२०८१ कार्तिक २३ शुक्रबार
२०८१ कार्तिक २३ शुक्रबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज १५,२०८१

दैलेखको दुल्लु नगरपालिका वडा नं. २ पानसैनका २ बालिकाहरु गत असोज १३ गतेदेखि सम्पर्कविहिन छन । सम्पर्कविहिन हुनेमा दुल्लु नगरपालिका २ को श्री नरेश्वर उद्यमशिल विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय लक्ष्मी विक र सोहि विद्यालयको कक्षा ९ मा अध्ययनरत १३ वर्षिय पुजा विक रहेका छन । दिउँसो करिब २ बजेको समयमा दुल्लु नगरपालिका २ मा पर्ने सुर्खेत जुम्ला सडकको सियाँलामा गाडीमा चढेको स्थानियका अनुसार जानकारी पाइएको छ भने उनिहरुले केहि दिन अघि मात्र सुर्खेतको एक युवक सँग फोन गरेको बुझिएको छ । ति युवक केहि समय अघि नरेश्वर विद्यालयको भवन निर्माणको क्रममा त्यहाँ बसेको खुलेको छ । साथै ति युवकलाई फोन सम्पर्कबाट बुझ्दा उनिहरु त्यहाँ नभएको साथै उनिहरुलाई घर फर्किन भनेको युवकले बताएका छन ।
उनिहरु सम्पर्क विहिन भएपश्चात इलाका प्रहरी कार्यालय दुल्लु ,जिल्ला प्रहरी कार्यालय दैलेख लगाएत जिल्ला प्रशासन कार्यालयमा समेत खबर भएपनि हाल सम्म उनिहरुको स्थिति बारे जानकारी पाउन नसककेको नरेश्वर उद्यमशिल विद्यालयका व्यवस्थापक तथा दुल्लु नगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले भुगोल अन्लाईनसँगको कुराकानीमा बताउनुभयो । वालिकाहरु सम्पर्क विहिन भएपछि घरपरिवार र आफन्तहरु तनाबग्रस्त अवस्थामा पुगेका छन ।
सम्पर्कविहिन ति २ वालिकाको यतिबेला खोजतलासा भइरहेको साथै फेला पार्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय दैलेख लगाएत नजिकको प्रहरी कार्यालय साथै व्यवस्थापक ज्ञानमणी नेपालको सम्पर्क नम्बर ९८४३११०८७२ मा सम्पर्क गरिदिन समेत विद्यालय परिवारले अनुरोध गरेको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज १३, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका जनप्रतिनिधिहरु यतिबेला नगरपालिका विरुद्ध उत्रिएका छन । नगरपालिकामा बेलाबेला अन्य जनप्रतिनिधिहरु र नगरप्रमुख उपप्रमुख बिच खटनपटन र विवाद हुने गरेको छ । विगत लामो समयदेखि चलिरहेको खटनपटन यस पटक पुनः सुरु भएको छ । विगतको नगरसभामा समेत नगरप्रमुख उपप्रमुखले एकलौटी आफु निकट जनप्रतिनिधिहरु मात्र सहभागि गराएको र आफुहरुलाई बेवास्ता गरेको भन्दै विपक्षि दलका जनप्रतिनिधिहरुले खरो विरोध गरेका थिए । नगरपालिकाका ९ वटा वडाहरुमा नेपाली काँग्रेसबाट ३ वटा वडा, नेकपा एमालेबाट ३ वटा वडा र नेपाल मजदुर किसान पार्टीबाट ३ वटा वडामा समानान्तर वडाध्यक्षहरु रहेका छन ।
यतिबेला चामुण्डाबिन्द्रासैनी नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र अनुसार भन्दै नगरपालिकामा कार्यरत विभिन्न क्षेत्रमा कार्यरत ७१ जना करार कर्मचारीहरुलाई हटाएको साथै विगत नगरसभाबाट पारित गरिएका योजना बमोजिम रातो किताबमा कुनै पनि योजना र कार्यक्रम समावेस नगराई मनपरि र आफुखुशी योजना राखिएको भन्दै विपक्षि दलका जनप्रतिनिधिहरुले आज नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा बिरोध कोणसभाको आयोजना गरेका छन । कोणसभामा जनप्रतिनिधिहरुले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले मनपरि गरेको भन्दै नगरपालिकामा भएगरेका अमान्य कामहरुको बारेमा स्थानियबासीलाई जानकारी गराउनका लागि विरोध स्वरुप कोणसभाको आयोजना गरिएको जनप्रतिनिधि एवं सहभागि वडाध्यक्षहरुको भनाई रहेको छ । साथै वडाध्यक्षहरुले यतिबेला केहि वडाहरुमा कर्मचारीको अभाव भएको भन्दै वडा कार्यालय समेत बन्द गर्नुपर्ने वाध्यता भएको समेत बताउनुभएको छ ।

