दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ७, २०८१
दैलेखको दुल्लु नगरपालिका कर्णाली प्रदेशकै दोस्रो ठुलो स्थानिय तह हो । सिजा राज्यको हिउँदे राजधानीको रुपमा रहेको तथा नेपाली भाषाको शिलालेख अवस्थित दुल्लुक्षेत्रको आफ्नै पहिचान रहेको छ । यतिबेला विकास निर्माण लगाएत सेवा प्रवाहको हिसावले पनि दुल्लु नगरपालिका कर्णाली प्रदेशका ८९ स्थानिय तहहरु मध्ये अग्रपंतिमा रहेको छ । १३ वटा वडाहरु रहेको दुल्लु नगरपालिको ठुलो भुभाग र समुचित विकासनिर्माण एक पहिचानको रुपमा रहेका छन ।
यतिबेला दुल्लु नगरपालिकाले एकिकृत सेवा मार्फत सेवा प्रवाह सञ्चालन गरेको छ । वडाक्षेत्रबाट काम लिएर नगरपालिका आउने सेवाग्राहिहरुका लागि सहज होस भन्नका लागि एकिकृत सेवाको थालनी गरिएको हो ।
काम लिएर नगरपालिका आउने सेवाग्राहिहरुले कुन सेवा कुन शाखाबाट लिने ? कसलाई भेट्ने ? आवश्यक प्रमाणहरु कुन कुन हुन ? भन्ने जानकारी नहुँदा सामान्य काममा समेत दुःख पाउने गरेको र हप्तौसम्म लाग्ने गरेको सन्दर्भमा अब भने हरेक कामको हिसावकिताव हुनुका साथै छिटो छरितो मात्र होइन कुन काम गर्न कति समय लाग्छ , साथै आफ्नो फाइल कहाँ पुगेको छ भन्ने जानकारी सहजरुपमा पाउने भएका छन ।
गत वैशाख महिनाबाट सामान्य रुपमा परिक्षणको रुपमा रहेको एकिकृत सेवा आजबाट औपचारिक रुपमा सुरु गरिएको छ । युएनडिपिको युसेज कार्यक्रम मार्फत सञ्चालन गरिएको एकिकृत सेवा प्रवाहमा सेवाग्राहि नगरपालिकामा प्रवेस गर्नासाथ टोकन मेसिनबाट चाहिएको सेवा रुजु गर्दै अगाडी बढ्छन । जस अनुसार एकिकृत सेवाको सुचना बमोजिम कुन काउण्टरमा जाने भन्ने निर्देशन पर्खिदै त्यहाँ पुग्छन । कर्मचारीले उनिहरुको समस्याको बारेमा बुझेर कामलाई अगाडी बढाउछन । अर्को डिस्प्लेमा सेवाग्राहीको नाम सहित कामको उद्धेश्यको बारेमा जानकारी गराउदैँ लाग्ने समय, भइरहेको कामको प्रगति लगाएत थुप्रै जानकारी एकैसाथ प्राप्त गर्दै सेवाक्षेत्रमा नै आवश्यक प्रक्रिया पुरा हुन्छ । काम सकिएपछि पाएको टोकनलार्ई सेवाको प्रभावकारीता मुल्यांकन गर्ने अवसर समेत प्राप्त गर्न पाउछन । जसमा अतिराम्रो, राम्रो, ठिकै र नराम्रो भन्ने बाकसमा टुकनलाई राख्ने व्यवस्था छ । जस अनुसार सेवाग्राहिद्धारा गरिएको मुल्यांकनलाई कर्मचारीहरुद्धारा जाँच गर्दै आवश्यकताको आधारमा थप सेवा विस्तार गर्ने प्रावधान राखिएको छ ।
एकिकृत सेवा प्रवाहको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उद्धघाटनमा सहभागि दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले राम्रो सेवाको सुरुवात गरिएको भन्दै प्रदेशकै एक नमुना कामको थालनि भएको भन्दै सबैलाई समान सेवा प्रदान गर्नका लागि एकिकृत सेवा प्रवाह प्रभावकारी रहेको समेत बताउनुभयो ।
