
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१२ असार २०८२
दैलेखको दुल्लु नगरपालिकाले आफ्नो १७औँ नगरसभाको अधिवेसन आज सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेको छ । गत असार १० गते विधिवत औपचारिक कार्यक्रमका बिच उद्धघाटन भएको नगरसभामा आर्थिक वर्ष ८२ ८३ का लागि निति तथा कार्यक्रम पारित गर्दै त्यसमाथी बजेट प्रस्तुतिका साथ स्थगित भएको थियो । आज दिउँसो १ बजे बसेको नगरसभामा विभिन्न समितिका प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो । समितिका संयोजकहरुले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनहरु माथी छलफल गर्दै त्यसमाथी उठका प्रश्नहरुको जवाफ नगरसभाका अध्यक्ष तथा नगरप्रमुख भरत प्रसाद रिजालले सहजिकरण गर्नुभएको थियो ।
आजको नगरसभामा नगरसभाका सदस्यहरुले आम नागरिकहरुका समस्याहरु र तिनको समाधानका लागि नगरपालिकाले चाल्नुपर्ने कदमका बारेमा सुझाव समेत दिएका थिए । नगरसभाको समापन गर्दै दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले समग्र दुल्लु बनाउने परिकल्पनामा सबै नगरसभाका सदस्यहरुलाई हातेमालो गर्दै अघि बढ्न सल्लाह दिनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१२ असार २०८२
दैलेखको भैरबी गाउँपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजारक्षेत्रमा भुस्याहा कुकुरको संख्या बढ्दैै गईरहेको सन्दर्भमा कुकुरको टोकाइबाट रेबिज रोग लाग्न बाट बच्नको लागि कुकुरको जनसंख्या नियन्त्रण गर्ने उदेश्यका साथ सामुदायिक तथा निजी कुकुर बन्ध्याकरण शिविर असार १० र ११ गते भैरवी गाउँपालिकामा सम्पन्न भएको छ । उक्त शिबिरमा घर पालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । शिविरको क्रममा ७६ वटा कुकुरहरू मध्ये भाले कुकुर ४७ र पोथी कुकुर २९ वटालाई बन्ध्याकरण सेवा प्रदान गरिनुका साथै प्रत्येक कुकुरलाई रेबिज रोग विरुद्ध खोप पनि लगाइएको भैरवी गाउँपालिका पशु शाखा प्रमुख डा. रंजन सिंह कुशवाहाले जानकारी गराउनुभयो ।