दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
जेठ १, २०८२

दैलेखको दुल्लु नगरपालिका ८ मा “लैंगिक समानताका लागि सामाजिक जवाफदेहिता” सम्बन्धी ३ दिने क्षमता अभिवृद्धी तालिम आजबाट सञ्चालन गरिएको छ । लैगिंक समानताका लागि निर्णय लिने तथा जवाफदेहिता र पारदर्शिताको माग गर्न महिला तथा पछाडी पारिएका समुहहरुको क्षमता सुदृढिकरणका लागि उक्त तालिम प्रदान गर्न लागिएको हो ।
युरोपियन युनियन आर्थिक सहयोग , युएन ओमेनको प्राबिधिक सहयोग , नेपाल सरकारको समन्वय र सहकार्यमा सशक्त महिला समृद्ध नेपाल अभियान अन्तर्गत प्रो.पव्लिकको अगुवाइ र सुशासन प्रवर्द्धनका लागि युवा (YGGp) सुर्खेत कर्णाली प्रदेस, निडस नेपाल सुदुरपश्चिम प्रदेश तथा मधेश प्रदेसमा गरी १० पालिकाका २० वटा वडामा सन्चालित लैङ्िगक समानताका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत ३ दिवसिय तालिम दुल्लु नगरपालिका वडा नम्बर ८ मा उक्त तालिम उद्घाटन भएको छ ।
तालिम उद्धघाटन कार्यक्रममा बोल्दै दुल्लु नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शुसिल कुमार भण्डारीले पुरुषहरु मात्र हरेक कुरामा अघि सर्ने र महिलाहरु घरको चुलोचौकोमा सिमित हुने परिवेशलाई लक्षित गर्दै सञ्चालित तालिम महिलाहरुको नेतृत्व विकासमा फलदायि हुने बताउनुभयो ।
यसैगरि तालिम सञ्चालनको क्रममा बोल्दै गैह्सरकारी महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष एवं शुसासन प्रर्वद्धनका लागि युवा ९थ्न्न्ए० कर्णाली प्रदेश सुर्खेतका निर्देशक घनश्याम केसीले तालिमले समग्र पालिका स्तरमा लैंगिकमैत्री योजना निर्माणमा समेत ठुलो सहयोग पुग्नेमा जोड दिनुभयो ।
तालिम आगामी जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।