यसैगरि नगरपालिकाको एकिकृत सेवा प्रवाहको सन्दर्भमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले सेवा लिनका लागि नगरपालिका आएका सेवाग्राहिहरुले काममा विभेद र ढिलासुस्ति व्यहोर्नु नपर्ने भन्दै टोकन नम्बरका आधारमा पालैपालो सेवा लिन सक्ने र जनप्रतिनिधि र कर्मचारीले सेवाग्राहिको काम समयमै गर्न सक्ने वातावरण सिर्जना गरिएको बताउनुभयो ।
नगरपालिकाद्धार सञ्चालित एकिकृत सेवाप्रवाहको सन्दर्भमा जानकारी गराउदै प्रमुख प्रशासकिय अधिकृत तिलक विकले हरेक सेवालाई नागरिकमैत्री, जनमुखी बनाउदै कामलाई चुस्तदुरुस्त बनाउनको लागि एकिकृत सेवाप्रवाहको थालनी गरिएको बताउदै नागरिकहरुले यसभन्दा पछिका दिनहरुमा बिना जानकारी दुःख पाउनु नपर्ने र सहजताका साथ सेवा लिन सकिने बताउनुभयो ।
दुल्लु नगरपालिकामा सेवा लिन आएका सेवाग्राहिहरुले विगतको भन्दा फरक शैलिमा सेवा लिन पाउनुका साथै सेवा लिदा सरल सहज भएको भन्दै खुशी व्यक्त गरेका छन । उनिहरुले एकिकृत सेवा प्रवाह सदावहाररुपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिएका छन ।
यसरी फरक पहिचानका साथ दुल्लु नगरपालिकाले गरेको एकिकृत सेवाप्रवाहले जनताका हरेक सेवाहरु चुस्तदुरुस्त प्रभावकारीरुपमा छिटोछरितोरुपमा सम्पन्न गर्नुका साथै उनिहरुले गरेको मुल्यांकनको आधारमा थप परिवर्तन हुनेमा अपेक्षा गरिएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ६, २०८१
सुर्खेतको पश्चिम क्षेत्र जुन यतिबेलाको पञ्चपुरी लगाएत चौकुने क्षेत्र विगतको हटारु क्षेत्रको रुपमा परिचित छ । दैलेख, अछाम, कालिकोट लगाएत क्षेत्रका नागरिकहरुको हाट क्षेत्र हो भन्दा फरक नपर्ला । किनकी करिब ४०÷४५ वर्ष अगाडी सम्म पहाडमा बाटोघाटो नखुल्दा कर्णाली भरी नदीको तिरैतिरको बाटो भएर हप्तौ र महिनौ लगाएर वर्दियाको राजापुर क्षेत्रबाट लत्ताकपडा र नुन लैजाने पैदल मार्ग हटारु बाटो हो यतिबेलाको सुर्खेत पश्चिम क्षेत्रको कर्णाली चिसापानी, गुटु, घाटगाउँ लगाएत जामु र कुहिने क्षेत्र । उक्त हटारु क्षेत्र हिउँदयाममा गाई भैँसी पाल्नका लागि प्रयोग हुने वण्डाल क्षेत्रका रुपमा समे परिचित छ ।
सोहि हटारु क्षेत्रका रुपमा परिचित चौकुने गाउँपालिकाको ९ नम्बर वडामा रहेको छ बसन्ते कोकिले गाउँ । भेरी नदिको नजिकै रहेको उक्त क्षेत्रमा हाट जाने क्रममा मिलेको जग्गा देखेपछि ५२ वर्ष पहिले देखि दैलेख र अछामका मानिसहरु बसाई सर्न थाले । मिलेको जमिन उर्वर भुमी मानिसहरु बसाई सर्दै बस्तिमा परिणत भएको उक्त क्षेत्रका नागरिकहरुको दैनिकीमा भने केहि सुगम र केहि दुर्गम भने अहिले पनि यथावत छ । बसन्ते कोकिले क्षेत्रका नागरिकहरु यतिबेला पनि खोलाको पानि पिउदै जीवनयापन गरिरहेका छन । वर्षामा खोलामा भेल आउँदा घण्टौ सम्म पानि धमिलोबाट समिलो हुने पर्खाईमा हुन्छन । यतिमात्र होइन चारैतिर खोला भएपनि पानीको अभावमा उक्त क्षेत्रका खेतहरुमा रोपाँई समेत हुन सकिरहेको छैन जसको कारण खेतहरु बाँझो छन ।
