२०८२ असार २२ आईतवार
२०८२ असार २२ आईतवार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
८ जेठ,२०८२

कर्णाली प्रदेशको सबैभन्दा ठुलो तथा विकट जिल्लाको रुपमा अवस्थित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पालिकास्तरबाट राष्ट्रिय पत्रिचयपत्र वितरण सुरु गरेको छ । जनसंख्याको हिसाबले जिल्लाकै ठुलो पालिका त्रिपुरासुन्दरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय डोल्पासँगको सहकार्यमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका भित्रका विकट बस्तिका नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सदरमुकाम दुनै पुगेर हप्तौ पर्खिनुपर्ने साथै धेरै खर्च समेत व्यवहोर्नु पर्ने वाध्यताका बिच नगरपालिकाले उक्त सेवा पालिकास्तरबाटै प्रदान गरेको हो । कार्यक्रमको सन्दर्भमा कुराकानी गर्दै त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायले नेपाल सरकारको निति अनुसार यतिबेला हरेक कामका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यलाई महसुस गर्दै नगरबासीको आवश्यकतालाई मध्यनजर गर्दै कामको थालनी गरेको बताउनुभयो ।

यतिबेला त्रिपुरासुन्दरी नगरपालिकाले पालिका स्तरबाट सञ्चालन गरेको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको स्थानियबासीले खुलेरै प्रसंसा गरेका छन भने अन्य पालिकाहरुका लागि समेत चुनौतिको विषय बन्न पुगेको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
८ जेठ २०८२

दैलेखको भैरवी गाउँपालिकाले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई आज स्टेचर वितरण गरिएको छ । स्वास्थ्य संस्थाहरुमा स्टेचरको अभावमा विरामीहरुलाई ओसारपसार गर्न गाह्रो हुनेगरेको अवस्थालाई मध्यनजर गर्दै आज वडा नं. १ देखी ७ सम्मका सबै स्वास्थ्य संस्थाहरुलाई स्टेचर वितरण गरिएको हो । जस अन्तरगत हरेक स्वास्थ्य संस्थालाई ५ वटा र वडा नंं ३ को स्वास्थ्य संस्थालाई १० वटा गरेर ४० वटा स्टेचर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले जानकारी गराउनुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
६ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित २ दिने खानेपानी सुचारुपना सम्मेलन सम्पन्न भएको छ । “दिगोपनाका लागि जवाफदेहिता,सुचारुपनाको लागि साझेदारी” भन्ने मुल नारा तय गर्दै खानेपानी तथा सरसफाई योजनाका सरोकारवालाहरुको जवाफदेहिताको लागी उक्त सुचारुपना सम्मेलन सञ्चालन गरिएको हो । दुल्लु नगरपालिकाको १३ वटै वडाभित्रका विभिन्न खानेपानी योजनाका सञ्चालक प्रतिनिधिहरु सहित वडाका जनप्रतिनिधिहरु र खानेपानी योजनाका सरोकारवालाहरुको सहभागितामा वृहत सम्मेलन सम्पन्न भएको हो ।
सोसेक नेपालको सहजिकरणमा हेल्भेटास नेपालको आर्थिक र प्राविधिक सहयोगमा दुल्लु नगरपालिका र दुल्लु खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा सञ्चालित उक्त सम्मेलनले वृहत दुल्लु खानेपानी गुरुयोजना तथा रणनिति समेत प्रस्तुत गरिएको छ । दुल्लु नगरपालिका भित्र यतिबेला करिब ६५ वटा खानेपानी योजनाहरु सञ्चालित छन भने ति योजनाहरुभित्र करिब २८०० उपभोक्ताहरु लाभान्वित रहेका छन ।
दुल्लु नगरपालिकाको खानेपानी व्यवस्थापनको जिम्मा लिएको दुल्लु खानेपानी व्यवस्थापन बोर्ड मार्फत सम्पुर्ण खानेपानी क्षेत्रको बिस्तार लगाएत मर्मत र व्यवस्थापन भईरहेको सन्दर्भमा उपभोक्ताहरुलाई थप जिम्मेवार बनाउदै नयाँ योजनाहरु निर्माण भन्दा विगतमा सञ्चालित योजनाहरुलाई नियमित सुचारुपनाको लागि उक्त सम्मेलन फलदायि भएको दुल्लु नगरपालिकाले जनाएको छ । सम्मेलनको अवसरमा खानेपानी योजनाहरुको सन्दर्भमा सवालजवाफ,प्रश्नोत्तर लगाएत प्यानल छलफल समेत गरिएको छ भने वडागत रुपमा खानेपानी योजनाहरुको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।
उक्त खानेपानी सुचारुपना सम्मेलनको प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश खानेपानी उर्जा तथा जलश्रोत मन्त्रि माननिय विजया बुढा रहनुभएको थियो । सम्मेलनको अवसरमा बोल्दै मन्त्री बुढाले समग्र कर्णाली प्रदेश सरकारले हरेक नागरिकहरुको घरघरमा खानेपानी पुगाउने उद्धेश्य र लक्ष्यका साथ एकघर एक धाराको अभियान सञ्चालन गरेको भएपनि तिन तहका सरकारको एकअर्काप्रति सहमति र सहकार्य हुन नसक्दा खानेपानी क्षेत्रका समस्या समाधान गर्न चुनौतिको विषय बनेको बताउनुभयो ।

