
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१९ जेठ,२०८२
विकासको मेरुदण्डको रुपमा सडकलाई लिइन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी,विद्युत लगाएत अन्य विकासका पुर्वाधार निर्माणका लागि सडक नै मुख्य हो । सडक बिना ति संरचनाहरु निर्माण असंभव छन ।
नेपालका ७ प्रदेशहरुभा सबैभन्दा विकट कर्णाली र कर्णालीका १० वटा जिल्लाहरु मध्ये डोल्पा जिल्ला भौगोलिक रुपमा सबैभन्दा विकट छ । भुगोलका हिसावले नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाका सबै स्थानिय तहहरुमा अहिले पनि सडक पुग्न सकिरहेको छैन । सुर्खेत डोल्पा भेरी करिडोरको जाजरकोट तल्लुबगर सम्म सडक केहि सहज भएपनि डोल्पा सदरमुकाम दुनै पुग्नका लागि सामान्य सडक छ जसको निर्माणको काम कछुवाको गतिमा भइरहेको छ । त्यसो त कुनै दिन डोल्पालाई सडकले छोयो अनि आज डोल्पा सदरमुकाममा सडक पुग्यो र गाडी पुगेको समाचार सुन्दा खुशी हुने मन आज उक्त सडकको गतिसँगै भइरहेको विकासलाई सामान्य रुपमा लिन सकिन्छ ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपाकिला जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये फरक पहिचान बोकेको पालिका हो । विकास निर्माण र शुसासनको क्षेत्रमा आफ्नो भिन्न परिचय बनाएको त्रिपुरासुन्दरी नगरपालिकाको ११ वटा वडाका ३९ वटा गाउँहरु यतिबेला सडकसञ्जालसँग जोडिएका छन । घोडा र खच्चरमा दैनिक उपभोग्य बस्तुहरुका साथै विकास निर्माणका सामाग्रीहरु बोकेर जिविका चल्दै आएको त्रिपुरासुन्दरीको सबै वडाहरुमा सडक बिस्तारसँगै सदाबहार रुपमा बोलेरो गाडिमै भएपनि यात्रा गर्न सकिने भिन्न पहिचान अनि विकासको नमुना हो । विद्युत, खानेपानी , शिक्षा को पहुँच सँगै सडक सञ्जालको विकासबाट त्रिपुरासुन्दरी क्षेत्रका उत्पादनहरु जस्तै ओखर, स्याउ र अन्य बस्तुहरु निर्यात गर्न सहज मात्र भएकमो छैन सडक सञ्जालले त्रिपुरासुन्दरीका रुम, रसि,छल, जिँउ, चुँ र सुँ जस्ता विकट गाउँहरु पनि सुगम लाग्न थालेका छन । गाउँ पुग्ने खोलाहरुम कल्भट, पुल निर्माण देखी सडक विस्तारको श्रेय डोल्पाबाट केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिहिरुलाई समेत जाने गरेको त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवी घर्तिको भनाई रहेको छ ।
त्यसो त डोल्पा मात्र नभएर देशका अन्य सुगमक्षेत्रका स्थानिय तहहमरुले संघियताको ८ वर्षसम्म १ मिटर कालोपत्रे सडक बनाउन नसकेको परिवेसमा समेत त्रिपुरासुन्दरी नगरपालिकाले नगरपालिका केन्द्र त्रिपुराकोट बगर क्षेत्र लगाएत त्रिपुरामन्दिर क्षेत्रमा कालोपत्रे सडकको निर्माण गर्दै चुनौतिको विषय पार गरेको छ । जसले गर्दा त्रिपुरासुन्दरी नाम जस्तै कामले अगाडी बढिरहेको प्रष्ट हुन्छ । नगरपालिकाको ३९ वटा गाउँमध्य ३७ वटा गाउँमा सडक पुगिसकेको र २ वटा गाउँमा यतिबेला सडक बिस्तार गर्दै नगरपालिकालाई एकिकृत सडक बिस्तार कार्यक्रमबाट अघि बढिरहेको नगरप्रमुख जनचन्द्र रोकायको भनाई रहेको छ ।
यसरी भौगोलिक विकटतासँगै त्रिपुरासुन्दरी नगरपालिकाले सडक निर्माण ,विस्तार र स्तरोन्नतिमा देखाएको चासोले भोलिका दिनमा त्रिपुरासुन्दरीको अन्य विकास निर्माणलाई समेत सहज बनाइदिएको छ । जसको सिको र पाठ डोल्पाका अन्य पालिकाहरुले समेत गर्नुपर्ने देखिन्छ ।
दैलेख, जेष्ठ १९, २०८२
दिपेन्द्र कार्की बस्ताकोटी
