दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १९, २०८१
दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ स्थित जिल्लाकै एक मात्र अपांगता भएका बालवालिकाहरु अध्ययन गर्ने विद्यालय हो श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु किर्तिखम्ब । जिल्लाभित्रका दृष्ट्रिविहिन, अल्पदृष्ट्रिबिहिन र थप शारिरिक विकलांग भएका बालवालिकाहरु अध्ययन गर्ने उक्त विद्यालयका ति वालवालिकाहरुलाई सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपालको हातेमालो परियोजनाद्धारा सहयोग गरिएको छ । आवासिय रुपमा ब्रेल लिपि सहित अध्ययन अध्यापन हुने उक्त विद्यालयका बालवालिकाहरुलाई विभिन्न शैक्षिक सामाग्री देखि खेलकुद सामाग्री र आवासियरुपमा व्यवस्थापनका करिब ५ लाख बराबरका विभिन्न सामाग्री आज एक औपचारिक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सहयात्राद्धारा उक्त सामाग्री प्रदान कार्यक्रमको अवसरमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयलाई सुधारको पक्षमा विगत देखी काम भइरहेको भन्दै भौतिक स्रोत साधनबाट विद्यालयलाई नमुना बनाउने उद्धेश्यका साथ अघि बढिरहेको भन्दै शैक्षिक गुणस्तर विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि आवासिय रुपमा फरक क्षमता भएका बालवालिकाहरुलाई विभिन्न सामाग्री सहयोग प्रदानको क्रममा सोसेक नेपालका कार्यक्रम प्रमुख नवराज विसीले विगतदेखि नै अपांगता भएका वालवालिकाहरुकालागि सोसेक नेपालले विभिन्न परियोजना मार्फत सहयोग गर्दै आएको बताउदै उनिहरुको जीवनलाई सहज बनाउदै शैक्षिक क्षेत्रमा उपलव्धि हाँसिल गर्नका लागि शैक्षिक,खेलकुद र व्यवस्थापकिय सहयोग गरेको बताउनुभयो ।
खेलकुद लगाएत शैक्षिक र व्यवस्थापनका सामाग्री पाएपछि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु ७ का फरक क्षमता भएका वालवालिकाहरु खुशी भएका छन भने सहयात्राको सहयोगबाट ति वालवालिकाहरुलाई व्यवस्थापकि क्षेत्रमा ठुलो राहत भएको विद्यालयले जनाएको छ ।
त्यस बखत् भर्खरै साढे १६ बर्ष पार गरेको म, मनमा एक किसिमको अनौठो उर्जा थियो ,शरीरमा तन्नेरी जस्तै जोश थियो ,रेडियो र पत्रीका केही सुन्ने र पढ्ने भएकोले मेरा उमेर समुहका समकालीन युवाहरू भन्दा अलिकति केही बढी होश पनि थियो । हाम्रो छुट्टै प्रदेश भयो भने हामीले प्रदेश बाट हुने सम्पुर्ण कामहरु सुर्खेत बाट हुन्छन् र पहिलेको तुलनामा युवाहरुले रोजगारी र सिपमुलक अवसरहरु धेरै प्राप्त गर्न सक्छन् भन्ने कुरा मेरो मस्तिष्कमा खेलेको थियो ।
म त्यसरी समाज रुपान्तरणमा प्रत्यक्ष होमिएको त्यो आन्दोलन मेरो जिवनको पहिलो आन्दोलन थियो ।
बि.सं. २०७२ साउन २३ गते देखि चलेको तत्कालीन अखण्ड मध्यपश्चिम प्रदेशको आन्दोलनका हजारौं सहभागी मध्ये आन्दोलनमा सहभागी एक युवा म पनि हुँ । उक्त आन्दोलनमा म सुरुवातका ३ दिन पुर्ण रूपमा आन्दोलनमा सहभागी भएको थिए ।
म र म जस्ता हजारौं जोशिला युवा त्यो आन्दोलनमा , हिजो भन्दा अब भोलि थोर बहुत सामाजिक ,राजनैतिक र विभिन्न क्षेत्रमा प्रदेश सरकारले अधिकार र अवसर सिर्जना गर्ने कुरामा बिश्वस्त थिए ।
तर बिड्म्बना तिनि महत्वाकांक्षी सपनाहरु त कर्णालीका युवाहरूका लागि दिवा सपना भए नै तर युवाको हकहित र संरक्षण ,सम्बर्द्धन गर्ने प्रादेशिक युवा नीति र सरकारी संरचना प्रदेश युवा परिषद् सम्म पाएका छैनन् कर्णालीका युवाले अझै कति औं प्रदेश स्थापना दिवस मनाईसकेपछी कर्णालीका युवाले धेर थोर अधिकार प्राप्त गर्लान ?
प्रदेश स्थापनाका लागि भएको आन्दोलन सफल भएको दिनको सम्झनामा प्रदेश सरकारले भदौ ४ गतेलाई कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस तथा शहीद दिवसको रुपमा मनाउने गरेको छ ।
यसबिचमा कर्णाली प्रदेशमा ४ जना मुख्यमन्त्री भए , ६ जना सामाजिक बिकास मन्त्री भए ,हामीले कैयौंपटक उहाँहरुलाई प्रत्यक्ष भेट गरि युवाका सवाललाई सम्बोधन गर्न अनुनयन बिनय गरेतापनी ,अहँ ,कसैले सुनिवाई गरिदिनु भएन ।
युवाहरुले लडेर ल्याएको प्रदेशले युवाको निम्ति हिजो सन्तुष्टिजनक काम नगरेपनि अबको दिनमा युवालाई सन्तुष्टि मिल्ने, कर्णालीका युवाहरूलाई कर्णालीमै बसेर उद्यम गर्न मिल्ने, कर्णालीमै बसेर अध्यन गर्न मिल्ने, कर्णालीमै स्वास्थ्य उपचार सेवा सहजै पाउने भएगरेका संरचना तथा संयन्त्रको सुधार र आवश्यक संयन्त्रको निर्माण गर्नुपर्ने हुन्छ।
संघीयता प्रति जनविश्वास बढाउन, प्रदेश संरचनाको औचित्य पुष्टि गर्न, प्रदेशले युवा नेतृत्व, उद्धमशिलता , सिप र लगानीमा जोड दिनुपर्छ। युवालाई आफ्नो देश प्रतिको गौरव बढाउन तल तल सिंहदरबारको अधिकार लिएर आएका प्रदेश र स्थानीय सरकारले जनअपेक्षालाई ख्याल राख्नुपर्छ। सेवा दिने प्रणाली सरल र सुशासन युक्त बनाउनुपर्छ। तब पो हिजो म जस्तै कर्णाली प्रदेश चाहिन्छ भनेर आन्दोलन गर्ने युवाको प्रदेश प्रति विश्वास बढछ साथै सहिदहरुको सपना साकार हुन्छ।
नोट ः लेखक राजेन्द्र अधिकारी कर्णाली प्रदेशको पहिलो स्थानीय युवा परिषद् , भगवतीमाई गाउँ युवा परिषद् ,दैलेख का कार्यकारी उपाध्यक्ष र युवा अभियानमा बिगत सात बर्ष देखि सक्रिय ब्याक्तित्व हुनुहुन्छ ।