दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२८ श्रावण ,२०८१
अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकाको १ नम्बर वडा रहफ गाउँलाई पालिकाको कर्णाली भनेर चिनिन्छ । संघियतासँगै देशको व्यवस्था बदलिए पनि रहफबासीको जीवनशैली अझै पनि उस्तै छ । जीवनयापनका लागि मुग्लान बाहेक अर्को विकल्प छैन । यता बस्ति पारिको कर्णाली राजमार्गमा नियमित यातायातका साधन सञ्चालन भएपनि रहफबासीले त्यसको सदुपयोग गर्न पाएका छैनन् । कृषि, पशुपालनबाट जीवन धान्दै आएका रहफबासी भारत अथवा कालापहाडको भरमै छन् ।
जीवनयापन गर्ने अर्को उपाय नभएपछि रहफबासीका लागि कालापहाड र कर्णाली नदीको माछा नै जीवनयापनका लागि साहारा बनेको छ । तर माछा मार्नु त्यति सजिलो भने छैन । जोखिम मोलेर कर्णाली नदीमा काठको डुंगाको सहायताले माछा मारेर जीवन गुजार्न बाध्य छन् ।
डेढ महिना अघि कालापहाडबाट गाउँ फर्किएका तुर्माखाँद गाउँपालिका –१ का रहफका ४५ बर्षिय रमेशबहादुर शाही विहानको ३ बजे उठेर टर्चको सहारामा माछा मार्न कर्णाली नदी तिर झर्छन् भने नदिबाट दिउसो १२ बजे खाना खाएर साँझ अध्याँरो भएपछि मात्र घर फर्किन्छन । उनि माछा मारेर नजिकै रहेको दैलेखको दुल्लु नगरपालिका १ को डुगेश्वर बजारमा विक्री गरि बेलुका पख घर फर्किन्छन् । शाहीको यो नियमित कर्म नै हो । गाउँमा रोजगारीका अवसर नहुँदा शाहीले माछा विक्रीबाटै ५ जनाको परिवार पाल्दै आएका छन् । गाउँमा स्थानीय सरकार नागरिक प्रति उतरदायि नहुँदा कालापहाड र कर्णाली नदीमा जोखिम मोलेर माछा मार्नु पर्ने बाध्यता रहेको तुर्माखाँद –१ का शाहीले बताउनुभयो । उहाँले भन्नुभयो “एक त हामी दुर्गममा छौँ, गाउँपालिका पुग्न एक दिन पैदल लाग्छ , कि दैलेखको कर्णाली राजमार्ग भएर असारघाट पुगेर पालिकामा जानुपर्छ , उता पालिकामा के भयो हामीलाई जानकारी नै हुदैन ।”
रमेश जस्तै सोही गाउँका गणेशबहादुर शाहीको पनि दैनिकि माछा मारेरै वित्ने गर्छ । पैसा कमाउनका लागि एक महिना अघि भारतको बागेश्वर पुगे तर सधै त्यहाँ खणी खानीमा काम गर्ने शाही यो पाली खणी नभेटिएपछि घर फर्किए । २ छोरा बुढाबुढी सहित चार जनाको परिवार माछा मारेर पाल्दै आएको शाहीले जानकारी दिनुभयो ।
त्यसैगरि १६ बर्षिय प्रकाश खड्का गाउँमा रोजगारी नहुँदा भारत लागे । तर भारतमा भने जस्तो रोजगारी नपाउँदा गाउँ फर्किएर कर्णाली नदीमा माछा मारेर विक्री गरि परिवार पाल्दै आएका छन् । गाउँमा आएको सिहदरबारले रोजगारी नदिएर कालापहाड र खाडी मुलुक जानुपर्ने बाध्यता भएको खडकाको भनाई छ । गाउँका सिंहदबारले रोजगारीका अवसर नदिदा अधिकाँश सुदुर र कर्णाली प्रदेशका नागरिकहरु भारतकै भरमा जीवन यापन गरिरहेका छन् ।
गाउँमै आएको सिंहदरबारले गाउँमा कति जना बेरोजगार छन कति जना भारतमा मजदुरी गर्न गएका छन् कनै तथ्यांक समेत छैन । कतिपय पुरुष गाउँमा नहुँदा गाउँ पुरुष विहिन बनेको छ । गाउँमै केही गर्नुपर्छ भन्ने युवा विदेश पलायनले गाउँको दिगो विकासमा समेत असर गरेको छ । सुदुर र कर्णाली प्रदेशका विदेशीने पुरुषहरुलाई गाउँमै रोजगारी दिई सिहदबार आएको अनुभुति दिलाउन सकेमात्र संघियताले सार्थकका पाउने देखिन्छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २८, २०८१
