२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

प्रतिनिधिसभा सदस्य रानाद्धारा महाबु भैरवी दाह्रेघाट पुलको सिलान्यास….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
कात्तिक २४, २०८१

दैलेखको महाबु गाउँपालिका जिल्लाकै अग्लो स्थानमा अवस्थित एक स्थानिय तह हो । विकास निर्माण र जनसरोकारका क्षेत्रमा बेग्लै पहिचान बनाएको महाँबु गाउँपालिका र भैरवी गाउँपालिका जोड्ने छामघाट स्थित दाह्रेघाटमा पक्कि पुलको शिलान्यास गरिएको छ । दैलेखका प्रतिनिधिसभा सदस्य माननिय सिता कुमारी रानाले आज एक कार्यक्रमका बिच उक्त पुलको शिलान्यास गर्नुभएको हो । जिल्लाकै अग्लो स्थानमा अवस्थित महाबु गाउँपालिकाको प्रवेशद्धारको रुपमा रहेको दाह्रेघाटमा पक्कि पुल नहुदा महाबुबासीले कठिनाई व्यहोर्नुका साथै वर्षायाममा यातायातका साधनहरु करिब ४ महिना बन्द हुने अवस्थामा पुलको शिलान्यासलाई महत्वपुर्ण उपलव्धिका रुपमा लिइएको छ ।

विगत लामो समयदेखि उक्त पुल निर्माणको आवाजलाई उठाउदै आइएको भएपनि सार्थकता पाउन सकिरहेको थिएन । महाबु पुग्नका लागि दैलेख सदरमुकामबाट तारागाडको पुल निर्माणाधिन अवस्थामा छ भने केहि समयमै दाह्रेघाटको पुल समेत निर्माण हुने र महाबु पुग्नकालागि सहज हुने अपेक्षा गरिएको छ । तत्कालिन महाबु गाउँपालिका अध्यक्ष स्व. लछुमन गुरुंगको सपना समेत ति दुई पुल निर्माण गर्नु रहेको र आजको पुल शिलान्यास महाबुबासीको लागि एक एतिहासिक दिन भएको महाबुका अध्यक्ष स्व.लछुमन गुरुंगका दाजु दलबहादुर गुरुंगको भनाई रहेको छ ।

समग्र महाबु गाउँपालिकाको भविश्यसंग जोडिएको पुल निर्माणको लागि धेरै प्रयास गरिएको जनप्रतिनिधिहरु बताउँछन । पुल शिलान्यासको अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले खोलामा पुल नहुँदा धेरैले ज्यान गुमाउनुका साथैल बिरामी हुँदा उपचार समेत पाउन नसकेको अवस्थामा पुल निर्माण भएपछि यातायातमा सहजता हुने विश्वास गर्नुभयो ।

महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष मञ्जु कुमारी पाण्डेले विगत लामो सयमदेखी पुल निर्माणको प्रयास हुदाँ आज त्यसले सार्थकता पाएको भन्दै भोलिका दिनमा महाबुको विकासमा एक कोसेढुंगा सावित हुनेमा जोड दिनुभयो ।

आर बि कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको उक्त पुल निर्माणको लागि पाँच करोड बजेटमा दुईवर्षमा सम्पन्न हुने र त्यसको लागि सबैले सहयोग गर्नुपर्ने निर्माण व्यावसायि रुपक थापाको भनाई रहेको छ ।

यसरी समग्रमा महाबु गाउँपालिकाको विकासनिर्माण र भविश्यसँग जोडिएको यस दाह्रेघाटको पुलको निर्माण एक इतिहास मात्र होइन यहाँका जनताको सफल जिवनको पाटो समेत हो ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।