यतिबेला भने उक्त चौकुने गाउँपालिका ९ बसन्ते कोकिलेका नागरिकहरुले शुद्ध खानेपानीको अभावलाई पुर्ति गर्न पाएका छन । सोसेक नेपालद्धारा युनिसेफको आर्थिक सहयोगमा गल्र्स मेटर परियोजना मार्फत चौकुने गाउँपालिकासँगको सहकार्यमा लिफ्टिंग खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी योजना मार्फत त्यस क्षेत्रका ५२ वटा घरपरिवारमा एकघर एक धारा अभियान समेत सञ्चालन गरिएको छ भने विद्यालयमा समेत वालमैत्री धारा निर्माण गरिएको छ । खोलाको पानी पिउन वाध्य उनिहरु समयसमयमा विभिन्न रोगको सिकार हुनुका साथै पानीमाथीको कागाकुल हुनुपरेको वाध्यताबाट मुक्त भएकोमा खुशी भएका छन ।
चौतर्फि खोला भएपनि नागरिकहरुलाई खानेपानीको समस्या समाधानका लागि सोसेक नेपालको प्रयासले सार्थकता पाएको छ । खानेपानीको अभावका कारण शौचालयको प्रयोग समेत प्रभावकारी बन्न नसकेको उक्त बस्तिमा यतिबेला सोसेक नेपालद्धारा खानेपानी व्यवस्थापन सँगै स्वास्थ्यका शुचकहरुको समेत पुरा गर्ने उद्धेश्यका साथ काम गरिरहेको छ ।
सोसेक नेपालको खानोपानी योजना निर्माण लगाएत गरिएका कामहरुप्रति यतिबेला चौकुने गाउँपालिकाले पनि खुशी व्यक्त गरेको छ । गाउँपालिकाले अन्य विभिन्न संघसंस्थाहरुले गरेका कामहरु भन्दा आवश्यकताको आधारमा जिम्मेवारी वहन गर्दै चौकुनेको विकट बसन्ते कोकिले क्षेत्रमा खानेपानी योजना सम्पन्न भएकोमा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले सोसेक नेपालको खुलेरै प्रशंसा गर्नुभयो ।
यसरी जहाँ समस्या त्यँहा सोसेक नेपाल भने झैँ यतिबेला राज्यको नजरबाट बाहिर रहेको सुगम भएर पनि विकास निर्माणका कारण दुर्गममा रहेको चौकुने गाउँपालिकाको विकट बसन्ते कोकिलेका नागरिकहरुले ५२ वर्षपछि विकास आएको अनुभुति गरिरहेका छन । उनिहरुले सोसेक नेपालले प्याँस मेटाइएदिएकोमा खुशी व्यक्त गर्दै सरकार भन्दा सोसेक नेपाल आफुहरुको लागि उत्तम भएको बताइरहेका छन ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ५, २०८१
राज्यले शिक्षा स्वास्थ्य निःशुल्क भन्ने धारणा अघि सारेको भएपनि त्यो कागजका पानमा सिमित छ । हुनेखानेहरुका लागि सुगम क्षेत्रमा मात्र पहुचमा छ शिक्षा र स्वास्थ्य । यतिबेला शिक्षाको अवस्था दिनप्रतिदिन दुरासायि बन्दै गइरहेको छ । कतिपय स्थानमा आवश्यकता भन्दा बढि लगानी छ भने कतिपय स्थानहरुमा राज्यको नजर समेत पर्न सकिरहेको छैन ।
