दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण ३०, २०८१
कर्णाली प्रदेशको राजधानी सुर्खेत । राजधानि भएपनि पश्चिम सुर्खेतको अवस्था विकट कालिकोट ,मुगु, डोल्पा भन्दा फरक छैन । सबैभन्दा पश्चिम क्षेत्रमा अवस्थित छ चौकुने गाउँपालिका । नौ वटा स्थानिय तहभन्दा भिन्न र फरक भुवनोटमा सजिएको चौकुने जुन शुदुरपश्चिमको अछाम ,डोटि,कैलालि र दैलेखसँग सिमाना जोडिएको छ । पश्चिमबाट सेति नदि पुर्वबाट भेरी नदि र उत्तरबाट कर्णाली नदिको संगमस्थलमा अवस्थित चौकुने राज्यको नजरबाट समेत दुर छ । त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी , विद्युत ,सञ्चार जस्ता विकास पुर्वाधारले समेत छुन सकेको छैन ।
त्यसो त चौकुने गाउँपालिका क्षेत्र हटारुक्षेत्रको रुपमा परिचित छ । अछाम, कालिकोट लगाएत दैलेखको हटारु क्षेत्र जुन बर्दियाको राजापुरबाट महिनौ लगाएर नुन तेल कपडा लगाएत घरयसि सामान पिठ्युमा बोकेर लैजाने बाटोे क्षेत्रको रुपमा चिनिन्छ । समयको गतिसँगै भएको विकासले गाउँगाउँसम्म सडक र व्यापार पुगेपछि मात्र करिब तिसवर्ष यता उक्त क्षेत्र बिरानो हुँदै गएको हो ।
देश संघियतामा गएसँगै बनेको चौकुने गाउँपालिका क्षेत्र यतिबेला पनि चौकुने उहि पुरानै शैलिको धारबाट गुज्रिरहेको छ । जहाँको शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत विकास पुर्वाधारमा राज्यले समेत उपेक्षा गरेको चौकुने सामाजिक रुपमा समेत उत्तिकै पछाडी छ । चौकुने क्षेत्रमा वालविवाह, वहुविवाह, महिलाहिंसा , छाउपडि लगाएत विकृति विसंगतिले अहिले पनि जरा गाडेर बसेका छन् । जहाँको सामाजिक, आर्थिक, शैक्षिक स्थिति माथि उठाउनको लागि विभिन्न अभियानका साथ त्यस क्षेत्रमा पुग्ने संघसंस्थाहरु पनि कागजि कार्यक्रम र नाराका उपलव्धिका साथ फर्किए तर चौकुने क्षेत्रका नागरिकको अवस्था कहिल्यै फर्किन न त परिवर्तन नै भयो ।
यतिबेला समग्र चौकुनेको परिवर्तनका लागि सोसेक नेपाल लागि परेको छ । सोसेक नेपालले युनिसेफको आर्थिक सहयोगमा न्ष्चकि ःबततभच परियोजना मार्फत शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत जनचेतनामुलक कार्यक्रममा चौकुने गाउँपालिकामा परिवर्तनको आभाष दिलाएको छ ।