२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज २३, २०८१

कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको दैलेखको गुराँस गाउँपालिकाले अन्तरपालिका समन्वय वैठक सम्पन्न गरेको छ । जिल्लाका ११ वटा स्थानिय तहहरु मध्ये फरक पहिचान बनाएको गुराँस गाउँपालिकाले आफुसँग सिमा जोडिएका सुर्खेत ,अछाम, दैलेख र जाजरकोटका विभिन्न अन्य ८ वटा स्थानिय तहसँगको समन्वय, सहकार्य र भातृत्व कायम गर्न उक्त अन्तरपालिका समन्वय वैठक फलदायि हुने अपेक्षा गरिएको छ ।
गुराँस गाउँपालिकाद्धारा आयोजना गरिएको अन्तरपालिका समन्वय वैठकमा गुराँससँग जोडिएका दैलखका विभिन्न पालिकाहरु दुल्लु नगरपालिका, डुंगेश्वर गाउँपालिका, भगवतिमाई गाउँपालिका, सुर्खेतका बराहताल गाउँपालिका, चिंगाढ गाउँपालिका, बिरेन्द्र नगरनगपालिका अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका लगाएत जाजरकोटको शिवालय गाउँपालिकाका प्रमुख उपप्रमुख लगाएत प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्लामै पहिलो पटक गुराँस गाउँपालिकाले सञ्चालन गरेको उक्त अन्तरपालिका स्तरिय समन्वय वेठकले पालिकाक्षेत्रका विभिन्न समस्या समाधानका लागि आवश्यक सहकार्य गर्दै समन्वयात्मक भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । अन्तरपालिका भित्रका सिमाविवाद, नदिजन्य पदार्थको उत्खनन र वित्रिवितरण, बन, नदी,खोला, सडक, विद्युत लगाएत विभिन्न विकास पुर्वाधारका सन्दर्भमा भएका समस्याको आपसी समझदारीमा समाधान गर्न सकिने बताइएको छ ।
उक्त अन्तरपालिका स्तरिय समन्व वैठक उद्धघाटनको क्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले आपसि अन्तरसम्बन्धमा रहेका पालिकाहरुले साझा समस्या पहिचान गर्दै त्यसको समाधानकालागि साझा धारणा बनाएको खण्डमा हरेक चुनौतिको सामना गर्न सहज हुने भन्दै गरिएको प्रयास उदाहरणिय रहेको बताउनुभयो ।

उक्त वैठकमा सहभागि विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्ना साझा समस्याका सन्दर्भमा धारणा राख्दै हरेक विषयवस्तुहरुमा आफुहरुले गर्ने सहकार्य प्रति प्रतिवद्धता जनाएका छन । अन्तरपालिका समन्वय वैठकको अवसरमा बोल्दै गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोप बहादुर बिसीले वैठक सकारात्मक रुपमा सफल भएको भन्दै पालिका भित्रका हरेक समस्याको पहिचान गर्दै त्यसको समाधानको बाटो खोज्नका लागि समेत अन्तरपालिका स्तरिय वैठकको आयोजना गरिएको बताउनुभयो ।

उक्त गुराँस अन्तरपालिका स्तरिय समन्वय वैठकले १२ वुँदे साझा गुराँस रानिमत्ता २०८१ घोषणा पत्र समेज जारी गरेको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।