
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१६ वैशाख २०८१
राष्ट्रिय लेखक दिवस २०८२ को अवसरमा नेपाली अमर साहित्यकारहरु प्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेपाली लेखक संघ जिल्ला समिति दैलेखले आज दुल्लु स्थित विजया साहित्य पार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अमर साहित्यकारहरु प्रति उच्च सम्मान र श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । दुल्लु स्थित कोटडाँडामा यतिबेला साहित्यपार्कको निर्माणसँगै नेपाली इतिहासका अमर साहित्यकारहरुको प्रतिमा राखिएको छ । जसमा आदीकवी भानुभक्त आचार्य देखी दैलेखी साहित्यका अमर साहित्यकारहरुको करिब २७ भन्दा बढि साहित्यकारहरुको प्रतिमा राखिएको छ ।
नेपाली लेखक संघले उक्त साहित्यक पार्कको बिग्रिदो अवस्था देखी उनिहरुप्रति उच्च श्रद्धा अर्पणका लागि कार्यक्रमको आयोजना गरेको हो । दुल्लु नरपालिका प्रमुख भरत प्रसाद रिजाल सहित उपस्थित साहित्कार ,जनप्रतिनिधिहरु लगाएत साहित्यका पारखीहरुले साहित्यकारको प्रतिमामा माला र अबिर सहित माल्यार्णपण गरेका थिए ।
सो अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले दुल्लुको गरिमा झल्काउने उक्त पार्कको बिग्रिदो अवस्थाको बारेमा स्थानियहरु नै बढि जिम्मेबार भएको भन्दै आगमी दिनहरुमा उक्त साहित्यिक पार्कको संरक्षणका लागि नगरपालिकाले नयाँ रणनिति अबलम्बन गर्ने बताउनुभयो । साथै अमर साहित्यकारका जिवनीबाट समाजले परिवर्तनको बाटो लिनसक्नुपर्ने आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
उक्त कार्यक्रमको अवसरमा उपस्थित साहित्यकारहरुले रचना वाचन गर्नुका साथै पार्कको सरसफाई समेत गरेका छन । नेपाली लेखक संघ दैलेख, भेरी साहित्य समाज दैलेख, विश्व साहित्य महासंघ कर्णाली प्रदेश, भेरी साहित्य समाज दैलेख, बस्तकोटी मिडिया प्रालि दुल्लु दैलेख लगाएत संघ संस्थाहरुको सहजिकरण रहेको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार भुप्न्द्र प्रसाद रिजाल उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन साहित्यकार चन्द्र रावत गुराँसले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१४ वैशाख,२०८२
दैलेखको भैरवी गाउँपालिकाले स्थानिय कला सँस्कृति संरक्षणमा चासो देखाएको छ । मुस्लिम समुदायको बसोबास रहेको जिल्लाकै एक मात्र वडा भैरवी गाउँपालिका ३ ले स्थानिय स्तरका विभिन्न कला सँस्कृति संगै पञ्चेबाजा र देउडा सँस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि विगत केहि महिना यता विभिन्न कार्यक्रम समेत गर्दै आइरहेको छ ।
वडाले आज एक औपचारिक कायृक्रमका बिच स्थानिय स्तरका देउडा, पञ्चेबाजा, झोडा माँगल,धमारी, (सरम)तरबार नाच जस्ता विभिन्न कार्यक्रमहरु प्रस्तुत गर्दै अगाडी बढेको छ । सो अवसरमा बोल्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिका स्तरका हरेक कला सँस्कृति र रितिरिवाजलाई जगेर्ना गर्दै भोलिका सन्ततिहरुलाई सुम्पिन सक्नु आजको आवश्यकता र चुनौतिको विषय भएकोमा जोड दिनुभयो ।
यसैगरि वडास्तरमा गरिएको उक्त पञ्चेबाजा र देउडा संरक्षण कार्यक्रमको अवसरमा बोल्दै भैरवी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष भक्ती प्रसाद उपाध्यायले दुल्लु भैरवी माझखण्डमा विभिन्न पुरातात्वीक सम्पदाहरु लगाएत कला सँस्कृतिहरुकोल धरोहर भएकाले वडास्तरबाट तिनको संरक्षणका लागि कार्यक्रमहरु गर्दै आएको र हरेक महिनाको १५ गते नियमित कार्यक्रम गरिने बताउनुभयो ।
उक्त वडामा हिन्दु मुस्लिम समुदायका साझा पर्वहरु र सँस्कृतिहरु रहनुका साथै सरम नाचको रुपमा तरबार नाच मुस्लिम समुदायले प्रस्तुत गर्ने नौलो र अनौठो प्रचलन समेत विद्यमान छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१४ वैशाख,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाद्धारा हालसम्मको गरेको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाले नगरपालिका क्षेत्रमा हुने विकास निर्माण लगाएत सेवा प्रवाहको सन्दर्भमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगरप्रमुख गणेश कुमार शाही प्रमुख जवाफदेही वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख मनसरा कुमारी शर्मा लगाएत वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सहित विभिन्न शाखाका प्रमुहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सेवाग्राहीहरुका प्रश्नको सहजीकरण गर्दै नगरप्रमुख गणेश कुमार शाहीले नगर सरकारले जनताको हितको लागि सदैव काम गरिरहेको भन्दै त्यसको लागि आम नागरिकहरुले पनि जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण लगाएत सडकको सन्दर्भमा प्रश्न गर्दै सल्लाह सुझाव समेत प्रदान गरेका थिए ।
