दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १,२०८२

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । ७ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ को खुल्ला मञ्च मष्टामाण्डुमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव झलक खत्रीले प्रस्तुत गर्नुभएको थियो ।
सामुहिक वैठक पारामा सञ्चालत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा उठाएका विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष इन्द्र प्रसाद चौलागाईले गर्नुभएको थियो ।