सम्मेलनको समापनको अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले दुल्लु क्षेत्र विगत देखी नै खानेपानी समस्या रहेको क्षेत्रको रुपमा रहेको सन्दर्भ उठान गर्दै नगरपालिका स्तरमा धेरै योजनाहरु निर्माण गरिएको भएपनि दीर्घकालिन हुन नसकेको सन्दर्भमा दुल्लु क्षेत्रको खानेपानी योजनाहरुको सुचारुपनाको लागी गरिएको सम्मेलन फलदायि भएको बताउनुभयो ।

यतिबेला दुल्लु नगरपालिकाको खानेपानी योजनाभित्रका उपभोक्ताहरुको समस्या समाधानकालागी जानकारी तथा गुनासो सुनुवाईका लागि त्तच् सहितको हेल्लो धारा अभियान समेत सञ्चालनमा । खानेपानी योजनाहरुको दीर्घकालिन सञ्चालनको लागि गरिएको उक्त सुचारुपना सम्मेलनको अबसरमा नियमित खानेपानी सञ्चालन गर्ने उत्कृष्ट योजनाहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै ७ बुँदे दुल्लु खानेपानी घोषणापत्र समेत जारी गरिएको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
जेठ ४, २०८२

दैलेखको नारायण नगरपालिका वडा नं. १ र २ का गर्भवति महिलाहरुसँग आज “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम यस अघिको अन्य वडाहरुमा सञ्चालित उक्त कार्यक्रमको निरन्तर कार्यक्रमको रुपमा रहेको छ ।
जिल्लाको सदरमुकाममा अवस्थित नारायण नगरपालिकामा महिलाहरुको स्वास्थ्यसँग प्रत्यक्ष सरोकारको विषयसँग सम्बन्धित उक्त कार्यक्रम यतिबेला लोकप्रिय हुँदै गइरहेको छ । नगरपालिका भित्रका ११ वटै वडाका हरेक गर्भवति महिलाहरुसँग नगरउपप्रमुखद्धारा स्वास्थ्यकर्मीहरु सहित भेटघाट गर्दै उनिहरुको व्यक्तीगत तथा पारिवारिक स्वास्थ्यको जानकारी लिदैँ गर्भवति महिलाहरुलाई स्वास्थ्य सामाग्री समेत प्रदान गर्ने कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।
नारायण नगरपालिकामा यतिबेला करिब २५० भन्दा बढि महिलाहरु गर्भवति रहेको र उनिहरुले जन्माउने बच्चा स्वस्थ हुुनुका साथै आमाको स्वास्थ्य समेत स्वस्थ हुदैँ मातृ शिशु मृत्युदरमा कमी ल्याउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उक्त “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” एक कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख तप्ता कुमारी थापाले आफु पनि महिला भएको गर्भवति आमा दिदीबहिनीहरुको पिँडाको महसुस आफुले भोगेको भन्दै दुःखको बेलामा स्थानिय सरकारको अनुभुतिका साथै उनिहरुको स्वास्थ्य अवस्थाको सन्दर्भ बुभ्mनका लागि समेत कार्यक्रमलाई निरन्तरता दिएको स्पस्ट पार्नुभयो ।

उक्त कार्यक्रमको अवसरमा बोल्दै नारायण नगरपालिका नगरप्रमुख लोमन सर्माले स्वस्थ बच्चा जन्माउन हरेक आमाहरुको भुमिका हुने भन्दै भोलिको नगरका कर्मठ नागरिक बच्चाहरु हुने भएकाले स्वस्थ बच्चाको जन्ममा सरकारको समेत जिम्मेवारी हुनेमा जोड दिनुभयो ा