दिपेन्द्र कार्की बस्तकोटी,दैलेख
१३ वैशाख ,२०८२
नेपाल भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशद्धारा “पशु स्वास्थको लागि सामूहिक पहल” भने मुल नाराका साथ विश्व भेटेरिनरी दिवस २०२५को अवसरमा निःशुल्क पशु स्वास्थ शिविर सञ्चालन गरेको छ । उक्त स्वास्थ्य शिविरको अवसरमा सुर्खेत गौशाला मा भएका २०० जति पशु चौपायाको स्वास्थ परीक्षण तथा उपचार गरी आवश्यक mineral mix ,vitamins ,probiotics लगायत प्राथामिक उपचार का सामग्री प्रदान गरि गरिएको छ । उक्त कार्यक्रममा सहयोग Kantipur pharmaceuticals lab pvt ltdKathmandu,Nepal ,Livecare pharmaceuticals pvt ltd Chitwan,Nepal ,Quality vet center Birendranagar,Surkhet र kantipur vet distributors ले गर्नु भएको थियो
सुन्दर कर्णाली गौशाला सुर्खेत मा भेटेरिनरी एसोसिएसन कर्णाली प्रदेशका सचिब डा.लोकेन्द्र खड्का को अध्यक्षतामा प्रमुख अतिथी डा. लोकेन्द्र न्यौपाने विशिष्ट अतिथी सुन्दर कर्णाली गौशाला सुर्खेतका अध्यक्ष तारा पौडेल, बिशेष अतिथी डा. मदनमणी सापकोटा, अतिथि हरु डा.चेतन ढकाल ,डा. तनुजा सापकोटा ,डा. आकाश सुवेदी, डा.लक्ष्मी चौलागाई ,डा.अरुण चौलागाई , डा. प्रतिभा श्रेष्ठ को उपस्थिति मा सम्पन्न भएको कार्यक्रमका संचालिका डा. निर्दिष्ठा पाठक ले जानकारी दिनु भयो ।
दिपेन्द्र कार्की बस्तकोटी,दैलेख
१३ वैशाख ,२०८२
दैलेखको दुल्लु अस्पतालमा आजदेखी ३ दिनसम्म विशेषज्ञ स्वास्थ्य शिविर तथा जनस्वास्थ्य अभियान सञ्चालन भएको छ । वैशाख १३ देखी १५ गते सम्म दुल्लु अस्पतालमा सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा मुख्यतया मानसिक स्वास्थ्य तथा परामर्र्श सेवा लगाएत हाडजोर्नी सम्बन्धि सेवाहरु रहेका छन । स्वास्थ्य सेवा कार्यालय दैलेख तथा दुल्लु नगरपालिकाको समन्यात्मक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको दुल्लु अस्पतालले जनाएको छ । उक्त स्वास्थ्य शिविर सञ्चालनको अवसरमा दुल्लु अस्पतालका प्रमुख डा.रहिस कोजुले भन्नुभयो हामीले दैनिक दुल्लु अस्पतालबाट प्रवाह गरिने सेवाहरु नियमित प्रदान गरिरहेका छौँ तर पनि शिविरमा थप यहाँका नागरिकहरुले सेवा लिनेमा विश्वस्त छौँ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
९ वैशाख,२०८२
विश्व पृथ्वि दिवसको अवसर पारेर कर्णालीका साहित्यकारहरु सुर्खेतमा भेला भएका छन । सगरमाथा साहित्य प्रतिष्ठान कर्णालीद्धारा विश्व पृथ्वी दिवसको अवसरमा सुर्खेतमा आयोजित गजल मुशायरामा सहभागि साहित्यकारहरुले रचना वाचन समेत गरेका छन ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी समेत सहभागि उक्त कार्यक्रममा सुर्खेत ,दैलेख, जाजरकोट लगाएत विभिन्न जिल्लाका विशेष गरि गजल मुक्तकमा कलम चलाउने साहित्यकारहरुले रचना वाचन गर्दै वर्तमान नेपालको समसामयिक अवस्थाको बारेमा व्यंग्यय समेत प्रहार गरेका छन । उनिहरुले वर्तमान समयमा कर्णालीको चित्रण गजलबाट गरेकाछन भने भोलिका दिनहरुमा समग्र कर्णालीको साहित्य क्षेत्रलाई जोडका साथ अघि बढ्ने बताएका छन ।
…..रचना वाचन……………
सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त गजल मुशायरा कार्यक्रममा गजलकार दिपिन सिजापती, अम्बिका भट्टराई, रेजीना सिंह र जनक चन्दले धाराप्रवाह गजल बाचन गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
८ वैशाख,२०८२
