
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १०,२०८२
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको १३ औं नगर सभा को अधिवेसनमा आर्थिक बर्ष २०८२र२०८३ को नीति तथा कार्यक्रम पेश गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाको लागि आर्थिक वर्ष २०८२ ८३ को लागि बार्षिक नीति तथा कार्यक्रममाथी ५२ करोड ६८ लाख ३० हजार ३ सय ३४ रुपैया बजेट पेश भएको हो ।
त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख देवी घर्तीले पेश गरेको नीति तथा कार्यक्रम नगर प्रमुख जनचन्द्र रोकायाले प्रस्तुत गर्नुभएको थियो । सो नीति तथा कार्यक्रम गर्दै नगर प्रमुख रोकायाले प्रत्येक वडाका नागरिकका आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, कृषि , खानेपानी , सडक,पोषण, पर्यटन, कला सांस्कृतिक, खेलकुद, रोजगारमुलक तालिम लगाएतका कार्यक्रम संचालन गरिने नगर प्रमुख रोकायाले बताउनुभयो। नगर सभामा नेपाली कांग्रेस र माओवादी केन्द्रका सदस्यहरु असन्तुष्ट भएपनि बन्द सत्रमा बजेट बाँडफाँड गर्दा सबैका माग पूरा गरेर बजेट पास हुने बिश्वास व्यक्त गरेका गरिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको सामान्य केही बिबादका कारण बजेट बाडफाड नहुदा चालू र पुजिगत खर्च नछुट्टिएको भएपनि असार ११ गते बस्ने नगरसभाको बन्द सत्रले कुन क्षेत्रमा कति बजेट विनियोजन गरिनेछ । उक्त नगर सभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरु सहभागी भएका थिएनन्।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १०,२०८२
दैलेखको दुल्लुमा रहेको सिटिजन बैंक को इन्टरनेश्नल दुल्लु शाखाले पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लु ८ का बिद्यार्थीहरुका लागि आवस्यक कापी पेन स्टेशनरी तथा खे लकुद सामग्री तर्फ भलिबल र फुटबलका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै सामग्री र बुद्धिचाल खेल चेस लगायतका सामग्रीहरु उपलब्ध गरायको छ ।शिक्षालयमा यक कार्यक्रमका बिच असार ८ गते सामग्री हस्तान्तरण गरिएको थियो । सिटिजन वैंकको यस सहयोगको कार्यले शिक्षालयको शैक्षिक उन्नयनमा र बिद्यार्थीको चौतर्फी विकासमा थप टेवा पुग्नुका साथै आफ्नो सामाजिक उत्तरदायित्व मार्फत गरिएको कार्यको प्रशंसा गरिएको छ । सामाजिक रुपमा पिछडियका विपन्न ,शारीरिक अशत्तता तथा पढाईमा जेहेन्दार विद्यार्थीलाई विशेष ध्यान दिन भन्दै यश सहयोगि कार्यको लागि सिटिजन बैंक ईन्टरनेसनल दुल्लु शाखालाई शिक्षालयका लेखाप्रमुख तथा निमित्त शिक्षालय प्रमुख श्यामशुन्दर गिरीले धन्यबाद दिनुभयको छ भने शिक्षालयका संस्थापक अध्यक्ष तथा हाल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले समेत वैंकको सहयोग प्रति खुलेर प्रशंसा गर्नुभएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १०,२०८२
दैलेखको गुराँस गाउँपालिकाले १६औँ गाउँसभाको अधिवेशनबाट आर्थिक वर्ष २०८२०८३ का लागि निति तथा कार्यक्रममाथी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२०८३ का लागि ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गुराँस गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम माथी उपाध्यक्ष शिवाकुमारी खड्काले बजेट सार्वजनिक गर्नुभएको हो । निति तथा कार्यक्रममाथी प्रस्तुत बजेट मार्फत समृद्ध, समुन्नत, प्रविधिमैत्री र पर्यटनमैत्री गुराँस गाउँपालिकाको निर्माण गर्ने सोच र आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधार विकास गर्दै समृद्ध, समुन्नत र आत्मनिर्भर गाउँपालिकाको निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ ।
किसानको हक हित संरक्षण संबर्द्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भुउपयोग नीतिको अवलम्बन गरी कृषिको व्यवसायीकरण विविधिकरण र बजारीकरण गरी कृषकको अवस्था समुन्नत र पेशा सम्मानजनक बनाउने र आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता जवाफदेहीता र प्रतिस्पर्धाको प्रबर्द्धन गर्नेगरी बजेट विनियोजन गरिएको छ ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउन गुराँस गाउपालिकाका आठै वडालाई सूचना प्रविधिको गुणस्तरीय पहुँचयुक्त बनाउने र आकस्मिक रुपमा आइपर्ने संकट विपद र प्रकोप व्यवस्थापनको लागि पूर्वतयारी गर्ने र राहत तथा पुनर्स्थापनाको लागि पालिकालाई सक्षम बनाउने उदेश्य बजेटको छ
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १०,२०८२
दैलेखको दुल्लु नगरपालिकाले आज १७औँ नगरसभाको अधिवेशनबाट आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम र त्यसमाथी बजेट प्रस्तुत गरेको छ । कर्णााली प्रदेशकै दोस्रो ठुलो स्थानिय तहको रुपमा रहेको दुल्लु नगरपालिकाले जिल्लामै सबैभन्दा बढि बजेट समेत प्रस्तुत गरेको छ । नगरपालिकाले यतिबेला नगरपालिका क्षेत्रको चौतर्फी विकासका साथै नगरबासीलाई उत्पादनशिल क्षेत्रसँग जोड्दै आर्थिक विकास केन्द्रित निति कार्यक्रम अघि सारेको छ ।
दुल्लु नगरपालिकाले आज प्रस्तुत गरेको निति तथा कार्यक्रम माथि १ अरब ८ करोड ८१ लाख ४९ हजारको बजेट प्रस्तुत गरिएको छ । दुल्लु क्षेत्रको कृषि पशुपंछीको क्षेत्रलाई अग्रपंतिमा राख्दै शिक्षा स्वास्थ्य, लगाएतको क्षेत्रमा महत्व राख्दै तय गरिएको निति तथा कार्यक्रम नगरप्रमुख भरत प्रसाद रिजालले नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा नगरप्रमुख भरत प्रसाद रिजालले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम माथि नगरउपप्रमुख बिना कार्कीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
विगत वर्षहरु जस्तै आर्थिक विद्येयक र विनियोजन विद्येयक पारित पश्चात निति र कार्यक्रम माथी बजेट समेत पारित गर्दै अघि बढेको नगरसभा उल्लासमय वातावरणमा सम्पन्न भएको छ । नगरसभाको पहिलो वैठक सम्पन्न भएपश्चात बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले विगतको भन्दा फरक र गतिशिलत निति तथा कार्यक्रम माथी प्रस्तुत भएको बजेटले समग्र नगरबासीको जीवनस्तर परिवर्तन गर्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।