एता नगरपालिकामा भएको विरोध स्वरुपको कोणसभाको सन्दर्भमा नगरप्रमुख गणेश कुमार शाहीले आफुलाई कुनै जानकारी नभएको र त्यसको कुनै औचित्य नभएको बताउनुभएको छ । उहाँले नगरपालिकाले हटाएका कर्मचारीहरु अस्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार हटाएको भन्दै केहि वडाहरुमा कामकाजको समस्या भएको र तत्काल परिपुर्ति गरिने समेत बताउनुभयो । साथै नगरप्रमुख शाहीले नगरसभाको निर्णमा भएको भन्दा कुनै नयाँ र अमान्य हुने निति कार्यक्रम र योजना रातो किताबमा समावेस नगरिएको समेत दाबि गर्नुभयो ।

यता विरोध कोणसभामा सहभागित वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले विभिन्न माग सहतिको ज्ञापनपत्र नगरप्रमुखलाई बुझाउने र माग हरु संवोधन नगरिए आगामी दिनमा वडाकार्यालय देखी नगरपालिकामा तालाबन्दि गर्नुका साथै चरणबद्ध आन्दोलन समेत गरिने बताएका छन ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ११, २०८१

कर्णाली प्रदेशको देशका अन्य प्रदेशहरु भन्दा विकट छ तर थुप्रै संभावनाहरु बोकेको प्रदेशको रुपमा रहेको छ । कर्णालीका १० वटा जिल्लाहरु कुनै न कुनै महत्वका विषयवस्तुहरुसँग जोडिएका छन । विभिन्न पर्यटकिय क्षेत्रहरु देखि धार्मिक स्थलको संगमस्थलको रुपमा रहेको कर्णाली प्रदेश आफैमा शुन्दर छ । राराताल, से फोक्सुन्डो ताल, कुभिन्डे दह देखि पञ्चकोशी, कनका शुन्दरी, त्रिपुरासुन्दरी जस्ता धार्मिकस्थलहरु समेत कर्णाली प्रदेशका गहना हुन । तर यस्ता पर्यटकिय र धार्मिक क्षेत्रको विकास संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारको अभावमा सुनको कचौरा लिएर सुनकै सिरानीमा मस्त निदाएको छ कर्णाली ।

यस्तै एक संभावना बोकेको पर्यटकिय क्षेत्र हो डोल्पा जिल्लाको से फोक्सुन्डो ताल । समुन्द्र सतहदेखी ३,६११.५ मिटरको उचाईमा अवस्थित उक्त ताल करिब १३६.२० मिटर गहिरो ताल करिब ४.९४ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ । डोल्पा जिल्लाको एक मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको उक्त तालको नामबाट यतिबेलाको से फोक्सुन्डो गाउँपालिकाको नामाकरण गरिएको छ भने एउटा राष्ट्रिय निकुञ्ज समेत रहेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको सदरमुकामबाट डोल्पा सदरमुकाम पुग्नका लागि करिब १५ घण्टाको यातायातको साधनबाट पुग्नुपर्छ भने त्यसपछि पैदल मार्गबाट करिब २ दिनमा पुगिने उक्त तालमा यतिबेलासम्म कुनै व्यवस्थापनका कामहरु हुन सकिरहेका छैनन् । हिउँदमा मुस्किलले ६ महिना डोल्पा सदरमुकामसम्म अति महंगो सवारी साधनमा पुगिने भएपनि वर्षायाममा भने पैदलयात्रा गर्दै बल्लतल्ल पुगिन्छ ।

