दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
वैशाख २५, २०८२

नेपाल कृषि प्रधान मुलुक हो तर तर यतिबेला यो नारा सार्थक विहिन अवस्थामा छ । कृषि क्षेत्रमा एकातिर लगानी न्युन छ भने गरिएको लगानीले समेत प्रतिफल दिन सकिरहेको छैन । जसका कारण खाद्यान्न लगाएत विभिन्न कृषि उपजहरु छिमेकी मुलुकबाट आयात गर्नुपर्ने वाद्यता छ । युवाहरु दिनप्रतिदिन विदेस पलायन भइरहेका छन भने जमिन बाँझो छोड्ने क्रम समेत बढिरहेको छ ।
तर यतिबेला सोसेक नेपालको ग्रिन कर्णाली कार्यक्रमले भने लोपउन्मुख परम्परागत रुपमा गरिदैँ आएकोल रैथाने बाली संरक्षणमा ठुलो भुमिका खेल्दै आइरहेको छ भने कार्यक्रमले किसानहरुको जीवनस्तर समेत माथी उठाउदै गएको छ । दैलेख र अछामका विभिन्न पालिकाहरुमा कृषि क्षेत्र छनौट गर्दै किसानहरुको साथ सञ्चालन गरिएको ग्रिन कर्णालीले यतिबेला विभिन्न बस्तिहरु नमुना बन्दै साच्चिकै ग्रिन देखिन थालेका छन ।
दैलेखको दुल्लु नगरपालिका, गुराँस गाउँपालिका लगाएत अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकाको विभिन्न क्षेत्रमा सञ्चालित ग्रिन कर्णाली कार्यक्रमले रैथाने वाली संरक्षण देखी आधुनिकरुपमा गर्न थालिएको तरकारी खेति, मौरी पालन लगाएत विविध गतिविधिबाट किसानहरुको जीवनस्तर समेत सहज हुन थाले पछि कार्यक्रमसँग जोडिएका किसानहरु प्रफुल्ल भएका छन ।
महिला र युवाहरुबिच आयआर्जनसँग जोडिएको उक्त कार्यक्रमबाट विगतका दिनहरुमा उजाड लाग्दो बस्तिहरुमा यतिबेला हराबरा तरकारी खेति, फलफुल खेति लगाएत किसानहरुको मेहनेत र प्रतिफलले गाउँ सिँगारिएको छ । रैथानेबाली खेति, बिउ बैँक स्थापना,कृषक पाठशाला ,गडयौला मल लगाएत कार्यक्रमले प्रभावकारी उपलव्धि हाँसिल गरेको छ ।
यता सोसेक नेपालले पनि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको र गरिएको उपलव्धि प्रति खुशी व्यक्त गरेको छ । पर्यावरणिय सन्तुलन कायम गर्दै ग्रामिण क्षेत्रका किसानहरुको जीवनस्तर माथी उठाउनका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको प्रति सोसेक नेपालको उच्च प्राथमिकता रहेको छ । ग्रिन कर्णाली कार्यक्रमले दैलेखको दुल्लु नगरपालिका र अछामको तुर्माखाँदका किसानहरुको लगानी मेहनेत र परिश्रमले सार्थकता प्राप्त गर्नुका साथै गाउँ नै कृषि पर्यावरणिय नुमना गाउँको रुपमा विकसित भएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो ।
यसरी कृषि क्षेत्रमा गरिएको लगानीले प्रतिफल नदिएर युवाहरु विदेश पलायन हुदैँ गाउँबस्तिका बारीहरु बाँझो भइरहको समयमा एउटा संस्थाले गरेको लगानीले सार्थकता प्राप्त गर्नु सफलताको विषय भएको ग्रिन कर्णाली कार्यक्रम संयोजक पुष्कर शर्माको भनाई रहेको छ ।
