२०८१ फाल्गुन ७ बुधबार
२०८१ फाल्गुन ७ बुधबार

जिल्लाभर पाठेघरको क्यान्सर विरुद् HPV खोप लगाइने……..

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१३ माघ ,२०८१

यतिबेला क्यान्सर रोगका कारण धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । त्यसमा महिलाहरुको संख्या धेरै रहेको छ । महिलाहरुले पाठेघरको क्यान्सरका कारण धेरै ज्यान गुमाउनुपरिरहेको छ । नेपाल सरकारले देशभर पाठेघरको क्यान्सर विरुद्कोे खोप HPV अभियानका साथ लगाउने भएको छ । दैलेख जिल्ला भर पनि उक्त अभियानलाई सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाका ११ वटै स्थानिय तहका कक्षा ६ देखि १० सम्म सञ्चालन भएका विद्यालयका १० देखी १४ वर्ष उमेर समुहका किशोरकिशोरीहरुलाई उक्त खोप लगाउने भएको छ । आज जिल्ला स्तरिय खोप समन्वय समितिको बसेको वैठकमा सो सन्दर्भमा जानकारी गराइएको छ । जिल्ला समन्वय प्रमुख नमराज शाहीको अध्यक्षतामा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित शुरक्षा प्रमुखहरु सहित सरोकारवालाहरु र जिल्लामा सक्रिय सञ्चारकर्मीहरुसँग उक्त वैठक केन्द्रित रहेको थियो ।
उक्त पाठेघरको क्यान्सर विरुद्को खोप सन्दर्भमा जानकारी गराउदै स्वास्थ्य सेवा कार्यालय दैलेखका फोकल पर्सन थिरराज रेग्मीले जिल्लाका ११ वटै पालिका भित्रका कक्षा ६ देखी १० सञ्चालन भएका १५७ विद्यालयहरु र अन्य ८३ गरेर जम्मा २४० खोप केन्द्रमा रहेका १० देखी १४ वर्ष उमेर समुहका करिब १५४४३ जना किशोरीहरुलाई खोप उक्त खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले आगामी यहि माघ २२ देखी २५ र २७ देखी ३० सम्म विभिन्न खोप केन्द्रमा खोप लगाइने बताउनुभयो । साथै उहाँले पुर्णरुपमा परिक्षण गरिएको र डिएनए झिकिएको खोप भएकाले कुनै नकारात्मक असर समेत नपर्ने समेत जानकारी गराउदै गर्भवति, उच्च ज्वरो आएको र दीर्घकालिन रोगको औषधि खाएका किशोरीहरु बाहेक सबै उक्त उमेर समुहका किशोरीहरुले अनिवार्य खोप लगाउनुपर्नेमा जोडदिनुभयो । साथै उहाँले सो उमेर समुहभन्दा माथिका अन्य किशोरीहरु र महिलाहरुले पाठेघरको मुखको नियमित चेकजाँच गराउनुपर्ने समेत बताउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।