नगरपालिकाले गर्भवति आमाहरुको स्वास्थ्य परिक्षणको लागि नगरपालिकाको हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गरेको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ जेठ २०८२

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका लागि आफु प्रधानमन्त्रि भएको समयमा विशेष प्याकेजको व्यवस्थापन गरेको बताउनुभएको छ । मध्यपहाडी जनजागरण अभियानको क्रममा दैलेख पुग्नुभएको सन्दर्भमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले वर्तमान सरकार जनताको राहुकेतुको रुपमा रहेको बताउदै प्रचण्डले कर्णाली त्यसमा पनि दैलेखको इतिहास कसैले विर्सिन नहुने भन्दै यतिबेला पुनः जनताले ६४को जस्तै ८४मा अभिमत प्रदान गर्ने दाबि समेत गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्गको सपना आफुले देखेको तथा दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको काम समेत आफ्नै पालामा थालनी गरिएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा सरकारकोा नेतृत्व गर्ने अवसर आएमा समग्र कर्णाली र दैलेखको विकासको लागि आफु सदैव तयार रहेको समेत प्रचण्डको भनाई रहेको थियो ।
उहाँको दैलेख संवोधनको पुर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।  https://youtu.be/zIwuXO1XgqA

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ जेठ,२०८२

दैलेखको भैरवी गाउँपालिकामा वाल संरक्षण ,लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण, वाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पछिल्लो समयमा वालवालिकाकाको क्षेत्रमा बढ्दै गईरहेको वालहिंसा, हत्या, बलात्कार लगाएत विविध समस्या समाधानका लागि वाल संरक्षण,लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण गर्दै सरोकारवालाहरुको जिम्मेवारी वोध गराउने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको भैरवी गाउँपालिका महिला विकास शाखाले जनाएको छ ।
युनिसेफ नेपालको शसक्त महिला संवृद्ध नेपाल कार्यक्रमद्धारा सहिजकरण गरिएको उक्त तालिममा भैरवी गाउँपालिका स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्थानिय वाल संरक्षण समिति, किशोरी तथा वालवालिका क्लबका पदाधिकारीहरु, महिला शाखाका कर्मचारीहरु लगाएत स्थानिय प्रहरीको सहभागिता रहेको उक्त तालिम फलदायी भएको सहभागिहरुले बताएका छन । तालिम समापनको अवसरमा बोल्दै भैरवी गाउँपालिका दैलेखका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देवी भण्डारीले महिला तथा वालवालिकाको क्षेत्रमा थुप्रै कामहरु भएको भन्दै वालवालिकाको क्षेत्रमा भएका कामहरु र नियम कानुका सन्दर्भमा गरिने गोष्ठिहरुले थप बल पुगेकोमा जोड दिनुभयो ।

 

दिपेन्द्र कार्की बस्ताकोटी दैलेख

यतिबेला आगामी आर्थीक वर्ष २०८२÷८३ का लागि योजना छनौट सम्बन्धि टोल भेलाहरु भईरहेका छन । विगतको योजना छनौट भन्दा भिन्न तरिकाले योजनाहरु छनौट गर्दै स्थानिय विकासको अवधारणा लगाएत आवश्यकताका आधारमा योजनाहरु निर्धारण गर्दै योजना वैँक स्थापना पश्चात आवश्यकताका आधारमा योजना लाई परिपुर्ति गर्ने उद्धेश्यका साथ भेलाबाट योजनाहरु छनौट प्रक्रिया सञ्चालन गरिएको छ । सो अनुरुप दैलेखको दुल्लु नगरपालिका वडा नं. १० का विभिन्न टोलहरुमा समेत योजना छनौटको प्रक्रियालाई अघि बढाइएको छ । वडाको छुँवाला बस्तिमा गरिएको भेलामा स्थानियबासीहरुको उल्लेख्य उपस्थितिमा योजना छनौट गरिएको छ । सेवक दैलेखका प्रमुख महारुप खत्रीको उपस्थितिमा गरिएको योजना छनौट टोलभेलामा शिक्षा स्वास्थ्य खानेपानी विद्युत लगाएत सडकका योजनाहरुको माग अघि सारिएको छ । भेलामा सहभागिहरुलाई योजना छनौट र त्यसको प्रक्रियाको बारेमा बोल्दै महारुप खत्रीले विगतको भन्दा फरक शैलिमा अघि बढ्ने योजना छनौट र त्यसको प्राथमिकताामा परेका कुनैपनि योजनाहरु खेर नजाने भन्दै आवश्यकताका आधारमा क्रमिकरुपमा ति योजनाहरु सम्पन्न हुने भएकाले बिना संकोच र विवादरहित तरिकाले योजनाहरु छनौट र टिपोट गर्न अनुरोध गर्नुभयो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
जेठ १, २०८२