भेरी नदिको उद्धगम स्थलको रुपमा रहेको डोल्पाको सदरमुकाम दुनै तथा सुलिघाट बाट २ दिनको पैदलयात्रा पछि पुगिने से फोक्सुन्डो ताल जति मनमोकह छ पुग्नका लागि भने कठिन यात्राको विकल्प छैन । स्वदेश र विदेशका विभिन्न पर्यटकहरु से फोक्सुन्डो पुग्नका लागि यात्रा तय गर्छन तर कठिन भिरको बाटो, ठुलाठुला खोलामाथिका जिर्ण पुलहरु देखेरै हैरान हुन्छन । से फोक्सुन्डो तालमा पुग्नका लागि सडकको पहुँच नभएपनि पैदल मार्गको समेत व्यवस्थापन हुन सकेको छैन, अर्कोतर्फ भेरी नदि र सहायक नदिमाथी पुल समेत निर्माण हुन सकेका छैनन् । जिर्ण काठका पुलहरु भाँचिएर कतिको ज्यान समेत गैसकेको छ भने कतिपयले हत्केलामा ज्यान राखेरै यात्रा गर्नुपर्ने आवश्यकता छ भने सोहि भिरको बाटोमा त्यस क्षेत्रका मानिसहरुको जीवननिर्वाहको बस्तुहरु बोकेर घोडा तथा खच्चर समेत हिड्नुपर्ने वाध्यताका कारण उक्त मार्ग झन जोखिमको अवस्थामा छ ।

अर्कोतर्फ ताल क्षेत्रमा पुग्नका लागि उचित बासस्थानको समेत अभाव छ । दुनैबाट अगाडी बढेपछि छेप्का, तार्पिजा, रेचि लगाएत ताल क्षेत्रमा बनेका सिमित होटेलहरुले पर्यटकहरुलाई थेग्न सकिरहेको छैन । होटेल व्यावसायिहरुले मनपरि रुपमा महंगो कोठा र खानाको पैसाँ लिएपछि त्यहाँ पुगेका पर्यटकहरु खिन्न मन गरेर फर्किने गरेका छन । से फोक्सुन्डो ताल पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरुले ताल निकै शुन्दर र आकर्षक रहेको तर राज्य स्तरबाट ट्रेकिंग मार्गमा घामपानीको ओत लाग्ने व्यवस्थापनका साथै घोडा , खच्चर हिड्ने घोडेटो बाटो र मानिसहरुका लागि सहज बाटो निर्माण हुनुपर्नेमा जोड दिएका छन

राज्यले यस प्रति कुनै ध्यान दिएको छैन । कमाउन र रमाउन खोज्नेहरुको आन्तरिक मनमुटावका कारण से फोक्सुन्डो ताल पुग्नेहरु रमाएर फकिएको देख्न सकिदैन । ताल पुग्नुपर्ने समय वर्षायाम हो तर जिर्ण काठका पुलहरुमा यात्रा गर्न जोखिम छ । राज्यले बलियो र भरपर्दो सामान्य पुलको व्यवस्थापन समेत गर्न नसकेको अवस्थामा डोल्पा जिल्ला प्रशासनले उक्त ताल क्षेत्र र त्यहाँ पुग्ने बाटोको अवलोकन गरेको छ । अबलोकन पश्चात डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले स्थानियबासीहरुले निर्माण गरेका जिर्ण र पुराना काठका पुलहरुलाई पुर्ननिर्माण गर्ने र आवतजावतलाई सामान्य बनाउने बताउनुभयो ।

यसरी प्रकृतिको अनुपम उपहार से फोक्सुन्डो ताललाई राज्यले पहिचान गर्न सकिरहेको छैन । राज्यको माथिल्लो निकाय देखि प्रदेश र स्थानिय स्तरबाट समेत ताल क्षेत्र व्यवस्थापन गर्न सकिएको छैन भने त्यहाँ पुग्नका लागि सामान्य पैदल मार्गको समेत निर्माण हुन नसक्दा सुनको सिरानीमा निदाएको कर्णाली प्रदेशलाई कसरी व्युझाउन सकिन्छ ? चिन्ता र चासोको विषयबस्तु बन्न पुगेको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ८, २०८१

