२०८२ असार ३ मंगलवार
२०८२ असार ३ मंगलवार

जनता मावि बस्तेकोटको ४२औँ वार्षिकोत्सव तथा अभिभावक भेला…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार २,२०८२

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ५ मा रहेको श्री जनता माध्यामिक विद्यालय बस्तेकोटको ४२औँ स्थापना दिवस तथा अभिभावक भेला आज आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । साविकको जम्बुकाँध गाविसको वडा नं. ८ मा २०४० सालमा त्यस क्षेत्रका वालवालिकाहरुका लागि सामान्य चौतारीमा लेखपढ गर्नका लागि स्थापना गरिएको विद्यालय यतिबेला माध्यामिक विद्यालयको रुपमा स्थापित भएको छ ।
त्यस क्षेत्रको नमुना विद्यालयको रुपमा रहेको श्री जनता माध्यामिक विद्यालयले पहिलो पटक आफ्नो वार्षिकोत्सव तथा अभिभावक भेलाको आयोजना गरेको छ । कार्यक्रमको अवसरमा विद्यालयको स्थापना काल देखी विद्यालयबाट शिक्षा आरम्भ गर्दै विभिन्न क्षेत्र र पदमा पुगेका पुर्व विद्यार्थीहरु लगाएत विद्यालयका जग्गादाता एवं विद्यालयको चौतर्फी हकहितमा काम गर्ने व्यक्तीहरुलाई सम्मान समेत गरिएको छ ।
उक्त कार्यक्रमको अवसरमा विद्यालयको हालसम्मको गतिविधि सहितको स्मारिका समेत प्रकासन गरिएको छ । स्मारिका विमोचन सहित कार्यक्रमको उद्धघाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले गर्नुभएको छ । कार्यक्रम उद्धघाटनको अवसरमा बोल्दै मन्त्रि भण्डारीले वर्तमान शिक्षा वेरोजगार उत्पादनको थलो मात्र भएको भन्दै शिक्षा प्रत्यक्ष उत्पादनसँग जोड्दै श्रम शिप र कृषिमा जोड्नुपर्नेमा कर्णाली सरकारको शिक्षा निति रहेको बताउनुभयो ।

विद्यालयको उक्त वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले विद्यालयले धेरै जनशक्ती उत्पादन गरिसकेको भन्दै यतिबेला असल नेतृत्वको पर्खाईमा विद्यालय रहेको र त्यसका लागि कर्णाली प्रदेश सरकार लगाएत राज्यस्तरबाट विद्यालयको भौतिक परिवर्तन मुख्य आवश्यकता भएकोमा जोड दिनुभयो ।

विद्यालयको विविध गतिविधि सहित आर्थिक, भौतिक र सांगठनिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक जनक कार्कीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।