त्यस्तै राज्यको नजरबाट बाहिर रहेको एक विद्यालय हो ,दिपमाला आधारभुत विद्यालय । जुन विद्यालय कर्णाली प्रदेसको राजधानि सुर्खेत स्थित विरेन्द्रनगर नगरपालिकाको वडा नं. १ मा अवस्थित छ । दिपमाला आधारभुत विद्यालय दलित समुदायको करिब ७२ प्रतिशत वालवालिका अध्ययन गर्ने विद्यालय हो । दलित समुदायको विचमा रहेको उक्त विद्यालयमा उचित व्यवस्थापन हुन नसक्दा वालवालिकाको पठनपाठन समेत प्रभावित भइरहेको समयमा यतिबेला सोसेक नेपालको दृष्ट्रि उक्त विद्यालयमा परेको छ । दलित समुदायका विद्यार्थीहरु विद्यालय पोसाक देखि साधारण कपिकलमको व्यवस्थापन गर्न नसक्दा विद्यालय छोड्ने क्रम बढ्दै गइरहेको छ । दिनभरको ज्याला मजदुरीबाट साझबिहानको हातमुख जोर्न समेत धौधौ भइरहेको समय वालवालिकाको पठनपाठनको व्यवस्थापन गर्न समेत चुनौति रहेको दलित समुदायमा यतिबेला सोसेक नेपालको छात्रवृत्ति कार्यक्रमले ठुलो राहत मिलेको छ ।
सोसेक नेपालले एइआइएन लक्जम्वर्गको आर्थिक सहयोगमा विहानी परियोजना मार्फत विद्यालयको वालकक्षाको लागि ओछ्याउने कार्पेट, पिफर्म, खेल्ने सामाग्री देखि फर्निचरमा समेत यतिबेला सोसेक नेपालले व्यवस्थापन गरेको छ । जसले गर्दा भर्खर विद्यालय प्रवेस गरेका सानासाना वालवालिकाहरुका लागि ठुलो सहयोग भएको विद्यालयले जनाएको छ । अर्कोतर्फ उक्त विद्यालयका १४ जना दलित वालवालिका हरुलाई सोसेक नेपालले छात्रवृत्ति समेत प्रदान गरेको छ । विद्यालय पोसाक, कपि कलम, झोला देखि अन्य आवश्यक सामाग्रीबाट गरिबिका कारण जोखिममा परेका बालवालिकाहरुलाई ठुलो राहत भएको वालवालिका तथा तिनका अभिभावकहरुले बताएका छन ।
उक्त विद्यालयका वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै विरेन्द्रनगर नगरपाकिा वडा नं. १ का वडाध्यक्ष दिनेश खत्री ले विगका दिनहरुमा वालवालिकाको छात्रवृति लगाएत शैक्षिक सामाग्री दुरुपयोग भएको भन्दै वालवालिकाकै शिक्षामा सामाग्री प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गरिविको मारमा परेर शिक्षाबाट वञ्चित हुन लागेका वा शैक्षिक जोखिममा परेका वालवालिकालाई विभिन्न शैक्षिक सामाग्री र विद्यालय पोसाक लगाएत सामाग्री छात्रवृति स्वरुप प्रदान गर्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले छोरा र छोरीमा भेदभाव गर्न नहुने कुरामा जोड दिदैँ सानोसानो कुराको अभावमा विद्यालय छोड्दै गरेका दलित वालवालिकाहरुको लागि प्रदान गरिएको छात्रवृत्ती र राहतले उनिहरुको शिक्षा पाउने अधिकारको समेत सुनिश्चित गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
यसरी राज्यको काखैमा बसेर पनि नजरभन्दा बाहिर भएको एक कहाली लाग्दो उक्त विद्यालयका वालवालिकाहरुको शैक्षिक अवस्थालाई मजवुद बनाउन गरिएको यस सहयोगले ठुलो राहत महशुस भएको छ । हुनेखानेहरुका लागि त उक्त सहयोग केहि हैन तर हुँदा खानेहरुको लागि भने उक्त सहयोग एक वर्षभरीको कमाईको प्रतिफल हो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १, २०८१