स्थापनाको करिब २७ वर्षसम्म महिला, वालवालिका, अपांग, विपन्न, सिमान्तकृत, राउटे, कुसुन्डा लगाएत अल्पसंख्यकको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै उनिहरुको पक्षमा काम गर्दै आएको सोसेक नेपालले विकासनिर्माणका क्षेत्रमा समेत आएको छ । सोसेक नेपालले देशका विभिन्न १० जिल्लाहरुमा करिब ३३ वटा परियोजनाहरु मार्फत अशिक्षा, अज्ञानता, कुरिति कुसँस्कारका विरुद्ध जागरण र चेतनामुलक कार्यक्रम बाट आफ्नो पहिचान समेत बनाएको छ ।
यि कामहरु सँगै यतिबेला सोसेक नेपालले डिसिएको आर्थिक सहयोगमा जलवायु परिवर्तनबाट हुने क्षति अध्ययन गर्दै यसको न्युनिकरणका क्षेत्रमा समेत काम गर्ने योजनाका साथ कार्ययोजना अघि बढाएको छ । जलवायु परिवर्तनबाट हुने हानि र क्षति अध्ययनका लागि कर्णाली प्रदेश स्तरिय गोष्ठि सुर्खेतमा सम्पन्न गरेको छ । कर्णाली प्रदेश अन्तरगत सरोकारवाला मन्त्रालयका सचिवहरु लगाएत कर्मचारीहरु सहित आगामी दिनमा गर्ने कार्ययोजना निर्माणका लागि गोष्ठि सञ्चालन गरेको हो ।
जलवायु परिवर्तनबाट पहाडमा खडेरी पहिरो र तराईमा बाढि जस्ता विपत्तिबाट वर्षेनि हजारौँले ज्यान गुमाउनुका साथै लाखौको धनजनको क्षति व्यहोर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै त्यसको न्युनिकरणका लागि सोसेक नेपालले वृहत अध्ययनको तयारी गरेको छ ।
सोसेक नेपालले पहाडमा खडेरी र पहिरो बाट हुने क्षतिका साथै त्यसको प्रत्यक्ष असर तराईका जिल्लाहरुमा बाढिबाट पर्ने भएकाले जलवायु परिवर्तनबाट पर्ने प्रभाव असर क्षति र हानि मुल्यांकनकालागि विभिन्न कार्ययोजना निर्माणका लागि कर्णाली प्रदेश स्तरिय प्राविधिक सल्लाहकार समिति समेत गठन गरिएको छ ।
सोसेक नेपालले जलवायु परिवर्तनबाट हुने हानि र क्षतिको सन्दर्भमा बाढिको लागि बर्दिया जिल्लाको गुलरिया नगरपालिका र पहिरो तथा खडेरीको लागि दैलेखको दुल्लु नगरपालिकामा विभिन्न कार्यक्रम गर्ने समेत कार्ययोजना तयार गरेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी गराउनुभयो ।
जुनकिरिको आस ।
अंध्यारो गाउँ ।कालो अक्षर भैंसी बराबर ।
चुलो चौको बितेका विगत ।मरेका रहरले गर्ने कालापहाडको यात्रा चलेकै थियो जिन्दगी । विवाहमा रिन लाग्यो कालापहाड ,
पितृको काजकृया सकियो कालापहाड ,
छोरिको बिहेपछी कालापहाड ,
उतिबेलादेखीको नियती थियो हिउमा पुरिनु र हराउनु
पुर्वमा जन्मेको भय सहिद भईन्थ्यो ,
पश्चिममा जन्मेर कालापहाडमै अस्तु हरायो,
बर्षको कम्तिमा आधा समय देशै कालापहाडे भेषै कालापहाडे।
प्यारो पनि छ रहर पनि छ कालापहाडमै रमाउने र हराउने पनि छ ।
५ बर्षमा कालापहाडे घर आउछ, बरु दशैं बिर्सन्छ।
निर्वाचन सम्झन्छ । आफुलाई केही माग्दैन सुटुक्क आउँछ खुव सम्मानकासाथ मतपेटिका भर्छ ,
उसको मतले विजय गरेपनी ,
उसमा जोस छैन किनकी कालापहाडेले अर्को कालापहाडे बनायो ।
जो ५ बर्ष रमाउने गाउबाट टाढिने ।
यसपाली फरक बन्यो म्यासेन्जरमा कल , म्यासेजको ओईरो छ ।
शुभकामना शुभकामना खुशि र हर्षका भाव ,
एउटा जुनकीरी उदायो कालापहाडेका गाउबाट ।
गरिवीको अभिमतबाट ।
बस यहि चाहना छ ।
यो कालापहाडेलाई जुनकिरीको उज्यालोसंगै सन्तानको भविष्य दौडाउने ।
कालापहाडको अन्त्य गर्ने ।
कालापहाडेको गाउबाट उदायको जुनिकिरी हौ तिमी ,
