
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१४ असार २०८२
आज विश्व वृक्षारोपण दिवस । दिवसको अवसर पारेर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका परिषरमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणको अवसरमा नगरपालिका परिषरमा धुपिसल्ला, लिप्टिस, टिमुर लगाएत विभिन्न प्रजातिका बोटविरुवाहरु रोपिएको छ । वृक्षारोपणमा जिल्ला समन्वय समिति दैलेका प्रमुख नमराज शाही, पुर्व नगरप्रमुख सुर्य बहादुर शाही, नगरप्रमुख गणेश कुमार शाही, प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली लगाएत वडाध्यक्षहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१४ असार २०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकालाई आज एक औपचारिक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता नगरपालिकाको रुपमा घोषणा गरिएको छ । नगरपालिकाको ९ वटै वडा क्षेत्रमा स्वास्थ्य कार्यालय दैलेखको बालवालिकालाई खोज र खोप भन्ने अभियान पुर्णरुपमा सञ्चालन हुदैँ स्वास्थ्यकर्मीहरुको पुर्ण निगरानीमा बालवालिकाहरुलाई सबै किसिमका खोपहरुमा पुर्ण भएपछि उक्त घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना सम्मका वालवालिकाहरुलाई अनिवार्य दिइने १४ वटा खोप लगाएत महिलाहरुकालाई पाठेघरको मुखको क्यान्सरकालागि लगाईने खोप समेत गरि १५ किसिमका खोपहरु अनिवार्य लगाउने गरेको सन्दर्भ उठान गर्दै कुनै पनि वालवालिकाले खोपबाट वञ्चित हुनु नपरेको अवस्थालाई ग्यारेन्टि गर्दै उक्त घोषणा गरिएको हो ।
उक्त घोषणा कार्यक्रमको अवसरमा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख थिर प्रसाद रेग्मीले पुर्ण खोप सुनिश्चितताले नगरपालिकाक्षेत्रलाई हेर्ने दृष्टिकोण समेत सकारात्मक रहने भन्दै हरेक नागरिकको औषत आयु समेत बढेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले यतिबेला हरेक नागरिकले देखासिकिमा काम गर्ने गरेको सन्दर्भ उठान गर्दै राज्यले हरेक नागरिकको स्वास्थ्य प्रति चिन्ता र चासो दिएको भन्दै हरेक खोपका लागि हरेक वालवालिकाको अधिकार रहेको र त्यो अधिकार चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पुर्ण गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले हरेक नागरिकले भौतिक विकासलाई मात्र हेर्ने गरेको भन्दै नागरिकको चेतनाको विकास आजको आवश्यकता रहेको र त्यसको लागि आजका वालवालिकालाई असल शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमको अवसरमा ९ वटै वडाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र र दोसल्लाका साथ सम्मान गरिएको छ । कार्यक्रममा पुर्व नगरप्रमुख सुुर्य बहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंलागी लगाएत अन्य जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
.