
भुगोल संवाददाता,
९ असार २०८२
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीमाथि अपमान र हातपातको प्रयास भएको छ। असार ८ गते साँझ त्रिपुरासुन्दरी–१ स्थित कान्छीबजारमा यो घटना भएको हो। नगरसभाका लागि नीति तथा कार्यक्रम तयारी गरी घर फर्किँदै गरेकी उपप्रमुख घर्तीमाथि त्रिपुरासुन्दरी–९ का वडाध्यक्ष राजु बुढाले बाटोमै गाडी रोकी हातपात गर्न खोजेका थिए। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार वडाध्यक्ष बुढाले घर्तीको आइफोन जबरजस्ती खोसेर कब्जा समेत गरेका थिए।
डोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपि रुकबहादुर खड्काका अनुसार घटना लगत्तै जनपद प्रहरी खटिए पनि स्थानीयबासीको अवरोधका कारण नियन्त्रण लिन मुस्किल भएपछि सशस्त्र प्रहरी बल परिचालन गरेर वडाध्यक्ष बुढालाई नियन्त्रणमा लिइएको हो। “मोबाइल खोसेर अपशब्द बोलेको र गालीगलौज गर्दै शारीरिक हातपात गर्न खोजेको गुनासो उपप्रमुख घर्तीबाट आएको छ,” डिएसपी खड्काले बताए।
नेकपा एमालेबाट निर्वाचित उपप्रमुख घर्ती त्रिपुरासुन्दरी नगरपालिकामा एक लोकप्रिय जनप्रतिनिधि हुन । उप्रमुख घर्तीले आफुमाथी भएको घटना सम्बन्धमा आधिकारिक उजुरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा उपप्रमुख घर्तीले गालि बेइज्जती तथा हातपातको प्रयास गरेको भन्दै उजुरी दर्ता गरेको घर्ती निकट स्रोतले बताएको छ। हातपात प्रयासका आरोपी वडाध्यक्ष राजु बुढा भने माओवादी केन्द्रबाट निर्वाचित हुन्।
स्रोत ः फोक्सुन्डो खबरबाट……
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ६,२०८२
दैलेखको महाबु गाउँपालिकाले आज आफ्नो गाउँसभाको १७औँ अधिवेसन सञ्चालन गरेको छ । दैलेखको सबैभन्दा अग्लो स्थानमा अवस्थित महाबु गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कृषि ,पर्यटन र पुर्वाधार लक्षित निति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको गाउँसभा सञ्चालन भएको छ । जिल्लाका अन्य स्थानिय तहहरु भन्दा भिन्न पहिचान बोकेको महाबु गाउँपालिकाले कृषि क्षेत्र लगाएत जडिबुटी, पर्यटन र पर्यटकिय क्षेत्रका्े विकास र प्रवद्र्धन लगाएत भौतिक पुर्वाधार तर्फ विगत वर्षहरुमा अधुरा रहेका भौतिक संरचनाहरुलाई पुर्णता दिने निति कार्यक्रम अघि सारेको छ ।
गाउँपालिकाको उक्त गाउँसभामा आगामी वर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले संवृद्ध गाउँपालिका निर्माणको लागि सबै जनप्रतिनिधिहरुको हातेमालो , सहमति र सहकार्य आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।
गाउँसभामा निति तथा कार्यक्रम पारित भए पश्चात बोल्दै गाउँपालिका अधयक्ष शाहीले यस वर्षको गाउँपालिकाको निति तथा कार्यक्रमले गाउँपालिकाको कृषि, पर्यटन र पुर्वाधार लगाएत खानेपानी व्यवस्थापनका क्षेत्रमा समेट्ने प्रयास गरिएको र जसले महाबुबासीको जीवनस्तर माथी उठाउन प्रयास गर्ने बताउनुभयो ।
गाउँसभामा आज प्रस्तुत गरिएको निति तथा कार्यक्रम माथी आगामी असार १० गते वस्ने गाउँसभामा बजेट प्रस्तुत गरिने छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ असार,२०८२
विकासको मेरुदण्डको रुपमा सडकलाई लिइन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी,विद्युत लगाएत अन्य विकासका पुर्वाधार निर्माणका लागि सडक नै मुख्य हो । सडक बिना ति संरचनाहरु निर्माण असंभव छन ।
नेपालका ७ प्रदेशहरुभा सबैभन्दा विकट कर्णाली र कर्णालीका १० वटा जिल्लाहरु मध्ये डोल्पा जिल्ला भौगोलिक रुपमा सबैभन्दा विकट छ । भुगोलका हिसावले नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाका सबै स्थानिय तहहरुमा अहिले पनि सडक पुग्न सकिरहेको छैन । सुर्खेत डोल्पा भेरी करिडोरको जाजरकोट तल्लुबगर सम्म सडक केहि सहज भएपनि डोल्पा सदरमुकाम दुनै पुग्नका लागि सामान्य सडक छ जसको निर्माणको काम कछुवाको गतिमा भइरहेको छ ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपाकिला जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये फरक पहिचान बोकेको पालिका हो । विकास निर्माण र शुसासनको क्षेत्रमा आफ्नो भिन्न परिचय बनाएको त्रिपुरासुन्दरी नगरपालिकाको ११ वटा वडाका ३९ वटा गाउँहरु यतिबेला सडकसञ्जालसँग जोडिएका छन । घोडा खच्चरमा दैनिक उपभोग्य बस्तुहरु ढुवानी गर्दै आएका त्रिपुराबासीहरुले यतिबेला घर गाउँसम्मै यातायातका साधनहरु प्रयोग गर्न पाएसंगै दैनिकी समेत परिवर्तन गर्न थालेका छन ।