दैलेखको भगवतीमाई गाउँपालिकाको दोस्रो नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित दोस्रो नमूना युवा गाउँ सभा अभ्यास कार्यक्रम जेष्ठ १४ र १५ गते सफलता साथ सम्पन्न भएको हो। उक्त कार्यक्रमको आयोजना भगवतीमाई गाउँपालिका गाउँ युवा परिषद्ले गरेको हो, भने समन्वयमा गाउँपालिका स्तरीय युवा क्लब सञ्जाल र राष्ट्रिय युवा परिषद रहेका थिए। साथै, युवालय र अक्सफाम इन नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका भित्रका युवाहरूलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष सहभागी गराउँदै व्यवहारिक ज्ञान प्रदान गर्नु, नीतिनिर्माण प्रक्रियामा उनीहरूको आवाज बुलन्द गराउनु, र लोकतान्त्रिक अभ्यासप्रति उनीहरूमा अनुभव तथा समझदारी अभिवृद्धि गर्नु कार्यक्रमको उदेश्य रहेको थियो।
कार्यक्रमको अवसरमा अभ्यास सत्रमा सहभागी युवाहरूले रु.३९ करोडको बजेटसहित नमूना गाउँसभा अभ्यास डेमो प्रस्तुत गरेका थिए। अभ्यास अन्तर्गत श्री मोहन खड्का अध्यक्ष र निरुता सोनी उपाध्यक्ष पदमा सर्वसम्मत चयन भए। त्यस्तै, ७ वटै वडाबाट प्रतिनिधित्व गर्दै वडा अध्यक्ष तथा अन्य गाउँसभा सदस्यहरूको भूमिकामा युवाहरूले सक्रियतापूर्वक सहभागिता जनाए।
कार्यक्रमको उद्घाटन सत्रको सभाध्यक्षता भगवतीमाई गाउँपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री राजेन्द्र अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष श्री गणेश बहादुर थापा रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री नारायणजंग पाण्डे, वडा नं. ४ का अध्यक्ष श्री देवलोक अधिकारी, प्रशिक्षक श्री प्रकाश खड्का, शिक्षा शाखा प्रमुख श्री मानबहादुर विश्वकर्मा, सामाजिक शाखा प्रमुख श्री विकास जिसी,वडा सदस्य श्री नरेन्द्र ओली, कर्मचारी प्रेम बहादुर खड्का, शिक्षक प्रेमप्रसाद दाहाल, प्रभु बैंकका प्रमुख श्री जनक थापा, पालिका कर्मचारी मनोज थापा, युवा छायाँ सरकारका वडा नं। ६ का अध्यक्ष श्री रबिन्द्र नेपाली, सात वटै वडा स्तरीय युवा क्लब र पालिका स्तरीय युवा छायाँ सरकार बाट प्रतिनिधित्व गर्दै कुल २६ जना युवा कार्यक्रममा सहभागी भएका थिए। उनीहरूको जोश, सक्रियता र सशक्त प्रस्तुतिले कार्यक्रमलाई समावेशी, प्रेरणादायी र फलदायी बनाएको थियो।
कार्यक्रम सञ्चालनको जिम्मेवारी युवा क्लब सञ्जालका सदस्य श्री भूपेन्द्र रेग्मीले लिनुभएको थियो। उहाँले सम्पूर्ण सत्रहरूलाई मर्यादित, आकर्षक र प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उक्त कार्यक्रमका साझेदारहरू,भगवतीमाई गाउँ युवा परिषद्, भगवतीमाई गाउँपालिका स्तरीय युवा क्लब सञ्जाल रहेका थिए ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१७ जेठ,२०८२
दैलेखको दुल्लु नगरपालिका वडा नं. १ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
दुल्लु नगरपालिका वडा नं.१ को वडा कार्यालय नाउलेकटुवाल स्थित वडा परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव लोक बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीले वडा कार्यालयबाट प्रवाह गरिएका सेवाहरुको सकारात्मक सुधारसँगै आवश्यक विकासनिर्माणको सन्दर्भमा राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण वडाध्यक्ष तर्क बहादुर खड्काले गर्नुभएको थियो ।
दुल्लु १ मा बेबारिसे विद्युतलाईनले जनजिवन प्रभावित….
