२०८१ कार्तिक २३ शुक्रबार
२०८१ कार्तिक २३ शुक्रबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज १८, २०८१

कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित छ त्रिपुरा सुन्दरी । त्रिपुरा सुन्दरी मन्दिरको नामबाट यतिबेलाको त्रिपुरा सुन्दरी नगरपालिकाको नामाकरण समेत गरिएको छ । बडिमालिका देविको कान्छि बहिनीको रुपमा अवस्थित त्रिपुरासुन्दरी देविलाई बाला त्रिपुरा समेत भन्ने गरिन्छ ।
नौ बहिनी देविहरु मध्ये सबैभन्दा जेठि बाजुरामा अवस्थित बडिमालिका देवि र कान्छि बाला त्रिपुरा सुन्दरीलाई लिने गरिन्छ । प्राचिन किंवदन्ति अनुसार त्रिपुरा सुन्दरीको मन्दिर रहेको स्थानमा एउटा ढुंगे ओखलमा एक माना धान कुट्दा दुई माना देखि आवश्यकता अनुसार चामल हुने र पछि उक्त ओखललाई त्यस क्षेत्रका विष्ट समुदायले रातदिन खनेर पल्टाउन खोज्दा नौ वटा पुतलिहरु उडेको साथै अन्य पुतलिहरु गएपनि सबैभन्दा कान्छि बाला त्रिपुरा घाइते भई जान नसकेपछि सोहि स्थानमा देविका रुपमा बिराजमान भएको बुझिन्छ । जस बडीमालिका देवि बाजुरा,अनुसार जुम्लाकी कनका सुन्दरी , नेपालगञ्ज बागेश्वरी, खैराबांग भगवति सल्यान लगाएत अन्य देविहरुलाई बहिनीहरुका रुपमा लिइन्छ ।

बाजुराको बडिमालिका देवि दर्शनका लागि पुग्न नसकेपछि बाला त्रिपुरा देविको दर्शनले मनोकामना पुरा हुने भनाईमा डोल्पा जिल्लामा अवस्थित त्रिपुरादेवि मन्दिर क्षेत्रमा यतिबेला पनि देशका विभिन्न क्षेत्रहरुबाट विभिन्न पर्वहरुमा पैदलमाग र यातायातका साधनहरुबाट मानिसहरु दर्शनका लागि पुग्ने गर्दछन । जुन मन्दिर आवश्यक व्यवस्थापन र प्रचारप्रशारको अभावमा लुप्त अवस्थामा छ । बडादशैँ, चैतेदशै लगाएत विशेष तिथिहरुमा विशेष पुजाआजा हुने र सदाबहार खुल्ला हुने उक्त मन्दिरमा देशमा रहेका विभिन्न गुठिहरु जस्तै त्रिपुरा देविको नाममा समेत गुठी रहेको र त्यसैबाट विगतका दिनहरुमा पुजाआजा चल्ने भएको भएपनि यतिबेला मन्दिरमा चढेको भेटिबाट मन्दिरको व्यवस्थापन लगाएत पुजापाठ भइरहेको मन्दिरका पुजारी लक्ष्मी प्रसाद उपाध्याय न्यौपानेको भनाई रहेको छ ।

डोल्पा दुनै सडकसँगै विशेष र फराकिलो टापुमा भेरी नदिको किनारामा अवस्थित बाला त्रिपुरा सुन्दरी देविको मन्दिरको राज्य स्तरबाट आवश्यकता बमोजिम व्यवस्थापन हुन सकिरहेको छैन । मन्दिरको चौतर्फी स्थानियबासीहरुले घर टहरा निर्माण गरिरहेका छन भने यतिबेला पनि मन्दिरसँगै जोडेर धर्मशाला निर्माण गरिएको छ । साथै मन्दिर क्षेत्रमा पुग्ने अति विशिष्ट भक्तजनहरुका लागि विशेष सुविधासहितको धर्मशाला निर्माणको काम समेत भइरहेको छ जसले मन्दिरलाई कुरुप बनाउदै गइरहेको छ ।

यता उक्त मन्दिरको पहिचान सँग जोडिएको त्रिपुरासुन्दरी नगरपालिकाले पनि मन्दिरको व्यवस्थापनको लागि सामान्य सहयोग गर्दै आइरहेको छ । विगतका दिनहरुमा मन्दिर क्षेत्रमा भौतिक निर्माणका कामहरु नभएपनि यतिबेला मन्दिरको आवश्यकता अनुसार विभिन्न कामहरु भइरहको र थप बजेटको व्यवस्थाप समेत गरिएको त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवी घर्तीको भनाई रहको छ ।

यसरी देशकै मुख्य पहिचानको रुपमा रहेको त्रिपुरा सुन्दरी देवि मन्दिर पर्यटकिय र धार्मिक क्षेत्र समेत हो । देशका विभिन्न स्थानबाट पैदलयात्रा र यातायातका साधनहरुबाट हप्तौ लगाएर आउने पर्यटक र भक्तजनहरुका लागि त्रिपुरा सुन्दरी क्षेत्र सोचेजस्तै बनाउनका लागि राज्यस्तरबाट आवश्यक गुरुयोजना बनाइनुपर्ने आजको आवश्यकता हो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।