दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ जेठ,२०८२

दैलेखको भैरवी गाउँपालिकामा वाल संरक्षण ,लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण, वाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पछिल्लो समयमा वालवालिकाकाको क्षेत्रमा बढ्दै गईरहेको वालहिंसा, हत्या, बलात्कार लगाएत विविध समस्या समाधानका लागि वाल संरक्षण,लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण गर्दै सरोकारवालाहरुको जिम्मेवारी वोध गराउने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको भैरवी गाउँपालिका महिला विकास शाखाले जनाएको छ ।
युनिसेफ नेपालको शसक्त महिला संवृद्ध नेपाल कार्यक्रमद्धारा सहिजकरण गरिएको उक्त तालिममा भैरवी गाउँपालिका स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्थानिय वाल संरक्षण समिति, किशोरी तथा वालवालिका क्लबका पदाधिकारीहरु, महिला शाखाका कर्मचारीहरु लगाएत स्थानिय प्रहरीको सहभागिता रहेको उक्त तालिम फलदायी भएको सहभागिहरुले बताएका छन । तालिम समापनको अवसरमा बोल्दै भैरवी गाउँपालिका दैलेखका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देवी भण्डारीले महिला तथा वालवालिकाको क्षेत्रमा थुप्रै कामहरु भएको भन्दै वालवालिकाको क्षेत्रमा भएका कामहरु र नियम कानुका सन्दर्भमा गरिने गोष्ठिहरुले थप बल पुगेकोमा जोड दिनुभयो ।
