दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
जेठ ४, २०८२

दैलेखको नारायण नगरपालिका वडा नं. १ र २ का गर्भवति महिलाहरुसँग आज “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम यस अघिको अन्य वडाहरुमा सञ्चालित उक्त कार्यक्रमको निरन्तर कार्यक्रमको रुपमा रहेको छ ।
जिल्लाको सदरमुकाममा अवस्थित नारायण नगरपालिकामा महिलाहरुको स्वास्थ्यसँग प्रत्यक्ष सरोकारको विषयसँग सम्बन्धित उक्त कार्यक्रम यतिबेला लोकप्रिय हुँदै गइरहेको छ । नगरपालिका भित्रका ११ वटै वडाका हरेक गर्भवति महिलाहरुसँग नगरउपप्रमुखद्धारा स्वास्थ्यकर्मीहरु सहित भेटघाट गर्दै उनिहरुको व्यक्तीगत तथा पारिवारिक स्वास्थ्यको जानकारी लिदैँ गर्भवति महिलाहरुलाई स्वास्थ्य सामाग्री समेत प्रदान गर्ने कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।
नारायण नगरपालिकामा यतिबेला करिब २५० भन्दा बढि महिलाहरु गर्भवति रहेको र उनिहरुले जन्माउने बच्चा स्वस्थ हुुनुका साथै आमाको स्वास्थ्य समेत स्वस्थ हुदैँ मातृ शिशु मृत्युदरमा कमी ल्याउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उक्त “गर्भवती महिलासँग नगरउपप्रमुख भेटघाट कार्यक्रम” एक कार्यक्रमको अवसरमा बोल्दै नगरउपप्रमुख तप्ता कुमारी थापाले आफु पनि महिला भएको गर्भवति आमा दिदीबहिनीहरुको पिँडाको महसुस आफुले भोगेको भन्दै दुःखको बेलामा स्थानिय सरकारको अनुभुतिका साथै उनिहरुको स्वास्थ्य अवस्थाको सन्दर्भ बुभ्mनका लागि समेत कार्यक्रमलाई निरन्तरता दिएको स्पस्ट पार्नुभयो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै नारायण नगरपालिका नगरप्रमुख लोमन सर्माले स्वस्थ बच्चा जन्माउन हरेक आमाहरुको भुमिका हुने भन्दै भोलिको नगरका कर्मठ नागरिक बच्चाहरु हुने भएकाले स्वस्थ बच्चाको जन्ममा सरकारको समेत जिम्मेवारी हुनेमा जोड दिनुभयो ा
नगरपालिकाले गर्भवति आमाहरुको स्वास्थ्य परिक्षणको लागि नगरपालिकाको हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गरेको छ ।