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१७ जेठ,२०८२
हरेक क्षेत्रको विकास निर्माणले त्यस क्षेत्रका नागरिकहरुलाई सुविधा प्रदान गरिरहेको हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत लगाएत विकासका विभिन्न पुर्वाधारहरु आवश्यकता र त्यस क्षेत्रको मागका आधारमा राज्य स्तरबाट सरकारले निर्माण गरिरहेको हुन्छ । ति संरचना र विकास निर्माण दीर्घकालिन र प्रत्यक्ष सेवाप्रदायकहरुका लागि लाभ अनि राहत मिल्ने गरि निर्माण गरिनु अति आवश्यक हुन्छ । आवश्यकता अनुसार निर्माण नभएका कतिपय विकास निर्माणले सेवाप्रदायकलाई नै वाधा समेत पुग्ने गरेको हुन्छ ।
त्यसतै विकास निर्माणको एक नमुना हो दैलेखको दुल्लु नगरपालिका वडा नं. १ मा विस्तार गरिएको विद्युत लाइन । २०७५÷७६ बाट बिस्तार संगै सञ्चालनमा आएको उक्त विद्युत लाइनबाट यतिबेलासम्म पनि सेवाग्राहीहरुलाई हैरानी खेप्नु परिरहेको छ । दुल्लु नगरपालिकाको बाक्लो बस्ति भएको उक्त वडाका करिब ४५० घरधुरीहरु, वडा कार्यालय, विद्यालय क्षेत्रमा विद्युतलाइनको लागि सामान्य एक ट्रान्सफर्मर जडान गरिएको छ । जसबाट जुनकिरीको जस्तै उज्यालो बाल्नुपर्ने वाध्यता छ भने सामान्यरुपमा मोवाइल समेत चार्ज गर्न हम्यहम्य हुने गरेको तथ्य यतिबेला पनि ज्युँदै छ । यति मात्र होइन उक्त विद्युतको लाइन उचित तरिकाले बिस्तार गरिएको छैन । तारहरु भुईछुने गरेर स्थानियको बारी र बाटोमा छरपस्ट पारिएको छ , जसले कुनैदिन आकस्मिक घटना घट्ने डरमा स्थानियबासी रहेका छन ।
अर्को तर्फ पुरै वडाक्षेत्रको विद्युत लाइन वितरणका लागि राखिएको ५ केविको ट्रान्सफर्मरले वडाक्षेत्रका नागरिकहरुको घरको सामान्य बत्ति बाल्न, मोवाइल चार्जमा समेत समस्या भइरहेको मात्र छैन वडा कार्यालयका उपकणहरु समेत चल्न नसक्दा सेवाग्राहीहरुलाई वडाबाट दिइने सेवाहरु समेत प्रभावित बन्न पुगेका छन ।
उक्त समस्या समाधानका लागि वडास्तरबाट नगरपालिका हुदैँ जिल्ला विद्युत कार्यालयसँग माग गर्दा पनि यतिबेला सम्म समस्याको समाधान हुन सकिरहेको छैन । विद्युतको लाईन मर्मतका लागि कर्मचारीहरु आउने र सामान्य मर्मत पश्चात फर्किने गरेको भएपनि समस्याको दीर्घकालिन समाधान हुन नसक्दा हैरानी खेप्नु परिरहेको दुल्लु नगरपालिका वडा नं. १ का वडाध्यक्ष तर्क बहादुर खड्काको भनाई रहेको छ ।
यसरी जनताको लागि करोडौँको लगानीमा सञ्चालित उक्त विद्युत लाइनबाट सेवाग्राहीहरुले राहत महशुस गर्नुको साटो हैरानी खेप्नु एकातिर विद्यमान छ भने अर्कोतिर माकुराको जालो जस्तै भुँईभरी छरिएर रहेको तारबाट कहिले कस्को ज्यान जानेहो भन्नेमा ठुलो चिन्ता रहेको छ । यस तर्फ जिल्ला विद्युत कार्यालय दैलेखको समयमै ध्यान जानु आवश्यक छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१५ जेठ,२०८२
जेठ १५ गणतन्त्र दिवस अथवा नेपालमा गणतन्त्र आएको दिन । नेपालमा विभिन्न कार्यक्रमहरुका साथ उक्त दिवस मनाउदै गर्दा दैलेखको महाबु गाउँपालिका वडा नं. ५ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षकोा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
महाबुँ गाउँपालिकाको वडा नं. ५ स्थित कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विविध विषय गरिएका प्रगति प्रतिवेदन वडाध्यक्ष तथा प्रमुख जवाफदेही वक्ता दिप बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीले वडा कार्यालयबाट प्रवाह गरिएका सेवाहरुको सकारात्मक सुधारसँगै आवश्यक विकासनिर्माणको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका छन ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१५ जेठ,२०८२