कर्णाली प्रदेशको डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका उपप्रमुख देवि घर्तिले राज्यस्तरबाट कर्णालीलाई हेर्ने नजर फरक भएको बताउनुभएको छ । उहाँले साबिकको कर्णाली लाई प्रदेश र संघ सरकारले बेवास्ता गरेको भन्दै शिक्षा स्वास्थ्य खानेपानी, सडक लगाएत विकास पुर्वाधार निर्माणमा ठुलो चुनौति रहेको बताउनुभएको छ । वुधबार टिभि टुडे टेलिभिजनसँगको कुराकानीमा उपप्रमुख घर्तीले उक्त धारणा राख्नुभएको हो ।
राज्यले सुगम र दुर्गम जिल्लालाई एउटै नजरबाट हेर्ने र विकास बजेट समेत समानान्तर गर्ने भएकाले दुर्गममा सोचे अनुरुप लगानी गर्ने वातावरण नभएको समेत बताउनुभयो । उपप्रमुख घर्तीले विकट जिल्लाको एक पहिचान बोकेको स्थानिय तहको रुपमा रहेको त्रिपुरा सुन्दरी नगरपालिकाले शिक्षा स्वास्थ्य खानेपानी लगाएत हरेक वडाक्षेत्रमाा सडक विस्तारको योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । साथै कुराकानीको क्रममा उपप्रमुख घर्तीले विकट दुर्गमका महिलाहरुको जीवनस्तर माथी उठाउनका लागि विभिन्न शिपमुलक तालिम र आयआर्जनका कार्यक्रमहरुमा समेत प्राथमिकताका साथ काम गर्दै आइरहेको बताउनुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ८, २०८१

नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो ? भन्दा सबैलाई जानकारी छ डोल्पा । कर्णाली प्रदेशको सबैभन्दा उत्तरमा अवस्थित डोल्पाको आफ्नै कथा आफ्नै परिवेर र भौगोलिक अवस्था यतिबेला पनि विद्यमान छ । से फोक्सुन्डो ताल, से गुम्बा लगाएत पर्यटकिय क्षेत्र होस यार्सागुम्बा देखि बहुमुल्य जडिबुटीको हिसाबले विभिन्न संभावना बोकेको डोल्पामा यतिबेला पनि सडक सञ्जालले गति लिन सकेको छैन ।
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतबाट करिब ४ देखी ५ वटा सम्म सवाँरीका साधनहरु बदल्दै २ देखी ३ दिनमा पुगिने डोल्पा सदरमुकाम दुनैमा विगत वर्षहरुमानै सडक पुगेको भनिएपनि त्यो कागजका पानाहरुमा सिमित छ । सुर्खेत जिल्लाको छिन्चुबाट डोल्पासम्म पुग्नको लागि भेरी नदिको किनाराहुदैँ सडक त पुग्यो तर एउटै यातायातबाट पुग्न भने अहिले पनि सपना जस्तै छ । चारैतिर कडा र ठुलाठुला पर्वतिय चट्टानहरुमा अवस्थित डोल्पाका खोलाहरुमा यतिबेला सम्म पुल नबन्दा हिँउदका ४÷५ महिना सामान्य सडक सञ्चालन हुने भएपनि वर्षायाममा भने हत्केलामा ज्यानको बाजी लगाउदै जिर्णरुपमा रहेका झोलुंगे पुल र काठका पुलहरुको भर पर्नुपर्ने वाध्यता अभैँ डोल्पाली जनताका अगाडी काल झैँ उभिएका छन ।

