दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
कालीकोटको तिलागुफा(४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् ।
विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन् । एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५र१५ मत मात्र पाए । ४ मत बदर भए । राप्रपा र रास्वपार्टीका उम्मेदवारको जमानत जफत भएको छ ।
२०७९ मा माओवादी, एमाले, कांग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो । copy:ekantipur.com
अन्तर्राष्ट्रिय कोशी खै सरकार ? गण्डकी जीवनशैली फिटनेस बलिउड / हलिउड बागमती बैँक / वित्त ब्लोअप मधेस मनोरञ्जन भिडियो माओवादी केन्द्र मुख्य समाचार रा.स्व.पा. राजनीति राप्रपा रोजगार रोजगार लुम्बिनी लेख लोसपा वालवालिका विचार/विश्लेषण विचित्र संसार विवेकशील साझा शिक्षा समाज सम्पादकीय साहित्य साहित्य गतिविधि सुचना प्रविधि सुदूरपश्चिम सूचना-प्रविधि
२०८१ माघ १२ गते, शनिबार
२०८१ माघ १२ गते, शनिबार
२०८१ माघ ७ गते, सोमबार
२०८१ माघ ६ गते, आईतवार