दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ १२,२०८१

गत वर्ष कात्तिक १७ गते जाजरकोट जिल्लाको बारेकोट नगरपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पले जाजरकोट लगाएत रुकुमपश्चिममा ठुलो धनजनको क्षेति भयो । धेरैले ज्यान गुमाउनु पर्यो । रुकुम पश्चिम लगाएत जाजरकोटमा भौतिक संरचनाहरु समेत ध्वस्त हुन पुगेको अवस्थामा सबैभन्दा बढि प्रभावित विद्यालय क्षेत्र तथा वालवालिकाहरु बन्न पुगे ।
अभिभावकहरु र साथीहरु गुमाएका वालवालिकाहरुको मनस्थितिमा नराम्रो असर पर्न गयो । भुकम्प गएको करिब ५ घण्टामै रुकुमपश्चिम र जाजरकोट पुगेर उद्धारका कामहरु देखी राहत सहयोगमा खटिएको सोसेक नेपालले रुकुम पश्चिमको सबैभन्दा भुकम्प प्रभावित आठबिसकोट नगरपालिकाको १४ नम्बर वडाको ज्यामिरे चौरको जनविकास माध्यामिक विद्यालय क्षेत्रमा भएको क्षेतिलाई मुल्यांकन गर्दै बालमनोविमर्स मार्फत बालमैत्री सिकाई केन्द्रको स्थापनासंगै सिकाईका क्षेत्रमा काम गर्यो । भुकम्पका कारण त्यस विद्यालयका ३ जना बालवालिका लगाएत करिब ८ जना अभिभावकले ज्यान गुमाउनु परेको थियो । उक्त विद्यालयमा वालवालिकाहरुलाई मनोपरामर्स कक्षा देखि शैक्षिक सामाग्रीको सहयोग गर्दै वालवालिकाहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्दै ठुलो सहयोग गरेको छ जस प्रति स्थानियबासी लगाएत अभिभावकहरु खुशी भएका छन ।
भुकम्पको करिब १४ महिना पछि यतिबेला अवस्था सामान्य भएपछि सोसेक नेपाल त्यहाँबाट बाहिरिएको छ । विभिन्न दातृनिकायको समन्वयमा सोसेक नेपालले उक्त विद्यालयमा बालकेन्द्रित सिकाईका विभिन्न कार्यहरु गर्दै उनिहरुका लागि शैक्षिक सामाग्रीहरु समेत सहयोग गर्दै आएको सोसेक नेपालले एक औपचारिक कार्यक्रमका बिच वालमैत्री सिकाई केन्द्र विद्यालयलाई हस्तान्तरण गरेको छ ।
सोसेक नेपालको मितव्ययी कामहरु र विपदको समयमा गरिएको सहयोग प्रति विद्यालय परिवारले खुशी व्यक्त गरेको छ ।
………विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर मल्ल……………..
………प्रधानाध्यापक दिपक संगम थापा श्री जनविकास मावि आठबिसकोट रुकुमपश्चिम….
यता विद्यालयलाई वालमैत्री सिकाई केन्द्र हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै आठबिसकोट नगरपालिकाका जनप्रतिनिधिहरुले समेत सोसेक नेपालको सहयोग प्रति खुशी व्यक्त गरेका छन । नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीले भुकम्पले घाइते बनाएको क्षेत्रमा एक संस्थाले पुगाएको योगदान कहिल्यै भुल्न नसकिने भन्दै आगामी दिनहरुमा समेत सहयोगको खाँचो भएको बताउनुभयो ।
………….धनकुमारी शाही उपप्रमुख आठबिसकोट नगरपालिका रुकुमपश्चिम……….
यता उक्त विद्यालयलाई वालमैत्री सिकाई केन्द्र हस्तान्तरण पछि बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले विगत भुकम्पको क्षेतिलाई मुल्यांकन गर्दै अस्थायी सिकाई केन्द्र मार्फत बालमैत्री सिकाई केन्द्रबाट सकारात्मक सिकाई गर्दै आएको र उपलव्धी भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
…..हिरासिंह थापा कार्यकारी निर्देशक सोसेक नेपाल……….