त्यसो त हिउँदमा खोलाको पानि कम हुँदा डोल्पा भेरी करिडोरमा स्थानिय स्तरमा सञ्चालित साना यातायातका साधनहरुले वर्षायाममा मोटो रकम असुल्न ब्रह्मलुट नै मच्चाउछन । उनिहरुले मनपरि हिसावले उक्त क्षेत्रमा पैदलयात्रा गर्ने मानिसहरुका लागि भाडा तोक्ने र प्रति किलोमिटर प्रतिहजार सम्म लिने गरेका छन भने एउटै झोला झोलुंगे पुल वारपार गरेको पाँचसय देखिी हजार सम्म लिनेगरेको प्रस्ट देख्न सकिन्छ ।
डोल्पाका स्थानियस्तरका जनप्रतिनिधिहरुदेखी प्रतिनिधिसभा सदस्यहरु समेत यतिबेला मौन छन । अझ भन्नुपर्दा राज्यले उक्त सडकको लागि गरिदिएको टेन्डर समेत डोल्पाका नेता र कार्यकर्ता पाल्ने कमिसनको रुपमा प्रयोग हुन्छ ताकि उक्त योजना कागजका पानामा सिमित हुन्छ । नागरिक हरु समेत राज्य र नेताहरुको ध्यान नजाँदा सडक नबनेको भन्दै दुखेसो व्इक्त गदएछन ।

गाउँ र बस्तिहरुमा सामान्य सडक पुगेको भएपनि त्यसको औचित्य छैन । त्यसो त डोल्पाको लागि ठुलो आयोजना नै भेरी करिडोर नै हो । डोल्पा जिल्लामा साना र टुक्रे आयोजनाहरु मात्र हुने र ठुला आयोजनाहरु सञ्चालन हुन सक्ने अवस्थामा छैनन् । वर्षायाममा भेरी नदिका सहायक खोलाहरुमा अध्याधिक पानि हुने भएकाले समस्या भएपनि हिँउदमा भने सडकको कामले गतिलिने र त्यसमा आफुले हदेैसम्मको सहकार्य गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बतानुभयो ।

यसरी हेर्दा डोल्पाका नागरिकहरुले सहज सडक यात्रा गर्नका लागि अझैँ कैयौ दशक पर्खिनै पर्ने देखिन्छ । डोल्पा क्षेत्रका लागि राज्यले गरेको लगानी समेत कागजका पानामा सिमिति हुर्दै दलाल र माफिया राजनितिकर्मीहरुका लागि प्रयोग हुुने गरेको तथ्य डोल्पालीका लागि लुक्न सकेको छैन भने रतन्धो लागेको राज्यले समेत त्यसतर्फ कुनै नजर लगाउन सकेको छैन ।

 

 

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ८, २०८१

कर्णाली प्रदेश लगाएत देशका विभिन्न १० जिल्लाहरुमा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको सोसेक नेपालले दैलेखका विभिन्न पालिकाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामाजिक सेवा दिवसको अवसर पारेर सोसेक नेपालले दैलेखको दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिकामा अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ति शिविर सञ्चालन गरेको हो ।
सोसेक नेपालको हातेमालो परियोजना मार्फत सिबिएम नेपालको आर्थिक सहयोगमा विकलांग मित्र समुह÷अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र काभ्रे र कर्णाली प्रदेश पर्नुस्थापना केन्द्रको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरहरुमा नाक, कान, हाडजोर्नीका बिरामीहरुका साथै जन्मजात अपांगता भएका हजारौँ व्यक्तीहरुले सेवा लिएका छन ।
शिविरको अवसरमा जन्मजात अपांगता भएका र पछि विभिन्न रोगको सिकार हुन पुगेकाहरुलाई अपांगता पहिचान गर्दै स्थानिय सरकारको सहयोगमा अपांगता परिचयपत्र समेत प्रदान गर्न आवश्यक प्रक्रियाका साथ छनौट समेत गरिएको छ भने अपांगता भएका व्यक्तीहरुलाई आवश्यकता अनुसार ह्विल चियर, वैशाखी, लठ्ठी जस्ता सहायक सहयोग सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

राज्यको पहुँच भन्दा बाहिर रहेका दुर्गम स्थानिय तहका नागरिकहरुलाई सोसेक नेपालको हातेमालो परियोजना मार्फत गरिएको अपांगता पहिचान एवं स्वास्थ्य परिक्षण घुम्ति शिविरले ठुलो राहत पुगेको छ । शिविर सञ्चालनको क्रममा बोल्दै स्थानिय तहका प्रमुखहरुले जनताको स्वास्थ्य प्रति स्थानिय तह सजक र संवेदनशिल भएको भएको भन्दै सोसेक नेपालले सञ्चालन गरेको शिविर समयको आवश्यकता र माग भएको बताएका छन ।

