दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१६ मंसिर २०८१
दैलेखका दुई वटा स्थानीय तहमा आइतबार बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । दैलेखको महाँबु गाउँपालिकामा अध्यक्ष पदका लागि र दुल्लु नगरपालिका १३ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचन भएको छ । जसमा मत निकै कम खसेको छ ।
महावु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको मतदानमा ५५.४० प्रतिशत मतदाता सहभागी भएका छन् । कुल मतदाता संख्या १२ हजार ६१४ रहेको यहाँ ५५.४० अर्थात् ६ हजार ९८८ मत मात्रै खसेको छ । भने दुल्लु नगरपालिका १३ मा २७२० मतदाता भएकोमा १५२८ मत मात्र खसेको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
कालीकोटको तिलागुफा(४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् । २०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् ।
विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन् । एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५र१५ मत मात्र पाए । ४ मत बदर भए । राप्रपा र रास्वपार्टीका उम्मेदवारको जमानत जफत भएको छ ।
२०७९ मा माओवादी, एमाले, कांग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो । copy:ekantipur.com
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१६ मंसिर २०८१
स्थानीय तहको उपनिर्वाचन देशभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।
बाँकी पदमा ४१ पदका लागि साँझ ५ बजेसम्म मतदान भएको हो भने आजै रातिदेखि मतगणना सुरु गर्ने आयोगले जनाएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१६ मंसिर २०८१
आज देशभर स्थानिय तहको उपनिर्वाचन सम्पन्न भएको छ । देशका ४४ स्थानहरुमा पालिका प्रमुख , उपप्रमुख र वडाध्यक्ष पदका लागि भएको निर्वाचन अन्तरगत दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष पदको लागि तथा दुल्लु नगरपालिका वडा नं. १३ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन भएको छ । महाबु गाउँपालिका तथा दुल्लु नगरपालिका १३ मा दुवै स्थानमा करिब ५५ प्रतिशत मतदान भएको छ । विहान ७ बजे बाट वेलुकी ५ बजेसम्म भएको मतदान शान्तपुर्ण वातावरणमा सम्पन्न भएको छ । बाक्लो शुरक्षा घेरामा सम्पन्न भएको मतदानको आज रातिबाटै मतगणना हुने र भोलि दिउँसो १२ बजेसम्म दैलेखको २ स्थानको मतपरिणाम आइसक्ने बताइएको छ ।