दैलेखको दुल्लु नगरपालिका ८ मा “लैंगिक समानताका लागि सामाजिक जवाफदेहिता” सम्बन्धी ३ दिने क्षमता अभिवृद्धी तालिम आजबाट सञ्चालन गरिएको छ । लैगिंक समानताका लागि निर्णय लिने तथा जवाफदेहिता र पारदर्शिताको माग गर्न महिला तथा पछाडी पारिएका समुहहरुको क्षमता सुदृढिकरणका लागि उक्त तालिम प्रदान गर्न लागिएको हो ।
युरोपियन युनियन आर्थिक सहयोग , युएन ओमेनको प्राबिधिक सहयोग , नेपाल सरकारको समन्वय र सहकार्यमा सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत प्रो.पव्लिकको अगुवाइ र सुशासन प्रवर्द्धनका लागि युवा (YGGp) सुर्खेत कर्णाली प्रदेस, निडस नेपाल सुदुरपश्चिम प्रदेश तथा मधेश प्रदेसमा गरी १० पालिकाका २० वटा वडामा सन्चालित लैङ्िगक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत ३ दिवसिय तालिम दुल्लु नगरपालिका वडा नम्बर ८ मा उक्त तालिम उद्घाटन भएको छ ।
तालिम उद्धघाटन कार्यक्रममा बोल्दै दुल्लु नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शुसिल कुमार भण्डारीले पुरुषहरु मात्र हरेक कुरामा अघि सर्ने र महिलाहरु घरको चुलोचौकोमा सिमित हुने परिवेशलाई लक्षित गर्दै सञ्चालित तालिम महिलाहरुको नेतृत्व विकासमा फलदायि हुने बताउनुभयो ।

यसैगरि तालिम सञ्चालनको क्रममा बोल्दै गैह्सरकारी महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष एवं शुसासन प्रर्वद्धनका लागि युवा ९थ्न्न्ए० कर्णाली प्रदेश सुर्खेतका निर्देशक घनश्याम केसीले तालिमले समग्र पालिका स्तरमा लैंगिकमैत्री योजना निर्माणमा समेत ठुलो सहयोग पुग्नेमा जोड दिनुभयो ।

तालिम आगामी जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
वैशाख ३१, २०८२

दैलेखको नारायण नगरपालिकामा “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” प्रभावकारी बन्दै गइरहेको छ । जिल्लाको सदरमुकाममा अवस्थित नारायण नगरपालिकामा महिलाहरुको स्वास्थ्यसँग प्रत्यक्ष सरोकारको विषयसँग सम्बन्धित उक्त कार्यक्रम यतिबेला लोकप्रिय हुँदै गइरहेको छ । नगरपालिका भित्रका ११ वटै वडाका हरेक गर्भवति महिलाहरुसँग नगरउपप्रमुखद्धारा स्वास्थ्यकर्मीहरु सहित भेटघाट गर्दै उनिहरुको व्यक्तीगत तथा पारिवारिक स्वास्थ्यको जानकारी लिदैँ गर्भवति महिलाहरुलाई स्वास्थ्य सामाग्री समेत प्रदान गर्ने कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।
नारायण नगरपालिकामा यतिबेला करिब २५० भन्दा बढि महिलाहरु गर्भवति रहेको र उनिहरुले जन्माउने बच्चा स्वस्थ हुुनुका साथै आमाको स्वास्थ्य समेत स्वस्थ हुदैँ मातृ शिशु मृत्युदरमा कमी ल्याउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उक्त “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” एक कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख तप्ता कुमारी थापाले कुनैपनि सरकार व्यक्तीगत स्वार्थमा लिप्त हुनु नहुने भन्दै शिक्षा, स्वास्थ्य लगाएत व्यवस्थापनका लागि हुनुपर्ने र भोलिका लागि जन्मिने नागरिक स्वस्थ बनाउने उद्धेश्यका साथ कार्यक्रम ल्याइएको प्रष्ट पार्नुभयो ।