तिमी प्राकृतिक छौ कसैले तिम्रो चम्किने बत्ती निभाउन सक्ने छैनन्।
तिमी चम्किरहनु त्यही उज्यालोको सहारामा मेरो गाउँ कालापहाडको दर्दनाक पिडाबाट मुत्त हुनेछ ।
अब तिम्रै आस छ ।जुनकिरीको आस ।
कवि स्यामसुन्दर गिरी ,नेपाली लेखक संघ दैलेखको संयोजक हुनुहुन्छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २८, २०८१
भेदभाव सम्बोधन तथा पोषण,स्वच्छता, सामाजिक न्यायिक प्रर्वद्धन वालिका शसक्तिकरण Girls Matters परियोजनाले आफ्नो वार्षिक समिक्षा लगाएत सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युनिसेफको आर्थिक सहयोगममा सोसेक नेपालद्धरा सञ्चालित वालिका शसक्तिकरण Girls Matters परियोजनाले सुर्खेत र दैलेख जिल्लाका २ पालिकाहरुमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सन्दर्भमा कार्यक्रमको उपलव्धीका सन्दर्भमा समिक्षा गर्दै गरिएका कामहरुको सामाजिक परिक्षण समेत गरिएको छ ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित परियोजनाको वार्षिक समिक्षा र सामाजिक परिक्षणको क्रममा पश्चिम नेपालमा व्याप्त छाउपडि, बालविवाह, वहुविवाह लगाएत कुरिति र कुसँस्कारका क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत जनचेनामुलक कार्यक्रमका साथै विकासनिर्माण, सरसफाई र पोषण एवं स्वच्छताका क्षेत्रमा काम गर्दै उल्लेख्य उपलव्धी हासिल समेत गर्दै आइरहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
विगत लामो समयदेखि युनिसेफको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित वालिका शसक्तिकरण परियोजना मार्फत सुर्खेत जिल्लाको सबैभन्दा पच्चिममा रहेको चौकुने गाउँपालिकाको १० वटा वडाहरु र दुल्लु नगरपालिकाको १३ वटा वडाहरुमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ । जुन कार्यक्रमले किसोरिहरु मार्फत समाजमा विद्यमान समग्र कुरिति र कुसँस्कारका क्षेत्रमा सञ्चालित कार्यक्रम प्रभावकारी बन्न पुगेको कार्यक्रम सञ्चालित दुल्लु नगरपालिका तथा चौकुने गाउँपालिकाले प्रस्ट पारेका छन् ।
परियोजना समिक्षाको क्रममा बोल्दै चौकुने गाउँपालिका सुर्खेतका उपाध्यक्ष नर बहादुर बान्तोलाले परियोजनाको रुपान्तरण कार्यक्रम मार्फत समाज नै रुपान्तरण भएको आभाष भएको र आगामी दिनहरुमा समेत कार्यक्रम थप सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस गरेको बताउनुभयो ।
त्यसै गरि दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले परियोजनाको समिक्षा र सामाजिक परिक्षणको क्रममा बोल्दै दुल्लु परिवर्तनमा किशोरीहरु मार्फत रुपान्तरणको कक्षा धेरै महिला र किसोरीहरुमा सञ्चालित हुनु समग्र रुपान्तरण र परिवर्तन भएको भन्दै सबैको हातेमालो जरुरी भएकोमा जोड दिनुभयो।
परियोजनाको समिक्षाको क्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले समेत दुल्लु नगरपालिका र चौकुने लगाएत पश्चिम क्षेत्रमा व्याप्त कुरिति र कुसँस्कारका विरुद्ध छोटो समयमा समेत सञ्चालित परियोजना र कार्यक्रमले सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
बाइट ः हिरासिंह थापा कार्यकारी निर्देशक सोसेक नेपाल
परियोजनाको कार्यक्रमले आगामी दिनहरुमा थप १७ महिना निरन्तरता पाउने समेत समिक्षाको क्रममा बताइएको छ ।