कर्णाली प्रदेशको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका द्धारा यतिबेला अन्तिम चरणको योजना अनुगमन लाई तिब्रताकासाथ अघि बढाइएको छ । आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिका द्धारा बिनियोजन बजेटबाट सञ्चालन गरिएका विभिन्न विकास योजनाहरुको अनुगमनलाई कडाईका साथ सञ्चालन गरिएको छ । शिक्षा, स्वास्थ्य, सडक, कृषि ,विद्युत लगाएत भौतिक पुर्वाधारका संरचनाहरुलाई गुणस्तरिय बनाउदै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन योजना अनुगमन गरिदै आएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न क्षेत्रबाट सञ्चालित योजनाहरुको प्राविधिक सहितको अनुगमनले योजनाहरु दिर्घकालिन निर्माणका साथै तोकिएको मापदण्डमा आधारित बनाउनका लागि विभिन्न चरणमा अुनगमन भइरहेको उपप्रमुख देबी घर्तीले बताउनुभयो ।
नगरपालिकाले यस आर्थिक वर्षमा सञ्चालन भई सम्पन्न योजनाहरुको भुक्तानीको क्रमलाई समेत छिटोछरितो पार्दै आइरहेको छ । नगरपालिकाले यतिबेला सम्म पुँजीगत बजेटतर्फ ४५ प्रतिशत खर्च भएको सन्दर्भ उठान गर्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले सम्पन्न योजनाको अनुगमन पश्चात प्राविधिक सहितको मुल्यांकनको रिपोर्टको आधारमा भुक्तानी समेत भइरहेको बताउनुभयो ।
त्रिपुरासन्दरी नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्दै समयमै योजना सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित निकायसँगको सहकार्यलाई समेत अघि बढाएको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१५ जेठ,२०८२
दैलेखको महाबु गाउँपालिका वडा नं. ५ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षकोा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
महाबुँ गाउँपालिकाको वडा नं. ५ स्थित कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विविध विषय गरिएका प्रगति प्रतिवेदन वडाध्यक्ष तथा प्रमुख जवाफदेही वक्ता दिप बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीले वडा कार्यालयबाट प्रवाह गरिएका सेवाहरुको सकारात्मक सुधारसँगै आवश्यक विकासनिर्माणको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका छन । उक्त कार्यक्रमको सहजिकरण बस्ताकोटी मिडिया प्राली दुल्लुले गरेको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१३ जेठ,२०८२
कर्णाली प्रदेशको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका जिल्लाका अन्य ८ वटा पालिकाहरु मध्ये फरक पहिचान र भुबनोट भएको एक स्थानि तह हो । ११ वटा वडाहरु रहेको त्रिपुरासुन्दरी विकास निर्माण र सुसासनको क्षेत्रमा अन्य पालिकाहरु भन्दा धेरै अगाडी रहेको छ । त्रिपुरासुन्दरी देविको नामबाट नामाकरण गरिएको नगरपाकिले विगत देखी स्थानिय बासीको माग र आवश्यकताको आधारमा निति कार्यक्रम र बजेट निर्माण गर्दै आइरहेको छ ।
त्रिपुरासुन्दरी नगरपालिकाले विगत जस्तै यतिबेला आर्थिक वर्ष २०८२÷८३ का लागि भौतिक पुर्वाधार र कृर्षिमा आधारित बजेटमाथी निति कार्यक्रमको तयारीमा रहेको बताएको छ । गाउँ बस्ति र टोलबाट प्राथमिकिकरण गर्दै स्थानियबासीहरुको मागको आधारमा यतिबेलाको योजनाहरु तय गर्ने र जसमा भौतिक पुर्वाधारतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी , सडक लगाएत विशेष गरेर कृषिमा आधारित कार्यक्रमलाई अघि सारेको नगरप्रमुख जनचन्द्र रोकायले बताउनुभयो ।
