,२०८२
विकासको मेरुदण्डको रुपमा सडकलाई लिइन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी,विद्युत लगाएत अन्य विकासका पुर्वाधार निर्माणका लागि सडक नै मुख्य हो । सडक बिना ति संरचनाहरु निर्माण असंभव छन ।
नेपालका ७ प्रदेशहरुभा सबैभन्दा विकट कर्णाली र कर्णालीका १० वटा जिल्लाहरु मध्ये डोल्पा जिल्ला भौगोलिक रुपमा सबैभन्दा विकट छ । भुगोलका हिसावले नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाका सबै स्थानिय तहहरुमा अहिले पनि सडक पुग्न सकिरहेको छैन । सुर्खेत डोल्पा भेरी करिडोरको जाजरकोट तल्लुबगर सम्म सडक केहि सहज भएपनि डोल्पा सदरमुकाम दुनै पुग्नका लागि सामान्य सडक छ जसको निर्माणको काम कछुवाको गतिमा भइरहेको छ ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपाकिला जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये फरक पहिचान बोकेको पालिका हो । विकास निर्माण र शुसासनको क्षेत्रमा आफ्नो भिन्न परिचय बनाएको त्रिपुरासुन्दरी नगरपालिकाको ११ वटा वडाका ३९ वटा गाउँहरु यतिबेला सडकसञ्जालसँग जोडिएका छन । घोडा खच्चरमा दैनिक उपभोग्य बस्तुहरु ढुवानी गर्दै आएका त्रिपुराबासीहरुले यतिबेला घर गाउँसम्मै यातायातका साधनहरु प्रयोग गर्न पाएसंगै दैनिकी समेत परिवर्तन गर्न थालेका छन ।
यार्सागुम्बा लगाएत विभिन्न जडिबुटिको लागि चिनिने डोल्पा ओखर र स्याउ लगाएका फलफुलका लागि समेत प्रख्यात छ । विगतमा सामान्य रुपमा आफ्नो लागि मात्र स्याउखे िगर्दै आएका त्रिपुरासुन्दरी बासीहरु यतिबेला सडक पहुँचसंगै स्याउखेति तर्फ हौसिएका छन । लटरम्म बारीभरी फलेका स्याउहरु आफुले खान नसकेपछि गाई गोरु र खच्चरलाई आहारा बनाउदै आएका त्रिपुराबासीले गतवर्ष देखी स्याउको मुल्य राम्रो पाएसँगै स्याउ खेतितर्फ उन्मुख भएका छन । विगतमा फलेका स्याउहरु पनि खपत र उपयोग गर्न नसकेका उनिहरु सडक सञ्जालसँगै स्याउखेति तर्फ हौसिएका उनिहरु राज्य स्तरबाट सडकको थप स्तरोत्तन्नती र उचित बजार मूल्यको माग गरिरहेका छन ।
त्यसो त डोल्पा जिल्लाको समग्र ८ वटै स्थानिय तहहरु स्याउ उत्पादनको लागि उपयुक्र छन । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना मार्फत स्याउ जोन लगाएत पकेट क्षेत्रको विकास समेत भइरहेको छ । जसका लागि जिल्ला कृषि विकास कार्यालयले नगरपालिका कृषि शाखा सँगै समन्वय सहकार्य गर्दै आयआर्जनका लािग किसानहरुलाई विभिन्न जातका स्याउहरुको सिफारिस गर्दै सहयोग गर्दै आएको डोल्पा जिल्ला कृषि कार्यालय प्रमुख शरद लामाको भनाई रहेको छ ।
त्यसो त त्रिपुरासुन्दरी नगरपालिकाले समेत नगरपालिका क्षेत्रमा उत्पादित स्याउको उचित बजारीकरण देखी तनमन लगाएर स्याउ खेति लगाएत विभिन्न खेति प्रणालीमा लाग्ने किसानहरुका लागि विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आइरहेको छ । डोल्पा र त्यसमा पनि त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रको स्याउको बजारीकरणमा विशेष महत्व राख्दै खपतका लागि बाहिरबाट आयातित स्याउ बन्द समेत गरिएको र निकट दिनहरुमा कोल्डस्टोरको समेत व्यवस्थापन गरिने त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाको भनाई रहेको छ ।
यसरी सिंगो कर्णालीको जडिबुटि र स्याउ ओखरको ढुकुटी डोल्पा विकासका दृष्टिले पछाडी भएपनि पहिचानको दृष्टिले धेरै अगाडी छ । सुनको सिरानीमा निदाएको कर्णालीको विकासको लागि राज्यले समेत विशेष ध्यान दिनु अति आवश्यक छ ।
रिपोर्टमा सकिन्छ भने मेरो नाम समेत जोडिदिनुहोला………