दैलेखको नौमुले गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नौमुले गाउँपालिकाले गत ४ महिनामा गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन मार्फत सहभागिहरु सामु प्रष्ट पारेको छ । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गंग बहादुर शाही, प्रमुख प्रशासकि अधिकृत दमन दाहाल लगाएत वडाध्यक्षहरु लगाएत अन्य शाखाका शाखा प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका साथै सवालजवाफ गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दमन दाहालले प्रस्तुत गर्दै सेवाग्राहिका प्रश्न र जिज्ञासाको समस्या समाधान गर्नुभएको थियो भने सेवाग्राहीका बढि भन्दा बढि प्रश्न र जिज्ञासाको समस्या समाधान गाउँपालिका अध्यक्ष छबिराम सुवेदीले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ वैशाख,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पश्चिम नेपालमा कुरित र कुसँस्कारको रुपमा रहेको वालविवाह र छाउपडि विरुद्ध आज बालिका सम्मेलन गरेको छ । पछिल्लो समयमा बढ्दै गइरहेको वालविवाह लगाएत कुरितिको रुपमा अहिले पनि विद्यमान छाउपडि विरुद्ध प्रथम वालिका सम्मेलनको आयोजना गरेको छ ।
सोसेक नेपालको सहयोगमा सेभ द चिल्ड्रेनद्धारा विगत समयदेखि समग्र नगरपालिका भित्र वालविवाह, वहुविवाह, छाउपडि लगाएत विभिन्न विभेद अन्त्यका लागि समाज जागरण लगाएत चेतनामुलक कार्यक्रम र गतिविधि हुदैँ आएको सन्दर्भमा आज नगरपालिका भित्रका वालिकाहरुको सम्मेलन गरिएको छ । वालविवाह र छाउपडि विरुद्ध वालिकाहरु सशक्त भएर अघि बढ्न सकेको खण्डमा समाज रुपान्तरण हुन सक्ने सम्भावनालाई अघि सार्दै उक्त सम्मेलन गरिएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जनाएको छ ।
बालिका सम्मेलनको पुर्व सन्ध्यामा वालिकाहरुले,महिनावारी, छाउपडि लगाएत कुरित र कुसँस्कार अन्त्यका लागि लेखिएका विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रभातफेरी कार्यक्रम समेत गरिएको छ । उक्त वालिका सम्मेलनको अवसरमा बोल्दै सोसेक नेपालका कार्यक्रम व्यवस्थापक निर्मल अधिकारीले यतिबेला वालवालिकाहरुले सामाजिक कुरित र कुसँस्कारका कारण समस्याहरु झेल्नुपरिरहेको सन्दर्भमा उनिहरुलाई समाजको मुल प्रवाहमा ल्याउदै जागरुक बनाउन र उनिहरुका अधिकारहरु रक्षाको लागि वालिका सम्म्मेलन गरिएको बताउनुभयो ।
उक्त वालिका सम्मेलनको उद्धघाटको क्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले पुरुष प्रधान देशमा यतिबेला पनि महिलाहरुको निर्णयलाई स्विकार गर्न नसकेको भन्दै वालिका सम्मेलनले केहि सचेतना स्थापित गरेको बताउनुभयोा ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ वैशाख,२०८२
दैलेखको भैरवी गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा गरिएको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
भैरवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हालसम्म गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन प्रस्तुत गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रिता कुमारी शाही मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकिय भक्त बहादुर मल्ल र विभिन्न वडाका वडाध्यक्षहरु लगाएत गाउँपालिका स्थित विभिन्न शाखाका शाखा प्रमुखहरु लगाएत सरोकारवाला कार्यालयका प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका राखेका थिए भने जवाफदेहि वक्ताहरुले त्यसको सहजिकरण गरेका थिए ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
६ वैशाख,२०८२
दैलेखको ठाटिकाँध गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
टाटिकाँध गाउँपालिकाले गत ४ महिनामा गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन मार्फत सहभागिहरु सामु प्रष्ट पारेको छ । ठाटिकाँध गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देविराम बडुवाल मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकि अधिकृत तुलसी प्रसाद उपाध्याय लगाएत अन्य शाखाका शाखा प्रमुखहरु लगाएत सरोकारवाला कार्यालयका प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका साथै सवालजवाफ गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले प्रस्तुत गर्दै सेवाग्राहिका प्रश्न र जिज्ञासाको समस्या समाधान गर्नुभएको थियो ।