दैलेखका विभिन्न पालिकाहरुमा सञ्चालित उक्त स्वास्थ्य शिविरको अवसरमा बोल्दै दैलेखबाट प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले जिल्लाका दुर्गमका नागरिकहरुले सामान्य स्वास्थ्य सुविधा समेत प्राप्त गर्न नसकेको अवस्थामा विगत देखी सोसेक नेपालले समयसमयमा स्वास्थ्य शिविरको आयोजना गर्र्दै जनताको सेवामा समर्पित भएको भन्दै प्रशंसा गर्नुभयो ।

उक्त अपांगता पहिचान तथा स्वास्थ्य घुम्ति शिविरमा उपचार गराई आवश्यकता अनुसार जिल्ला भन्दा बाहिर सुर्खेत , नेपालगञ्जका अस्पतालहरुमा पुगाउनुपर्ने बिरामीहरुलई सोसेक नेपालले आर्थिक र भौतिक सहयोग गर्ने सोसेक नेपालले प्रतिवद्धता समेत जनाएको छ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ६, २०८१

कर्णाली प्रदेशको डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले भौगोलिक कठिनाईका कारण समग्र जिल्लाको सेवाप्रवाह चुनौतिका साथ अघि बढिरहेको बताउनुभएको छ । आइतबार भुगोल अन्लाइनसँगको कुराकानीमा प्रजिअ दाहालले नेपालकै ठुलो क्षेत्रफल भएको र सबैभन्दा विकट जिल्लाको रुपमा रहेको डोल्पाका विभिन्न ८ वटा स्थानिय तहहरुमा सेवाप्रवाह सामान्य रहेको बताउनुभएको छ ।
कुराकानीको क्रममा प्रजिअ दाहालले वर्षायाममा भेरी नदिमा पानिको वहाव तथा हिउँदमा हिउँ पर्ने कारण विकास निर्माण र भौतिक पुर्वाधार निर्माणमा समेत अत्यन्त चुनौति रहेको बताउनुभयो । साथै उहाँले पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पा जोड्ने सडक लगाएत भेरी नदीमा पुल लगाएत विभिन्न संरचनाका कामहरु समेत अगाडी बढेको जानकारी गराउनुभयो ।

माथिल्लो डोल्पा र तल्लो डोल्पा भनेर मुख्य २ भागमा रहेको डोल्पा जिल्ला उत्तर चिनसँग सिमाना जोडिएको जिल्ला समेत भएको सन्दर्भमा माथिल्लो डोल्पाका केहि स्थानिय तहहरुको सेवाप्रवाह समेत सदरमुकाम दुनै केन्द्रित हुने गर्दछ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १९, २०८१

दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ स्थित जिल्लाकै एक मात्र अपांगता भएका बालवालिकाहरु अध्ययन गर्ने विद्यालय हो श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु किर्तिखम्ब । जिल्लाभित्रका दृष्ट्रिविहिन, अल्पदृष्ट्रिबिहिन र थप शारिरिक विकलांग भएका बालवालिकाहरु अध्ययन गर्ने उक्त विद्यालयका ति वालवालिकाहरुलाई सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपालको हातेमालो परियोजनाद्धारा सहयोग गरिएको छ । आवासिय रुपमा ब्रेल लिपि सहित अध्ययन अध्यापन हुने उक्त विद्यालयका बालवालिकाहरुलाई विभिन्न शैक्षिक सामाग्री देखि खेलकुद सामाग्री र आवासियरुपमा व्यवस्थापनका करिब ५ लाख बराबरका विभिन्न सामाग्री आज एक औपचारिक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सहयात्राद्धारा उक्त सामाग्री प्रदान कार्यक्रमको अवसरमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई सुधारको पक्षमा विगत देखी काम भइरहेको भन्दै भौतिक स्रोत साधनबाट विद्यालयलाई नमुना बनाउने उद्धेश्यका साथ अघि बढिरहेको भन्दै शैक्षिक गुणस्तर विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि आवासिय रुपमा फरक क्षमता भएका बालवालिकाहरुलाई विभिन्न सामाग्री सहयोग प्रदानको क्रममा सोसेक नेपालका कार्यक्रम प्रमुख नवराज विसीले विगतदेखि नै अपांगता भएका वालवालिकाहरुकालागि सोसेक नेपालले विभिन्न परियोजना मार्फत सहयोग गर्दै आएको बताउदै उनिहरुको जीवनलाई सहज बनाउदै शैक्षिक क्षेत्रमा उपलव्धि हाँसिल गर्नका लागि शैक्षिक,खेलकुद र व्यवस्थापकिय सहयोग गरेको बताउनुभयो ।
खेलकुद लगाएत शैक्षिक र व्यवस्थापनका सामाग्री पाएपछि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु ७ का फरक क्षमता भएका वालवालिकाहरु खुशी भएका छन भने सहयात्राको सहयोगबाट ति वालवालिकाहरुलाई व्यवस्थापकि क्षेत्रमा ठुलो राहत भएको विद्यालयले जनाएको छ ।

