२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १२, २०८१

लाखेनाच सँस्कृति नेवार समुदायसँग सम्बन्धित छ । वर्षेमेला र गाईजात्रा परम्पराको रुपमा रहेको लाखेनाच विशेष गरेर श्रीकृष्णा जन्माष्टमिको अवसरमा यतिबेला देशभर प्रर्दशन गर्ने गरिन्छ । नेवार समुदायले मात्र काठमाण्डौ र भक्तपुरमा प्रर्दशन गरिने यो नाचले देशका सबै ठाँउहरुमा त्यतिकै चर्चा परिचर्चा कमाउदै गएको छ । विभिन्न हसाँउने र डराउने मुखाकृति सहित बाजाको तालमा भगवान श्रीकृष्ण र उनका सत्रु राक्षसको नाटकिय अभिनयमा नाचिने लाखेनाँचको विशेष पहिचान र इतिहास रहेको छ ।

दैलेखमा पनि लाखेनाचको रौनकता र उत्सव सकिएको छ । करिब २१७ वर्ष अघिदेखि सञ्चालन हुदै आएको लाखेनाच यो वर्ष गत श्रावण १८ गते घण्टाकर्ण (गाठेमंगल) बाट सुरुभई श्रीकृष्णा जन्माष्टमिको भोलिपल्ट भाद्र ११ गते सम्म १ महिना सञ्चालन भएकोे छ । दैलेखमा वर्षैपिच्छे लोकप्रिय हुदैँ गएको छ भने नेवार समुदाय रहेको दैलेख सदरमुकाममा सिमित यो लाखेनाच जिल्लाका अन्य पालिकाहरुमा समेत सञ्चालन हुन थालेको छ । यतिबेलाको जिल्ला प्रशासन कार्यालय रहेको गौँडा दरबारमा बेलासपुर राज्यका राजाकी श्रीमतिको अनुरोधमा दैलेख भगवति टोलका नेवार समुदायका मानिसहरुबाट सुरुवात भएको हो । जस अनुसार लाखेनाच निकाल्ने समुदायका लागि सबै किसिमका कर र मालपोतहरु मिनाह हुने प्रचलन मा व्याप्त लाखेनाच त्यतिबेला एक मौलिकता र सँस्कृतिको रुपमा स्थापित भएको छ ।

यतिबेला दैलेख सदरमुका युवा क्लब, टोल क्लब लगाएत समुह मार्फत ७ वटा स्थानहरुमा लाखेनाचको सुरुवात गरिन्छ भने दुल्लु क्षेत्रमा २ स्थान र अन्य पालिकाहरुमा समेत यसको प्रचलन बढ्दै गइरहेको छ । बाजा, पोशाक लगाएत मुकुण्डाहरुमा समेत खर्च लाग्ने भएको भएपनि राज्य स्तरबाट कुनै सहयोग नभएको प्रति आयोजकहरु खिन्नता महशुस गरिरहेका छन ।

देशभर यतिबेला गाइजात्रा र लाखेमेला मनाउने गरेको भएपनि दैलेखको लाखेमेलाको महत्व र रौनक फरक छ । करिब एक महिना सम्म निरन्तर भिन्न भिन्न कार्यक्रम सहित लाग्ने मेलामा स्थानिय व्यापार समेत हुने गरेको छ । तर विगतमा सदरमुकाम केन्द्रित र व्यवस्थित लाखेनाच यतिबेला देखासिकिको कारण बिना तयारी र चालचलनमा आधारित हुदै विभिन्न क्षेत्रमा सञ्चाल हुनुले महत्व घट्दै गइरहेको जानकारहरु बताउछन ।

यसरी वर्षे मेला र रमाईलोमा आधारित लाखेनाच गाइजात्राले रमाईलो दिने त छदैँछ तर हरेक ठाँउमा बिना तयारी लाखो नचाउदै पैँसा माग्ने नाउँमा धेरैलाई दुःख समेत दिने गरेको तितो यथार्त समेत छ । अर्कोतिर यसै लाखेनाचको बाहानामा युवाहरु मदिरा लगाएत विकृति विसंगति तर्फ उन्मुख हुनु समेत दुःखद कुरा हो यस तर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।