
https://www.facebook.com/share/v/16kB3prJiY/
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईई (कक्षा १०) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।
वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गएको २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
किशोर(किशोरीहरूको स्वास्थ्य र हित प्रवर्द्धन गर्नतर्फ एक महत्वपूर्ण कदमस्वरूप, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा (AFHS) प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ। जुन नगरपालिकाकै पहिलो स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ । नगरपालिका स्तरीय घोषणात्मक कार्यक्रम नगरका पदाधिकारी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि, विकास साझेदारहरू र किशोरकिशोरीहरुको सहभागितामा सम्पन्न भयो। यो घोषणा स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता, पहुँच र सम्वेदनशीलताको आधारमा गरिएको हो।
यो उपलब्धि चामुण्डाबिन्द्रासैनी नगरपालिका र Sosec नेपालको निरन्तर प्राविधिक र कार्यक्रमगत सहयोग बिना सम्भव हुने थिएन । Sosec नेपालले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा स्थापना र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निभाएको छ। यस योगदानको कदर गर्दै नगरपालिका Sosec नेपाललाई धन्यवाद पत्र तथा मायाको चिनो प्रदान गरेको छ । उक्त घोषणा कार्यक्रमको अवसरमा प्रमुख अतिथि एवं चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले भन्नुभयो “यो हाम्रो नगरपालिकाको गौरवको विषय हो, जुन किशोरकिशोरीमैत्री सेवाको दिशामा सामूहिक प्रतिबद्धताको प्रतिफल हो।”
प्रमाणित भएको यो स्वास्थ्य संस्था अब अन्य स्वास्थ्य संस्थाहरूका लागि मोडलको रूपमा स्थापित हुनेछ, जसले किशोरकिशोरीमैत्री सेवा विस्तारमा मार्गदर्शन गर्नेछ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१३ असारा २०८२
रोजगार सेवा केन्द्र दुल्लुको वाािर्षक समिक्षात्मक कार्यक्रम दुल्लुमा सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको सभाहलमा आयोजित उक्त समिक्षा कार्यक्रममा रोजगार शाखाले वर्षभरी गरेका उपलव्धीहरुका साथै चुनौति र आगामी योजनाको सन्दर्भमा जानकारी गराइएको छ । शाखाले यस वर्ष आजका दिनसम्म करिब ८१.३४ प्रतिशत लक्ष्य हासिँल गरेको र बाँकी केहि दिनमा उलव्धीको जनिक पुगेको बताइएको छ । सो अवसरमा दुल्लु नगरपालिकामा १५६३ जना व्यक्तीहरु रोजगारमा सुचिकृत भएको, ४० जना सुचिकृत व्यक्तीहरुलाई शिपविकास तालिम प्रदान गरिएको, ८ जना व्यक्तीहरुलाई विदेशको लागी श्रम स्विकृत गरिएको समेत उक्त समिक्षात्मक कार्यक्रमको अवसरमा बताइएको छ ।
कार्यक्रममा रोजगार सेवाकेन्द्र दुल्लुका संयोजक नवराज थापाले सेवाकेन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोा ।
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१३ असार २०८२
महिला शसक्तिकरण मञ्च नेपालको नयाँ परियोजनाको रुपमा “महिला र सिमान्तकृत समुहको न्यायमा पहुँच अभिवृद्धी परियोजना” कार्यक्रमको परिचयात्मक कार्यक्रम आज दुल्लु नगरपालिकामा सम्पन्न भएको छ । महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने लक्ष्यका साथ विगत देखी महिला तथा वञ्चितिकरणमा परेका वर्ग समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि परियोजनाले काम गरिरहेको छ । दैलेखको दुल्लु नगरपालिका, सुर्खेतको चिंगाड गाउँपालिका र कालिकोटको सान्नित्रिवेणी गाउँपालिकामा यतिबेला परियोजनाले विशेष काम गर्ने बताइएको छ ।
परिचयात्मक कार्यक्रमको अवसरमा दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजालले धेरै संघसंस्थाहरुले दुल्लुमा काम गर्दै गरेको सन्दर्भ उठान गर्दै यस परियोजनाले समेत आफ्नो लक्ष्य अनुरुप काम गर्ने आशा रहेको भन्दै परियोजना भित्रिएकोमा खुशी व्यक्त गर्नुभयो ।
दुल्लु नगरपालिका रोजगार शाखाका सहायक दुर्गा लम्सालले सञ्चालन गर्नुभएको उक्त परिचयात्मक कार्यक्रमको अध्यक्ष दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले गर्नुभएको थियोा ।