
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
जेठ ४, २०८२
दैलेखको नारायण नगरपालिका वडा नं. १ र २ का गर्भवति महिलाहरुसँग आज “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम यस अघिको अन्य वडाहरुमा सञ्चालित उक्त कार्यक्रमको निरन्तर कार्यक्रमको रुपमा रहेको छ ।
जिल्लाको सदरमुकाममा अवस्थित नारायण नगरपालिकामा महिलाहरुको स्वास्थ्यसँग प्रत्यक्ष सरोकारको विषयसँग सम्बन्धित उक्त कार्यक्रम यतिबेला लोकप्रिय हुँदै गइरहेको छ । नगरपालिका भित्रका ११ वटै वडाका हरेक गर्भवति महिलाहरुसँग नगरउपप्रमुखद्धारा स्वास्थ्यकर्मीहरु सहित भेटघाट गर्दै उनिहरुको व्यक्तीगत तथा पारिवारिक स्वास्थ्यको जानकारी लिदैँ गर्भवति महिलाहरुलाई स्वास्थ्य सामाग्री समेत प्रदान गर्ने कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।
नारायण नगरपालिकामा यतिबेला करिब २५० भन्दा बढि महिलाहरु गर्भवति रहेको र उनिहरुले जन्माउने बच्चा स्वस्थ हुुनुका साथै आमाको स्वास्थ्य समेत स्वस्थ हुदैँ मातृ शिशु मृत्युदरमा कमी ल्याउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उक्त “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” एक कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख तप्ता कुमारी थापाले आफु पनि महिला भएको गर्भवति आमा दिदीबहिनीहरुको पिँडाको महसुस आफुले भोगेको भन्दै दुःखको बेलामा स्थानिय सरकारको अनुभुतिका साथै उनिहरुको स्वास्थ्य अवस्थाको सन्दर्भ बुभ्mनका लागि समेत कार्यक्रमलाई निरन्तरता दिएको स्पस्ट पार्नुभयो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै नारायण नगरपालिका नगरप्रमुख लोमन सर्माले स्वस्थ बच्चा जन्माउन हरेक आमाहरुको भुमिका हुने भन्दै भोलिको नगरका कर्मठ नागरिक बच्चाहरु हुने भएकाले स्वस्थ बच्चाको जन्ममा सरकारको समेत जिम्मेवारी हुनेमा जोड दिनुभयो ा
नगरपालिकाले गर्भवति आमाहरुको स्वास्थ्य परिक्षणको लागि नगरपालिकाको हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गरेको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ जेठ २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका लागि आफु प्रधानमन्त्रि भएको समयमा विशेष प्याकेजको व्यवस्थापन गरेको बताउनुभएको छ । मध्यपहाडी जनजागरण अभियानको क्रममा दैलेख पुग्नुभएको सन्दर्भमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले वर्तमान सरकार जनताको राहुकेतुको रुपमा रहेको बताउदै प्रचण्डले कर्णाली त्यसमा पनि दैलेखको इतिहास कसैले विर्सिन नहुने भन्दै यतिबेला पुनः जनताले ६४को जस्तै ८४मा अभिमत प्रदान गर्ने दाबि समेत गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्गको सपना आफुले देखेको तथा दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको काम समेत आफ्नै पालामा थालनी गरिएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा सरकारकोा नेतृत्व गर्ने अवसर आएमा समग्र कर्णाली र दैलेखको विकासको लागि आफु सदैव तयार रहेको समेत प्रचण्डको भनाई रहेको थियो ।
उहाँको दैलेख संवोधनको पुर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । https://youtu.be/zIwuXO1XgqA
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ जेठ,२०८२
दैलेखको भैरवी गाउँपालिकामा वाल संरक्षण ,लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण, वाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । पछिल्लो समयमा वालवालिकाकाको क्षेत्रमा बढ्दै गईरहेको वालहिंसा, हत्या, बलात्कार लगाएत विविध समस्या समाधानका लागि वाल संरक्षण,लैंगिक हिंसा रोकथाम तथा न्युनिकरण गर्दै सरोकारवालाहरुको जिम्मेवारी वोध गराउने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको भैरवी गाउँपालिका महिला विकास शाखाले जनाएको छ ।
युनिसेफ नेपालको शसक्त महिला संवृद्ध नेपाल कार्यक्रमद्धारा सहिजकरण गरिएको उक्त तालिममा भैरवी गाउँपालिका स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्थानिय वाल संरक्षण समिति, किशोरी तथा वालवालिका क्लबका पदाधिकारीहरु, महिला शाखाका कर्मचारीहरु लगाएत स्थानिय प्रहरीको सहभागिता रहेको उक्त तालिम फलदायी भएको सहभागिहरुले बताएका छन । तालिम समापनको अवसरमा बोल्दै भैरवी गाउँपालिका दैलेखका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देवी भण्डारीले महिला तथा वालवालिकाको क्षेत्रमा थुप्रै कामहरु भएको भन्दै वालवालिकाको क्षेत्रमा भएका कामहरु र नियम कानुका सन्दर्भमा गरिने गोष्ठिहरुले थप बल पुगेकोमा जोड दिनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
यतिबेला आगामी आर्थीक वर्ष २०८२÷८३ का लागि योजना छनौट सम्बन्धि टोल भेलाहरु भईरहेका छन । विगतको योजना छनौट भन्दा भिन्न तरिकाले योजनाहरु छनौट गर्दै स्थानिय विकासको अवधारणा लगाएत आवश्यकताका आधारमा योजनाहरु निर्धारण गर्दै योजना वैँक स्थापना पश्चात आवश्यकताका आधारमा योजना लाई परिपुर्ति गर्ने उद्धेश्यका साथ भेलाबाट योजनाहरु छनौट प्रक्रिया सञ्चालन गरिएको छ । सो अनुरुप दैलेखको दुल्लु नगरपालिका वडा नं. १० का विभिन्न टोलहरुमा समेत योजना छनौटको प्रक्रियालाई अघि बढाइएको छ । वडाको छुँवाला बस्तिमा गरिएको भेलामा स्थानियबासीहरुको उल्लेख्य उपस्थितिमा योजना छनौट गरिएको छ । सेवक दैलेखका प्रमुख महारुप खत्रीको उपस्थितिमा गरिएको योजना छनौट टोलभेलामा शिक्षा स्वास्थ्य खानेपानी विद्युत लगाएत सडकका योजनाहरुको माग अघि सारिएको छ । भेलामा सहभागिहरुलाई योजना छनौट र त्यसको प्रक्रियाको बारेमा बोल्दै महारुप खत्रीले विगतको भन्दा फरक शैलिमा अघि बढ्ने योजना छनौट र त्यसको प्राथमिकताामा परेका कुनैपनि योजनाहरु खेर नजाने भन्दै आवश्यकताका आधारमा क्रमिकरुपमा ति योजनाहरु सम्पन्न हुने भएकाले बिना संकोच र विवादरहित तरिकाले योजनाहरु छनौट र टिपोट गर्न अनुरोध गर्नुभयो ।