 

त्यस बखत् भर्खरै साढे १६ बर्ष पार गरेको म, मनमा एक किसिमको अनौठो उर्जा थियो ,शरीरमा तन्नेरी जस्तै जोश थियो ,रेडियो र पत्रीका केही सुन्ने र पढ्ने भएकोले मेरा उमेर समुहका समकालीन युवाहरू भन्दा अलिकति केही बढी होश पनि थियो । हाम्रो छुट्टै प्रदेश भयो भने हामीले प्रदेश बाट हुने सम्पुर्ण कामहरु सुर्खेत बाट हुन्छन् र पहिलेको तुलनामा युवाहरुले रोजगारी र सिपमुलक अवसरहरु धेरै प्राप्त गर्न सक्छन् भन्ने कुरा मेरो मस्तिष्कमा खेलेको थियो ।

म त्यसरी समाज रुपान्तरणमा प्रत्यक्ष होमिएको त्यो आन्दोलन मेरो जिवनको पहिलो आन्दोलन थियो ।

बि.सं. २०७२ साउन २३ गते देखि चलेको तत्कालीन अखण्ड मध्यपश्चिम प्रदेशको आन्दोलनका हजारौं सहभागी मध्ये आन्दोलनमा सहभागी एक युवा म पनि हुँ । उक्त आन्दोलनमा म सुरुवातका ३ दिन पुर्ण रूपमा आन्दोलनमा सहभागी भएको थिए ।

म र म जस्ता हजारौं जोशिला युवा त्यो आन्दोलनमा , हिजो भन्दा अब भोलि थोर बहुत सामाजिक ,राजनैतिक र विभिन्न क्षेत्रमा प्रदेश सरकारले अधिकार र अवसर सिर्जना गर्ने कुरामा बिश्वस्त थिए ।

तर बिड्म्बना तिनि महत्वाकांक्षी सपनाहरु त कर्णालीका युवाहरूका लागि दिवा सपना भए नै तर युवाको हकहित र संरक्षण ,सम्बर्द्धन गर्ने प्रादेशिक युवा नीति र सरकारी संरचना प्रदेश युवा परिषद् सम्म पाएका छैनन् कर्णालीका युवाले अझै कति औं प्रदेश स्थापना दिवस मनाईसकेपछी कर्णालीका युवाले धेर थोर अधिकार प्राप्त गर्लान ?

प्रदेश स्थापनाका लागि भएको आन्दोलन सफल भएको दिनको सम्झनामा प्रदेश सरकारले भदौ ४ गतेलाई कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस तथा शहीद दिवसको रुपमा मनाउने गरेको छ ।

यसबिचमा कर्णाली प्रदेशमा ४ जना मुख्यमन्त्री भए , ६ जना सामाजिक बिकास मन्त्री भए ,हामीले कैयौंपटक उहाँहरुलाई प्रत्यक्ष भेट गरि युवाका सवाललाई सम्बोधन गर्न अनुनयन बिनय गरेतापनी ,अहँ ,कसैले सुनिवाई गरिदिनु भएन ।

