२०८२ असार १८ बुधबार
२०८२ असार १८ बुधबार

दुल्लु नगरपालिका १२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२० जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

दुल्लु नगरपालिका वडा नं.१२ को वडा कार्यालय गौरी लम्सु स्थित वडा कार्यालयमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव लक्ष्मी प्रसाद लम्सालले प्रस्तुत गर्नुभएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण लर जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण गर्दै प्रश्नहरुको जवाफ कार्यक्रममा मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष लिलाराम लम्सालले गर्नुभएको थियो ।

दुल्लु नगरपालिका वडा नं. १२ नगरपालिकाको १३ वटा वडाहरु मध्य शुसासन र पारदर्शिताको क्षेत्रमा फरक पहिचान बोकेको वडाको रुपमा स्थापित रहेको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।