२०८१ पुष ११ बिहीबार
२०८१ पुष ११ बिहीबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १७, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ र ५ को बिच क्षेत्रमा अवस्थित चिरुवाखोला त्यस क्षेत्रको तराँईको रुपमा रहेको छ । लटरम्म धान फल्ने उर्वरा भुमि त्यति मात्र होइन सदाबहार पानि बग्ने उक्त क्षेत्र त्यस क्षेत्रका नागरिकहरुको हातमुख जोर्ने क्षेत्र समेत हो भन्दा फरक नपर्ला ।
जेठ महिनामै रोपाई हुने चिरुवाखोला क्षेत्रका खेतहरु यतिबेला लहलह अवस्थामा थिए । गत भाद्र १३ गते राति आएको अविरल वर्षा र माथिबाट खोलामा आएको बाढिले खेतलाई बगरमा परिणत गरिदिएपछि किसानहरुको मेहनेत र परिश्रम बालुवाको पानी भएको छ ।
यो बज्रपात पनि अव्यवस्थित सडककै कारण भएको हो । चामुण्डाबिन्द्रासैनी हाडाकोट सडक खण्डको बुडेली सडकबाट बगेर गएको ढुंगा र माटोले खेत र धानबाली नष्ट हुनुका साथै खेतबारी बगरमा परिणत भएको तथ्यलाई नकार्न सकिदैन । विगतका वर्षहरुमा सामान्यतया पानी पर्ने गरेकोले सामान्य क्षति भएपति यतिबेला भने किसानहरुको धानबाली , खेतबालीमा नराम्रो क्षति पुगेपछि किसानहरु टाउकोमा हात
उक्त बाढी र पहिरोका कारण खेतबाली मात्र होइन चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ को साल्डाडा बस्ति समेत धरापमा परेको छ । सानो डाडामा साल्घारीको बिचमा अवस्थित १५ वटा घरहरु भएको उक्त बस्तिमा पहिरो जान थालेपछि नागरिकहरु त्रसित भएका छन । आकासमा वादल आउनासाथ उनिहरुको सातोमात्र जाँदैन कतिबेला पहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा निन्द्रामा निदाउन र भोकमा खान समेत नसक्ने उनिहरुको भनाई रहेको छ ।

उक्त बस्तिको पहिरो र चिरुवाखोला खेतमा भएको क्षतिको स्थानिय जनप्रतिनिधिहरु र सरोकारवालाहरुबाट अवलोकन गरिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ र ५ का जनप्रतिनिधिहरुले स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु र स्थानियबासी सहित गरिएको अनुगमनको क्रममा भएको क्षतिको राज्यस्तरबाट आवश्यक मुल्यांकन गरि राहत उपलव्ध गराउनुका साथै जोखिमयुक्त बस्तिको समेत स्थानान्तरण हुनुपर्ने बताएका छन ।