युवाहरुले लडेर ल्याएको प्रदेशले युवाको निम्ति हिजो सन्तुष्टिजनक काम नगरेपनि अबको दिनमा युवालाई सन्तुष्टि मिल्ने, कर्णालीका युवाहरूलाई कर्णालीमै बसेर उद्यम गर्न मिल्ने, कर्णालीमै बसेर अध्यन गर्न मिल्ने, कर्णालीमै स्वास्थ्य उपचार सेवा सहजै पाउने भएगरेका संरचना तथा संयन्त्रको सुधार र आवश्यक संयन्त्रको निर्माण गर्नुपर्ने हुन्छ।
संघीयता प्रति जनविश्वास बढाउन, प्रदेश संरचनाको औचित्य पुष्टि गर्न, प्रदेशले युवा नेतृत्व, उद्धमशिलता , सिप र लगानीमा जोड दिनुपर्छ। युवालाई आफ्नो देश प्रतिको गौरव बढाउन तल तल सिंहदरबारको अधिकार लिएर आएका प्रदेश र स्थानीय सरकारले जनअपेक्षालाई ख्याल राख्नुपर्छ। सेवा दिने प्रणाली सरल र सुशासन युक्त बनाउनुपर्छ। तब पो हिजो म जस्तै कर्णाली प्रदेश चाहिन्छ भनेर आन्दोलन गर्ने युवाको प्रदेश प्रति विश्वास बढछ साथै सहिदहरुको सपना साकार हुन्छ।

नोट ः लेखक राजेन्द्र अधिकारी कर्णाली प्रदेशको पहिलो स्थानीय युवा परिषद् , भगवतीमाई गाउँ युवा परिषद् ,दैलेख का कार्यकारी उपाध्यक्ष र युवा अभियानमा बिगत सात बर्ष देखि सक्रिय ब्याक्तित्व हुनुहुन्छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १९, २०८१

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले भाषण भन्दा ठुलो उत्तरदायित्व भएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी वहन गरेसँगै पहिलो पटक गृह क्षेत्र दुल्लु पुग्नुभएका मन्त्रि भण्डारीले दुल्लु नगरपालिकाद्धारा आयोजित स्वागत तथा बधाई कार्यक्रमको अवसमा बोल्दै चिल्ला कुरा र भाषणले विकास नहुने भन्दै जिम्मेवारी वहन गर्दै उत्तरदायित्व वोध गरेको खण्डमा विकासनिर्माण र लक्ष्य संभव भएको बताउनुभएको छ । उहाँले आफु भर्खरमात्र उक्त मन्त्रालयको जिम्मेवारीमा पुगेको भन्दै समयले साथ दिए सम्म शिक्षा, स्वास्थ्य, खानेपानी , सडक लगाएत भौतिक निर्माणका लागि सबै मन्त्रालयसँग सहकार्य गर्दै समग्र दुल्लुको विकासमा हातेमालो गर्ने बताउनुभयो ।

दुल्लु नगरपालिकाको पहिलो नगरप्रमुख समेत हुनुभएका भण्डारी यतिबेला कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्रि बन्नुभएको हो । उहाँले विगतको आफ्नो दुल्लु नगरपालिकाको कार्यकालको स्मरण गर्दै आफ्नो पाला देखि थुप्रै विकासनिर्माणका समस्या यथावत रहेकाले आफ्नो शरिर सामाजिक विकास मन्त्रालयमा भएपनि तनमन दुल्लुमै रहेको समेत बताउनुभयो । उहाँले दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरु लगाएत कर्मचारीहरुलाई निर्देशन दिदैँ जनताको काम र आफ्नो जिम्मेवारी कहिल्यै पनि विर्सिन नहुने भन्दै इमान्दारिताकासाथ काम गर्नुपर्नेमा जोड दिनुभयो । दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले मन्त्रि भण्डारीलाई स्वागत गर्नुभएको थियो भने उपप्रमुख बिना कार्कीले समग्र दुल्लु निर्माणको योजना र माग सहितको ज्ञापनपत्र बाचन गर्दै मन्त्रि भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

दुल्लु नगरपालिकाको स्वागत तथा वधाई ज्ञापन कार्यक्रम पश्चात नेपाली काँग्रेस दुल्लु नगरसमिति द्धारा गरिएको स्वागत तथा वधाई ज्ञापन कार्यक्रममा समेत मन्त्रि भण्डारीको उपस्थिति रहेको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।