कर्णाली युवा संघ दैलेखमा आवद्ध युवाहरुले दैलेखको दुल्लु नगरपालिकामा नेपालकै दोस्रो ठुलो राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका छन । युवाहरुले समाजमा नयाँ र फरक पहिचानका कार्यक्रम गर्दै सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने उद्धेश्यका साथ उक्त झण्डोत्तलन गरिएको हो ।
नेपालकै दोस्रो ठुलो राष्ट्रिय झण्डाको रुपमा नेपाली भाषाको एतिहासिक सिलालेख रहेको दुल्लु किर्तिस्तम्भ स्थित विजया पार्कमा उक्त भण्डोक्तन गरिएको हो ।
विजया साहित्यिक पार्कमा यतिबेला नेपालका विभिन्न ३० वटा साहित्यकारहरुको प्रतिमा समेत रहेको स्थानमा दुल्लु क्षेत्रको पहिचानका लागि ५४ फिट अग्लो खम्बामा २५ फिट ठुलो झण्डा राखिएको हो । जुन काठमाण्डौको माइतिघर मण्डलामा राखिएको राष्ट्रिय झण्डा पछिको दोस्रो ठुलो राष्ट्रिय झण्डाको रुपमा रहेको छ । उक्त राष्ट्रिय झण्डाको आज एक औपचारिक कार्यक्रमका बिच झण्डोत्तलन गरिएको छ । दुल्लु नगरपालिका नगरप्रमुख भरत प्रसाद रिजाले उक्त झण्डाको झण्डोत्तलन गर्दै विजया साहित्यक पार्कमा राखिएको झण्डाले समग्र कर्णाली प्रदेश र दुल्लु क्षेत्रको महिमा बढाउदैँ पहिचान बनाउने भन्दै युवाहरु समाज रुपान्तरणको खम्बा समेत भएकाले रचनात्मक काम गर्नुपर्नेमा जोड दिदैँ त्यसको लागि सदैव दुल्लु नगरपालिका युवाहरुको साथमा रहेको बताउनुभयो ।
यसैगरि दुल्लु नगरपालिकाका उपप्रमुख बिना कार्कीले कर्णाली युवा संघलाई शुभकामना दिदैँ विजया साहित्यिक पार्क लगाएत राखिएको झण्डाको संरक्षणमा समेत युवाहरुको कर्तव्य हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त झण्डोत्तलन कार्यक्रमको अवसरमा बोल्दै कर्णाली युवा संघका अध्यक्ष ललित थापाले कर्णाली युवा संघ कुनै पार्टि र राजनैतिक दल विशेष नभएको भन्दै समाजमा सकारात्मक क्रियाकलापबाट युवाहरुलाई प्रेरित गर्न र समाज रुपान्तरण गर्न सदाबहार तयार रहने बताउनुभयो ।
कर्णाली युवा संघ दैलेखद्धारा दुल्लु नगरपालिकाको विजया साहित्यिक पार्कमा राखिएको ५४ फिट अग्लो र २५ फिट ठुलो राष्ट्रिय झण्डाले समग्र दुल्लु क्षेत्रको अस्थित्वमा विकास भएको बुझिएको छ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण ३२, २०८१
दैलेखको दुल्लु नगरपालिकाले दुल्लु क्षेत्रका किसानहरुको सुन्तला खेति र धानखेतिमा रोग प्रकोपको महामारी देखिएपछि जिल्ला कृषि विकास कार्यालय दैलेखको सहयोगमा दुल्लु नगरपालिका द्धारा प्राविधिक सहितको टोलि परिचालन गर्दै आवश्यक औषधि र उपकरण समेत प्रदान गरिएको छ । धानखेतिमा गभारो र फेद कुहिने रोगका साथै सुन्तला खेतिलमा ढुसीजन्य रोगको महामारी फैलिएको र त्यसको समस्या समाधानको लागि जिल्ला कृषि विकास कार्यालय दैलेखद्धारा दुल्लु नगरपालिका कृषि विकास शाखाको पहलमा आवश्यक विषादी लगाएत उपकरणहरु आज दुल्लु नगरपालिकालाई प्रदान गरिएको छ । उक्त विषादि प्रयोग गर्दा सजकता अपनाउनुपर्ने भएकाले प्राविधिकको सल्लाह र रोहवरमा मात्र रोगग्रस्त क्षेत्रमा काम गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्राविधिक महेश कुमार विष्टको भनाई रहेको छ ।