यार्सागुम्बा लगाएत विभिन्न जडिबुटिको लागि चिनिने डोल्पा ओखर र स्याउ लगाएका फलफुलका लागि समेत प्रख्यात छ । विगतमा सामान्य रुपमा आफ्नो लागि मात्र स्याउखे िगर्दै आएका त्रिपुरासुन्दरी बासीहरु यतिबेला सडक पहुँचसंगै स्याउखेति तर्फ हौसिएका छन । लटरम्म बारीभरी फलेका स्याउहरु आफुले खान नसकेपछि गाई गोरु र खच्चरलाई आहारा बनाउदै आएका त्रिपुराबासीले गतवर्ष देखी स्याउको मुल्य राम्रो पाएसँगै स्याउ खेतितर्फ उन्मुख भएका छन । विगतमा फलेका स्याउहरु पनि खपत र उपयोग गर्न नसकेका उनिहरु सडक सञ्जालसँगै स्याउखेति तर्फ हौसिएका उनिहरु राज्य स्तरबाट सडकको थप स्तरोत्तन्नती र उचित बजार मूल्यको माग गरिरहेका छन ।
त्यसो त डोल्पा जिल्लाको समग्र ८ वटै स्थानिय तहहरु स्याउ उत्पादनको लागि उपयुक्र छन । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजना मार्फत स्याउ जोन लगाएत पकेट क्षेत्रको विकास समेत भइरहेको छ । जसका लागि जिल्ला कृषि विकास कार्यालयले नगरपालिका कृषि शाखा सँगै समन्वय सहकार्य गर्दै आयआर्जनका लािग किसानहरुलाई विभिन्न जातका स्याउहरुको सिफारिस गर्दै सहयोग गर्दै आएको डोल्पा जिल्ला कृषि कार्यालय प्रमुख शरद लामाको भनाई रहेको छ ।
त्यसो त त्रिपुरासुन्दरी नगरपालिकाले समेत नगरपालिका क्षेत्रमा उत्पादित स्याउको उचित बजारीकरण देखी तनमन लगाएर स्याउ खेति लगाएत विभिन्न खेति प्रणालीमा लाग्ने किसानहरुका लागि विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आइरहेको छ । डोल्पा र त्यसमा पनि त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रको स्याउको बजारीकरणमा विशेष महत्व राख्दै खपतका लागि बाहिरबाट आयातित स्याउ बन्द समेत गरिएको र निकट दिनहरुमा कोल्डस्टोरको समेत व्यवस्थापन गरिने त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाको भनाई रहेको छ ।
यसरी सिंगो कर्णालीको जडिबुटि र स्याउ ओखरको ढुकुटी डोल्पा विकासका दृष्टिले पछाडी भएपनि पहिचानको दृष्टिले धेरै अगाडी छ । सुनको सिरानीमा निदाएको कर्णालीको विकासको लागि राज्यले समेत विशेष ध्यान दिनु अति आवश्यक छ ।
रिपोर्टमा सकिन्छ भने मेरो नाम समेत जोडिदिनुहोला………
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ६,२०८२
दैलेखको नौमुले गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेशको आयोजनामा एक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । “भ्रष्ट्राचार नियन्त्रणमा नागरिक साझेदारी,शुसासन प्रर्वद्धनमा सबैको जिम्मेवारी” भन्ने मुल नारा तय गरिएको भ्रष्ट्राचार नियन्त्रण तथा शुशासन प्रर्वद्धन सम्बन्धी नौमुले गाउँपालिका स्तरिय अन्तरक्रिया आज नौमुले गाउँपालिकामा सम्पन्न भएको छ ।
नौमुले गाउँपालिका भित्रका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न योजनाका उपभोक्ता समिति सदस्यहरु र उपभोक्ताहरु लगाएत आम नागरिकहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको अवसरमा भ्रष्ट्राचार न्युनिकरणका लागि आवश्यक निति नियमका सन्दर्भमा अन्तरक्रिया गरिएको छ ।
नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुवेदी, उपाध्यक्ष गंग बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत दमन दाहाल लगाएत जनप्रतिनिधिहरुले गाउँपालिकालाई भ्रष्ट्राचाररहित पालिकाको रुपमा स्थापित गर्न लागि परेको सन्दर्भ उठान गर्दै त्यसका लागि सबैको अठोट र हातेमालो अनिवार्य रहेकोमा जोड दिएका छन ।
कार्यक्रमको अवसरमा उठेका विविध सवालहरुको सहजिकरण गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्ट्राचार अन्त्यका लागि सबैको हातेमालो हुनुपर्ने भन्दै सञ्चार जगतले समेत सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाको नेतृत्वले समेत कानुनले दिएका हक अधिकार र ऐन नियमको पुर्ण पालना हुनु जरुरी भएको बताउनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ४,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ८ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ८ कार्यालय परिसर बिन्द्रासैनी खुल्ला मञ्चमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव ललित शाहीले प्रस्तुत गर्नुभएको थियो ।
उल्लेख्यरुपमा वडाबासीहरुको सहभागितामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा प्रश्न गर्दै वडा कार्यालय र जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिएका छन । सार्वजनिक कार्यक्रममा उठेका विभिन्न विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष रत्न बहादुर रशाहीले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ४,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ कार्यालय परिसरमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव नेत्र खड्काले प्रस्तुत गर्नुभएको थियो ।
