२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

एभरेष्ट क्लब दैलेखको परियोजना समन्वयात्मक गोष्ठि दुल्लुमा….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ७,२०८१

एभरेष्ट क्लब दैलेखद्धारा आफ्नो परियोजनाको समन्वयात्मक गोठि दुल्लु नगरपालिकामा सम्पन्न भएको छ । विगत सन् २०२१ देखि दुल्लु नगरपालिकाको ४ देखी ८ नम्बर वडामा एभरेष्ट क्लबले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पावर परियोजना सञ्चालन गरिरहेको छ । सन् २०२६ सम्म सञ्चालन हुने उक्त परियोजना अन्तरगत यस वर्ष अथवा सन् २०२५ का लागि सञ्चालन हुने विविध गतिविधि सन्दर्भमा जानकारी गराउने उद्धेश्यका साथ गोष्ठि सञ्चालन गरिएको एभरेष्ट क्लबले जनाएको छ ।

परियोजनाले किशोर किशोरीहरुको अवस्थामा परिवर्तनको क्षेत्रका साथै विद्यालयस्तरमा शैक्षिक उपलव्धीहरु, वालविवाह, वहुविवाह, छाउपडी लगाएत विद्यामान सामाजिक कुरिति कुसँस्कारका विरुद्धमा समेत विविध गतिविधि गर्दै आइरहेको छ ।
उक्त परियोजनाको समन्वयात्मक गोष्ठिको अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले एभरेष्ट क्लबले परियोजना मार्फत नमुनायोग्य कामहरु भएको भन्दै समाजसुधारको क्षेत्रमा भएको उपलव्धीहरुको प्रशंसा गर्नुभयो ।
……..भरत प्रसाद रिजाल नगरप्रमुख दुल्लु नगरपालिका दैलेख

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।