२०८१ पुष १२ शुक्रबार
२०८१ पुष १२ शुक्रबार

चामुण्डाबिन्द्रासैनीका जनप्रतिनिधिहरु नगरपालिका विरुद्ध कोणसभा गर्दै, नगरप्रमुख भन्नुहुन्छ “यसको कुनै औचित्य छैन ।”

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज १३, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका जनप्रतिनिधिहरु यतिबेला नगरपालिका विरुद्ध उत्रिएका छन । नगरपालिकामा बेलाबेला अन्य जनप्रतिनिधिहरु र नगरप्रमुख उपप्रमुख बिच खटनपटन र विवाद हुने गरेको छ । विगत लामो समयदेखि चलिरहेको खटनपटन यस पटक पुनः सुरु भएको छ । विगतको नगरसभामा समेत नगरप्रमुख उपप्रमुखले एकलौटी आफु निकट जनप्रतिनिधिहरु मात्र सहभागि गराएको र आफुहरुलाई बेवास्ता गरेको भन्दै विपक्षि दलका जनप्रतिनिधिहरुले खरो विरोध गरेका थिए । नगरपालिकाका ९ वटा वडाहरुमा नेपाली काँग्रेसबाट ३ वटा वडा, नेकपा एमालेबाट ३ वटा वडा र नेपाल मजदुर किसान पार्टीबाट ३ वटा वडामा समानान्तर वडाध्यक्षहरु रहेका छन ।
यतिबेला चामुण्डाबिन्द्रासैनी नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र अनुसार भन्दै नगरपालिकामा कार्यरत विभिन्न क्षेत्रमा कार्यरत ७१ जना करार कर्मचारीहरुलाई हटाएको साथै विगत नगरसभाबाट पारित गरिएका योजना बमोजिम रातो किताबमा कुनै पनि योजना र कार्यक्रम समावेस नगराई मनपरि र आफुखुशी योजना राखिएको भन्दै विपक्षि दलका जनप्रतिनिधिहरुले आज नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा बिरोध कोणसभाको आयोजना गरेका छन । कोणसभामा जनप्रतिनिधिहरुले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले मनपरि गरेको भन्दै नगरपालिकामा भएगरेका अमान्य कामहरुको बारेमा स्थानियबासीलाई जानकारी गराउनका लागि विरोध स्वरुप कोणसभाको आयोजना गरिएको जनप्रतिनिधि एवं सहभागि वडाध्यक्षहरुको भनाई रहेको छ । साथै वडाध्यक्षहरुले यतिबेला केहि वडाहरुमा कर्मचारीको अभाव भएको भन्दै वडा कार्यालय समेत बन्द गर्नुपर्ने वाध्यता भएको समेत बताउनुभएको छ ।

एता नगरपालिकामा भएको विरोध स्वरुपको कोणसभाको सन्दर्भमा नगरप्रमुख गणेश कुमार शाहीले आफुलाई कुनै जानकारी नभएको र त्यसको कुनै औचित्य नभएको बताउनुभएको छ । उहाँले नगरपालिकाले हटाएका कर्मचारीहरु अस्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार हटाएको भन्दै केहि वडाहरुमा कामकाजको समस्या भएको र तत्काल परिपुर्ति गरिने समेत बताउनुभयो । साथै नगरप्रमुख शाहीले नगरसभाको निर्णमा भएको भन्दा कुनै नयाँ र अमान्य हुने निति कार्यक्रम र योजना रातो किताबमा समावेस नगरिएको समेत दाबि गर्नुभयो ।

यता विरोध कोणसभामा सहभागित वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले विभिन्न माग सहतिको ज्ञापनपत्र नगरप्रमुखलाई बुझाउने र माग हरु संवोधन नगरिए आगामी दिनमा वडाकार्यालय देखी नगरपालिकामा तालाबन्दि गर्नुका साथै चरणबद्ध आन्दोलन समेत गरिने बताएका छन ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।