उक्त कार्यक्रमको अवसरमा बोल्दै नारायण नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले स्वस्थ बच्चा जन्माउन हरेक आमाहरुको भुमिका हुने भन्दै भोलिको देश सञ्चालनको अभिभारा बोकेको बच्चाको हरेक जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

नगरपालिकाले गर्भवति आमाहरुको स्वास्थ्य परिक्षणको लागि नगरपालिकाको हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गरेको छ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
वैशाख २५, २०८२

नेपाल कृषि प्रधान मुलुक हो तर तर यतिबेला यो नारा सार्थक विहिन अवस्थामा छ । कृषि क्षेत्रमा एकातिर लगानी न्युन छ भने गरिएको लगानीले समेत प्रतिफल दिन सकिरहेको छैन । जसका कारण खाद्यान्न लगाएत विभिन्न कृषि उपजहरु छिमेकी मुलुकबाट आयात गर्नुपर्ने वाद्यता छ । युवाहरु दिनप्रतिदिन विदेस पलायन भइरहेका छन भने जमिन बाँझो छोड्ने क्रम समेत बढिरहेको छ ।
तर यतिबेला सोसेक नेपालको ग्रिन कर्णाली कार्यक्रमले भने लोपउन्मुख परम्परागत रुपमा गरिदैँ आएकोल रैथाने बाली संरक्षणमा ठुलो भुमिका खेल्दै आइरहेको छ भने कार्यक्रमले किसानहरुको जीवनस्तर समेत माथी उठाउदै गएको छ । दैलेख र अछामका विभिन्न पालिकाहरुमा कृषि क्षेत्र छनौट गर्दै किसानहरुको साथ सञ्चालन गरिएको ग्रिन कर्णालीले यतिबेला विभिन्न बस्तिहरु नमुना बन्दै साच्चिकै ग्रिन देखिन थालेका छन ।
दैलेखको दुल्लु नगरपालिका, गुराँस गाउँपालिका लगाएत अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकाको विभिन्न क्षेत्रमा सञ्चालित ग्रिन कर्णाली कार्यक्रमले रैथाने वाली संरक्षण देखी आधुनिकरुपमा गर्न थालिएको तरकारी खेति, मौरी पालन लगाएत विविध गतिविधिबाट किसानहरुको जीवनस्तर समेत सहज हुन थाले पछि कार्यक्रमसँग जोडिएका किसानहरु प्रफुल्ल भएका छन ।

महिला र युवाहरुबिच आयआर्जनसँग जोडिएको उक्त कार्यक्रमबाट विगतका दिनहरुमा उजाड लाग्दो बस्तिहरुमा यतिबेला हराबरा तरकारी खेति, फलफुल खेति लगाएत किसानहरुको मेहनेत र प्रतिफलले गाउँ सिँगारिएको छ । रैथानेबाली खेति, बिउ बैँक स्थापना,कृषक पाठशाला ,गडयौला मल लगाएत कार्यक्रमले प्रभावकारी उपलव्धि हाँसिल गरेको छ ।

यता सोसेक नेपालले पनि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको र गरिएको उपलव्धि प्रति खुशी व्यक्त गरेको छ । पर्यावरणिय सन्तुलन कायम गर्दै ग्रामिण क्षेत्रका किसानहरुको जीवनस्तर माथी उठाउनका लागि कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको प्रति सोसेक नेपालको उच्च प्राथमिकता रहेको छ । ग्रिन कर्णाली कार्यक्रमले दैलेखको दुल्लु नगरपालिका र अछामको तुर्माखाँदका किसानहरुको लगानी मेहनेत र परिश्रमले सार्थकता प्राप्त गर्नुका साथै गाउँ नै कृषि पर्यावरणिय नुमना गाउँको रुपमा विकसित भएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो ।

यसरी कृषि क्षेत्रमा गरिएको लगानीले प्रतिफल नदिएर युवाहरु विदेश पलायन हुदैँ गाउँबस्तिका बारीहरु बाँझो भइरहको समयमा एउटा संस्थाले गरेको लगानीले सार्थकता प्राप्त गर्नु सफलताको विषय भएको ग्रिन कर्णाली कार्यक्रम संयोजक पुष्कर शर्माको भनाई रहेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।