खेतिबालीमा देखिएको रोग र महामारीको समयमै उपचार हुने र गरिएको मेहनेतको प्रतिफल प्राप्त हुनेमा किसानहरु आशावादी रहेका छन ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण ३२, २०८१
दैलेखको दुल्लु नगरपालिकाले दुल्लु तथा भैरवी क्षेत्रमा यतिबेला कफि खेतिको सम्भाव्यता अध्ययन सुरु गरेको छ । दुल्लु नगरपालिका क्षेत्र तथा भैरवी गाउँपालिका क्षेत्रको बाँझो जमिनलाई सदुपयोग गर्दै कफि खेति प्रवद्र्धनका लागि गुरुयोजनाका साथ कामको थालनी गरिएको छ । कर्णाली प्रदेश भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा भैरवी गाउँपालिका सँगको सहकार्यमा उक्त कार्यको थालनी गरिएको छ । करिब ५० हेक्टर जमिन ओगट्ने गरि दुल्लु र भैरवीका सम्बन्धित सरोकारवाला किसानहरुसँग आवश्यक छलफल गर्दै विधान र कार्यपत्र तयार गर्ने उद्धेश्यका साथ दुल्लु नगरपालिकामा किसानहरुको समिति समेत गठन गरिएको छ ।
कफि खेति प्रर्वद्धन र विस्तार गर्नका लागि यतिबेला कफि पकेट क्षेत्रको अवधारणा अगाडी सारिएको छ । जसका लागि राष्ट्रि चिया तथा कफि विस्तार बोर्डको अनुदानमा उक्त कार्य अगाडी बढाइएको दुल्लु नगरपालिका कृषि शाखा प्राविधिक प्रमुख राजन कुमार बिष्टले जानकारी गराउनुभयो । कफि खेतिको उल्लेख्य उपलव्धि भएपछि चिया खेतिको समे आवश्यक रणनिति अघि सारिने छलफलको क्रममा बताइएको छ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण ३१, २०८१
दैलेखको दुल्लुमा रहेको बालेश्वर मन्दिर जुन राजा जंगबहादुर राणाका पिताजि बालनरसिंह कुवँरको मन्दिरको रुपमा चिनिन्छ । प्यागोडा शैलिमा मासको पिठोबाट निर्माण गरिएको भनिने उक्त मन्दिर एक एतिहासिक, धार्मिक र पुरातात्वयिक सम्पदाको रुपमा स्थापित छ ।
जिल्लाकै एक महत्वपुर्ण तिर्थस्थलका रुपमा रहेको उक्त मन्दिरको सर्वागिंण विकासका लागि यतिबेला उक्त क्षेत्रमा “बालेश्वर दुल्लु श्रंगारिक महाआरति,धर्म जागरण महा महोत्सव २०८१” सञ्चालन गरिएको छ । पञ्चकोशी क्षेत्रको एक पवित्र तिर्थस्थलका रुपमा रहेको बालेश्वर क्षेत्र दिनप्रतिदिन जिर्ण हुदैँ गइरहेको साथै यतिबेला हिन्दु धर्मको संरक्षणको अभावमा मानिसहरुमा विचलन आएको सन्दर्भलाई मध्यनजरगर्दै दुवैको जगेर्नाको लागि धार्मिक महामोहत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त धार्मिक महामोहत्सवको आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उक्त बालेश्वर धार्मिक महामोहत्सव आयोजनाको अवसरमा वृहत कलसयात्राको सिर्जना समेत गरिएको छ । धार्मिक महामोहत्सवको उद्धघाटन गर्दै दुल्लु नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शुसिल कुमार भण्डारीले समाजमा बढदै गइरहेको विकृति र हराउदैँ गएको असल सस्कारको संरक्षण गर्नका लागि बालेश्वर महामोहत्सव फलदायि हुनेमा आशाबादी रहेको बताउनुभयो ।