उल्लेख्यरुपमा वडाबासीहरुको सहभागितामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा प्रश्न गर्दै वडा कार्यालय र जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिएका छन । सार्वजनिक कार्यक्रममा उठेका विभिन्न विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष प्रेम बहादुर रावलले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ३,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ६ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । ६ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ६ कार्यालय परिसरमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव उमेश कुमार कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
उल्लेख्यरुपमा वडाबासीहरुको सहभागितामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा प्रश्न गर्दै वडा कार्यालय र जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिएका छन । सार्वजनिक कार्यक्रममा उठेका विभिन्न विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष बलिराम खडकाले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ३,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ५ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । ५ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ५ कार्यालय परिसरमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव राजाराम रेग्ग्मीले प्रस्तुत गर्नुभएको थियो ।
उल्लेख्यरुपमा वडाबासीहरुको सहभागितामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा प्रश्न गर्दै वडा कार्यालय र जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिएका छन । सार्वजनिक कार्यक्रममा उठेका विभिन्न विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष हस्त प्रसाद शर्र्माले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार २,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ५ मा रहेको श्री जनता माध्यामिक विद्यालय बस्तेकोटको ४२औँ स्थापना दिवस तथा अभिभावक भेला आज आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । साविकको जम्बुकाँध गाविसको वडा नं. ८ मा २०४० सालमा त्यस क्षेत्रका वालवालिकाहरुका लागि सामान्य चौतारीमा लेखपढ गर्नका लागि स्थापना गरिएको विद्यालय यतिबेला माध्यामिक विद्यालयको रुपमा स्थापित भएको छ ।
त्यस क्षेत्रको नमुना विद्यालयको रुपमा रहेको श्री जनता माध्यामिक विद्यालयले पहिलो पटक आफ्नो वार्षिकोत्सव तथा अभिभावक भेलाको आयोजना गरेको छ । कार्यक्रमको अवसरमा विद्यालयको स्थापना काल देखी विद्यालयबाट शिक्षा आरम्भ गर्दै विभिन्न क्षेत्र र पदमा पुगेका पुर्व विद्यार्थीहरु लगाएत विद्यालयका जग्गादाता एवं विद्यालयको चौतर्फी हकहितमा काम गर्ने व्यक्तीहरुलाई सम्मान समेत गरिएको छ ।
उक्त कार्यक्रमको अवसरमा विद्यालयको हालसम्मको गतिविधि सहितको स्मारिका समेत प्रकासन गरिएको छ । स्मारिका विमोचन सहित कार्यक्रमको उद्धघाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले गर्नुभएको छ । कार्यक्रम उद्धघाटनको अवसरमा बोल्दै मन्त्रि भण्डारीले वर्तमान शिक्षा वेरोजगार उत्पादनको थलो मात्र भएको भन्दै शिक्षा प्रत्यक्ष उत्पादनसँग जोड्दै श्रम शिप र कृषिमा जोड्नुपर्नेमा कर्णाली सरकारको शिक्षा निति रहेको बताउनुभयो ।
विद्यालयको उक्त वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले विद्यालयले धेरै जनशक्ती उत्पादन गरिसकेको भन्दै यतिबेला असल नेतृत्वको पर्खाईमा विद्यालय रहेको र त्यसका लागि कर्णाली प्रदेश सरकार लगाएत राज्यस्तरबाट विद्यालयको भौतिक परिवर्तन मुख्य आवश्यकता भएकोमा जोड दिनुभयो ।
विद्यालयको विविध गतिविधि सहित आर्थिक, भौतिक र सांगठनिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक जनक कार्कीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । ७ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ को खुल्ला मञ्च मष्टामाण्डुमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव झलक खत्रीले प्रस्तुत गर्नुभएको थियो ।
सामुहिक वैठक पारामा सञ्चालत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा उठाएका विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष इन्द्र प्रसाद चौलागाईले गर्नुभएको थियो ।