आर्थिक वर्ष २०८२÷८३ का लागि निति कार्यक्रम र बजेट निर्माणको तयारीको सन्दर्भमा बोल्दै त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर थापाले यतिबेला नगरपालिकाले वडा र बस्ति स्तरबाट स्थानियबासीको माग र भेलाको आधारमा योजनाहरु प्राथमिकिरण गर्दै नगरबासीको जनजिबिकाको योजनाहरुलाई अगाडी बढाउने लक्ष्यका साथ नगरपालिकाले निति तथा कार्यक्रमको तयारी गरेको बताउनुभयो ।
नगरपालिका सम्पुर्ण जनप्रतिनिधिहरुको सहकार्य र हातेमालोबाट हरेक निर्णयलाई सार्थक बनाउदै अगाडी बढिरहेको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१३ जेठ,२०८२
कर्णाली प्रदेशको डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले भौगोलिक विकटताका कारण समग्र जिल्लाको सेवाप्रवाह र सुरक्षामा चुनौति रहेको बताउनुभएको छ । प्रजिअ महतले टिभि टुडे टेलिभिजनसँगको कुराकानीमा नेपालकै ठुलो क्षेत्रफल भएको र सबैभन्दा विकट जिल्लाको रुपमा रहेको डोल्पाका विभिन्न ८ वटा स्थानिय तहहरुमा सुरक्षामा चुनौति संगै सेवाप्रवाह सामान्य रहेको बताउनुभएको छ । यतिबेला समग्र डोल्पा जिल्लाका अग्ला पाटनक्षेत्रमा यार्सा संकलनको समय भएकाले यतिबेला बढि सुरक्षा चुनौति थपिने गरेको समेत बताउनुभयो । यार्सा संकलनको क्रममा भौगोलिक विषयलाई लिएर झडप समेत हुने गरेको सन्दर्भ उठान गर्दै प्रजिअ महतले नेपाली सेना र शसस्त्र प्रहरी समेत परिचालन गर्नुपरेको बताउनुभयो ।
कुराकानीको क्रममा प्रजिअ दाहालले यतिबेला डोल्पा जिल्ला २ भागमा रहेको र मौलिक परम्परालाई लिएर आफ्नै नियम कानुन समेत रहेकोमा प्रहरी प्रशासन भन्दा सामाजिक मुल्य मान्यतालाई अगाँल्ने गरेको समेत बताउनुभयो । उहाँले सडक सञ्जाल सहज नभएका कारण नागरिकहरु जटिल बिरामी हुँदा हेलिकप्टर मार्फत उद्धार गर्न समेत महंगो र चुनौतिको विषय रहेको समेत बताउनुभयो ।
माथिल्लो डोल्पा र तल्लो डोल्पा भनेर मुख्य २ भागमा रहेको डोल्पा जिल्ला उत्तर चिनसँग सिमाना जोडिएको जिल्ला समेत भएको सन्दर्भमा माथिल्लो डोल्पाका केहि स्थानिय तहहरुको समग्र सेवाप्रवाह समेत सदरमुकाम दुनै केन्द्रित हुने गर्दछ ।
दिपेन्द्र कार्की बस्तकोटी, दैलेख
१३ जेठ ,२०८२
दैलेखको दुल्लुनगरपालिका भित्रका सबै घरधुरीको बीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको ‘घर बीमा कार्यक्रम’ अन्तर्गत नेको इन्स्योरेन्स लिमिटेडमार्फत बीमा प्रक्रिया अगाडि बढाइएको हो।
प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले आगलागी, बाढीपहिरो, भूकम्प लगायतका प्राकृति जोखिमका लागि बीमा सुरक्षा प्रदान गर्नेछ। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि तयार गरी प्राविधिक सहयोग सहितको लागि पत्राचार गरेको थियो। ति मध्ये हालसम्म २३ वटा स्थानीय तहले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन । जस मध्ये दुल्लु नगरपालिकाले पनि उक्त कार्यक्रममा सहभागी भई सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको हो।
आइतवार नगरपालिकाको कार्यालय दुल्लुमा आयोजित घर बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकारको बजेटको प्रभावकारी उपयोग गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक भएको भन्दै नेको इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माले बीमाको महत्व, जोखिम वहन प्रक्रिया, क्षति भएमा कसरी दाबी गर्ने र बीमा गर्न आवश्यक पर्ने कागजातबारे विस्तृत जानकारी गराउनुभएको थियो।
छलफल कार्यक्रममा नगरका नगर प्रमुख भरत प्रसाद रिजाल, प्रमुख प्रशासकिय अधिकृत तिलक वि.क., वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा बीमा कम्पनीका तर्फबाट नेको इन्सुरेन्स लि कर्णाली प्रदेश प्रमुख रमेश राज शर्मा र दैलेख उप(शाखा ईन्चार्ज सौरब चन्दको उपस्थिति रहेको थियो ।