आचार्य श्री नरेश नेपाल जि प्रमुख कथा वाचकको रुपमा रहनुभएको उक्त बालेश्वर धार्मिक महामोहत्सव आगामी भाद्र ५ गते सम्म सञ्चालन हुनेछ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण ३०, २०८१
कर्णाली प्रदेशको राजधानी सुर्खेत । राजधानि भएपनि पश्चिम सुर्खेतको अवस्था विकट कालिकोट ,मुगु, डोल्पा भन्दा फरक छैन । सबैभन्दा पश्चिम क्षेत्रमा अवस्थित छ चौकुने गाउँपालिका । नौ वटा स्थानिय तहभन्दा भिन्न र फरक भुवनोटमा सजिएको चौकुने जुन शुदुरपश्चिमको अछाम ,डोटि,कैलालि र दैलेखसँग सिमाना जोडिएको छ । पश्चिमबाट सेति नदि पुर्वबाट भेरी नदि र उत्तरबाट कर्णाली नदिको संगमस्थलमा अवस्थित चौकुने राज्यको नजरबाट समेत दुर छ । त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी , विद्युत ,सञ्चार जस्ता विकास पुर्वाधारले समेत छुन सकेको छैन ।
त्यसो त चौकुने गाउँपालिका क्षेत्र हटारुक्षेत्रको रुपमा परिचित छ । अछाम, कालिकोट लगाएत दैलेखको हटारु क्षेत्र जुन बर्दियाको राजापुरबाट महिनौ लगाएर नुन तेल कपडा लगाएत घरयसि सामान पिठ्युमा बोकेर लैजाने बाटोे क्षेत्रको रुपमा चिनिन्छ । समयको गतिसँगै भएको विकासले गाउँगाउँसम्म सडक र व्यापार पुगेपछि मात्र करिब तिसवर्ष यता उक्त क्षेत्र बिरानो हुँदै गएको हो ।
देश संघियतामा गएसँगै बनेको चौकुने गाउँपालिका क्षेत्र यतिबेला पनि चौकुने उहि पुरानै शैलिको धारबाट गुज्रिरहेको छ । जहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत विकास पुर्वाधारमा राज्यले समेत उपेक्षा गरेको चौकुने सामाजिक रुपमा समेत उत्तिकै पछाडी छ । चौकुने क्षेत्रमा वालविवाह, वहुविवाह, महिलाहिंसा , छाउपडि लगाएत विकृति विसंगतिले अहिले पनि जरा गाडेर बसेका छन् । जहाँको सामाजिक, आर्थिक, शैक्षिक स्थिति माथि उठाउनको लागि विभिन्न अभियानका साथ त्यस क्षेत्रमा पुग्ने संघसंस्थाहरु पनि कागजि कार्यक्रम र नाराका उपलव्धिका साथ फर्किए तर चौकुने क्षेत्रका नागरिकको अवस्था कहिल्यै फर्किन न त परिवर्तन नै भयो ।
यतिबेला समग्र चौकुनेको परिवर्तनका लागि सोसेक नेपाल लागि परेको छ । सोसेक नेपालले युनिसेफको आर्थिक सहयोगमा न्ष्चकि ःबततभच परियोजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत जनचेतनामुलक कार्यक्रममा चौकुने गाउँपालिकामा परिवर्तनको आभाष दिलाएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२८ श्रावण ,२०८१
अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकाको १ नम्बर वडा रहफ गाउँलाई पालिकाको कर्णाली भनेर चिनिन्छ । संघियतासँगै देशको व्यवस्था बदलिए पनि रहफबासीको जीवनशैली अझै पनि उस्तै छ । जीवनयापनका लागि मुग्लान बाहेक अर्को विकल्प छैन । यता बस्ति पारिको कर्णाली राजमार्गमा नियमित यातायातका साधन सञ्चालन भएपनि रहफबासीले त्यसको सदुपयोग गर्न पाएका छैनन् । कृषि, पशुपालनबाट जीवन धान्दै आएका रहफबासी भारत अथवा कालापहाडको भरमै छन् ।