यसरी राज्य स्तरबाट आवश्यक गुरुयोजना बिना मनपरि बनाइएका सडकले विकास होइन वर्षेनी विनास निम्त्याईरहेका छन । अव्यवस्थित सडकका कारण कतै बाढीपहिरो त कतै खेतियोग्य जमिन बगरमा परिणत हुदाँ नागरिकहरुले सास्ति व्यहोर्नु परिरहेको छ । तसर्थ यतिबेला लागेको घाउले भोलि क्यान्सरको रुप लिन नपावस भन्नका लागि राज्यस्तरबाट आवश्यक औषधि उपचार गर्नुको विकल्प छैन ् ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १६, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ को हाडाकोट क्षेत्र एक विशेष पहिचान बोकेको क्षेत्र हो । मिलेको बस्ति र उर्बरभुमिका साथै दैलेखको एक शैक्षिक हबको रुपमा समेत परिचित क्षेत्र हाडाकोट यतिबेला पहिरोको चपेटामा परेको छ । गत भाद्र १३ गते राति करिब ४ घण्टा परेको अबिरल पानिका कारण हाडाकोटको केलाडी बस्ति नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।
अव्यवस्थित रुपमा बनाइएको पर्यटकिय राजमार्ग तथा प्रशासनिक सडकको रुपमा रहेको ठाँटिकाँध मटेला हाडाकोट बुडेली सडकका कारण उक्त क्षेत्र पहिरोको चपेटामा परेको हो । सडकको ढल निकास उचित तरिकाले हुन नसक्दा लामो दुरीबाट सडकको पानि उक्त बस्तिमा पुगेपछि पहिरो गएको स्थानियबासिहरुको भनाई रहेको छ । पहिरोका कारण यतिबेला हाडाकोट केलाडिका धेरै घरपरिवार विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ भने बाँस्खेत हुदैँ भलायातडा सम्मको जमिन काम नलाग्ने अवस्थामा पुगेको छ । पहिरोका कारण लगाएको मकैबाली देखि लटरम्म धान फलेका खेतहरु पहिरोको सिकार भएका छन भने बाटोघाटो लगाएत पानिका मुहान र योजनाहरु समेत क्षतविक्षत भएका छन् । यतिबेला गाउँको बिचमा ठुलो खहरे खोला बनेको छ । पहिरोका कारण हाडाकोट केलाडी क्षेत्रका करिब ३५ वटा घरहरु स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन भने करिब ६० भन्दा बढि स्थानियको खेतबारी पुर्णरुपमा क्षति भएको छ । वर्षभरि खान पुग्ने लटरम्म फलेको धान समेत यतिबेला पहिरोको सिकार हुन पुगेको छ । यतिबेला पहिरोबाट पिडित स्थानियबासीहरु विक्षिप्त बन्दै आफुहरुको उचित व्यवस्थापन हुनुपर्ने माग गरिरहेका छन ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ हाडाकोट केलाडि गाउँका ४७ वर्षिय राम बहादुर शाही समेत पहिरो पिडित हुन । उनको घर नजिकै पहिरो गएको छ । उनको वर्षभरी खाने खेत समेत पहिरोको सिकार भएको छ । आँखाभरी आशु झार्दै उनले भने “के गर्नु हजुर यतिबेला हामी बाँच्नु न मर्नुको अवस्थामा पुगेका छौँ, हुन त यो जमिन धेरै वर्ष पहिले भासिएको हो , तर पनि यतिबेला माथि सडकको पानी यतै आउने बनाए, रातिको ठुलो पानिले पहिरो गयो सबै सकियो, ठुला ढुंगा समेत खसे रातभर निन्द्रा लागेन, अब कुन दिन यहि घर पनि जान्छ अनि हाम्रो ज्यान पनि जान्छ कि भन्ने डर लाग्छ ।”
सोहि गाउँका अर्का स्थानिय अम्मर बहादुर कामीको पिँडा पनि कम छैन । आफन्तको मृत्युमा काजक्रियामा सेतो पहिरनमा बसेका उनि भन्छन् “ पहिरो त हजारौँ देखियो यस्तो त कहिल्यै भएन, सडकलाई पहिले पनि भन्यौँ कसैले सुनेन आज यो समस्या भयो, खानेपानीको मुहान समेत सकियो ,कसरी हुन्छ सरकार सँग खबर पुगोस ।”
आकस्मिक रुपमा गाउँमा गएको पहिरो तथा त्यसले पारेको प्रभाव र क्षतिको अनुगमन तथा निरिक्षण गरिएको छ । स्थानिय वडाका जनप्रतिनिधिहरु, प्रहरी लगाएत स्थानियबासी र पिडित स्थानियबासीले पहिरोका कारण हुन गएको क्षतिको अनुगमन गरेका छन । हाडाकोट केलाडि बस्ति देखि रामाघाट मटेला क्षेत्र सम्म पहिरोका कारण धानखेति लगाएत अन्य संरचनाको क्षतिको अवलोकन गरिएको छ । जसप्रति सरोकारवालाहरुले सडकको पानिको उचित व्यवस्थान नभएको खण्डमा आगामी दिनहरुमा थप धनजनको क्षति हुनसक्ने भन्दै त्यसका लागि स्थानिय सरका हुदै राज्यका माथिल्लो निकायले समेत उचित ध्यान दिनुपर्ने बताएका छन । अनुगमनको क्रममा चामुण्डाबिन्द्रासैनी ३ का वडाध्यक्ष दिप बहादुर शाहीेले भन्नुभयो “ पहिरोले बस्तिमा समस्या निम्त्यो, विगत देखि नै सडकको पानीको निकासको बारेमा कति प्रयास गरियो तर ठेकेदारले सुनुवाई नगर्दा आज यो विपत्ति आइपरेको छ, अब हामीले भनेर मात्र केहि गर्न सकिदैन ,पिडितको लागिद राहत मात्र होइन उनिहरुका लागि सुरक्षित बासस्थानको समेत आवश्यता छ भन्ने लागेको छ , हेरौँ कति सकिन्छ नगरपालिका समक्ष वास्तविकता पुगाउने र केहि गर्न सकिन्छ कि भन्ने लागेको छ ।”

अव्यवस्थित रुपमा बनाइएका सडकहरुले यतिबेला निम्त्याएको विनास इतिहासमा समेत विर्सिन नसक्ने अवस्थाको छ । विकास हुदा बिनास भन्ने उखान एकातिर छ भने अर्कोतिर आवश्यक मापदण्ड र हुनुपर्ने प्रावधान भन्दा बाहिर गएर बनाइएको सडकले सुविधा भन्दा क्षति पुगाउदा त्यसको कुनै अर्थ नभएको सहज अनुमान गर्न सकिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।