जीवनयापन गर्ने अर्को उपाय नभएपछि रहफबासीका लागि कालापहाड र कर्णाली नदीको माछा नै जीवनयापनका लागि साहारा बनेको छ । तर माछा मार्नु त्यति सजिलो भने छैन । जोखिम मोलेर कर्णाली नदीमा काठको डुंगाको सहायताले माछा मारेर जीवन गुजार्न बाध्य छन् ।
डेढ महिना अघि कालापहाडबाट गाउँ फर्किएका तुर्माखाँद गाउँपालिका –१ का रहफका ४५ बर्षिय रमेशबहादुर शाही विहानको ३ बजे उठेर टर्चको सहारामा माछा मार्न कर्णाली नदी तिर झर्छन् भने नदिबाट दिउसो १२ बजे खाना खाएर साँझ अध्याँरो भएपछि मात्र घर फर्किन्छन । उनि माछा मारेर नजिकै रहेको दैलेखको दुल्लु नगरपालिका १ को डुगेश्वर बजारमा विक्री गरि बेलुका पख घर फर्किन्छन् । शाहीको यो नियमित कर्म नै हो । गाउँमा रोजगारीका अवसर नहुँदा शाहीले माछा विक्रीबाटै ५ जनाको परिवार पाल्दै आएका छन् । गाउँमा स्थानीय सरकार नागरिक प्रति उतरदायि नहुँदा कालापहाड र कर्णाली नदीमा जोखिम मोलेर माछा मार्नु पर्ने बाध्यता रहेको तुर्माखाँद –१ का शाहीले बताउनुभयो । उहाँले भन्नुभयो “एक त हामी दुर्गममा छौँ, गाउँपालिका पुग्न एक दिन पैदल लाग्छ , कि दैलेखको कर्णाली राजमार्ग भएर असारघाट पुगेर पालिकामा जानुपर्छ , उता पालिकामा के भयो हामीलाई जानकारी नै हुदैन ।”
रमेश जस्तै सोही गाउँका गणेशबहादुर शाहीको पनि दैनिकि माछा मारेरै वित्ने गर्छ । पैसा कमाउनका लागि एक महिना अघि भारतको बागेश्वर पुगे तर सधै त्यहाँ खणी खानीमा काम गर्ने शाही यो पाली खणी नभेटिएपछि घर फर्किए । २ छोरा बुढाबुढी सहित चार जनाको परिवार माछा मारेर पाल्दै आएको शाहीले जानकारी दिनुभयो ।
त्यसैगरि १६ बर्षिय प्रकाश खड्का गाउँमा रोजगारी नहुँदा भारत लागे । तर भारतमा भने जस्तो रोजगारी नपाउँदा गाउँ फर्किएर कर्णाली नदीमा माछा मारेर विक्री गरि परिवार पाल्दै आएका छन् । गाउँमा आएको सिहदरबारले रोजगारी नदिएर कालापहाड र खाडी मुलुक जानुपर्ने बाध्यता भएको खडकाको भनाई छ । गाउँका सिंहदबारले रोजगारीका अवसर नदिदा अधिकाँश सुदुर र कर्णाली प्रदेशका नागरिकहरु भारतकै भरमा जीवन यापन गरिरहेका छन् ।
गाउँमै आएको सिंहदरबारले गाउँमा कति जना बेरोजगार छन कति जना भारतमा मजदुरी गर्न गएका छन् कनै तथ्यांक समेत छैन । कतिपय पुरुष गाउँमा नहुँदा गाउँ पुरुष विहिन बनेको छ । गाउँमै केही गर्नुपर्छ भन्ने युवा विदेश पलायनले गाउँको दिगो विकासमा समेत असर गरेको छ । सुदुर र कर्णाली प्रदेशका विदेशीने पुरुषहरुलाई गाउँमै रोजगारी दिई सिहदबार आएको अनुभुति दिलाउन सकेमात्र संघियताले सार्थकका पाउने देखिन्छ ।