
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
५ मंसिर ,२०८१
आगामी मंसिर १६ मा हुने स्थानिय तहको उपनिर्वाचन २०८१ मा दैलेखको महाबु गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दुर्ग बहादुर मगरले नेपाल मजदुर किसान पार्टी स्थापना कालदेखि शोसित पिडित जनताको साथमा रहेर हरेक विकृति विसंगति, भ्र्रष्ट्राचार अन्याय र अत्याचारका विरुद् काम गर्दै आइरहे सन्दर्भ उठान गर्दै हरेक निर्वाचनमा जनताको चेतनास्तर मापनका लागि चुनावमा भाग लिदैँ आइरहेको बताउनुभयो । आगामी उपनिर्वाचन र महाबु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएको मगरले ठुला शासक र पुजिवादी पार्टीहरुले जनतासँग झुटो बोलेर पैँसामा समेत जनताको मत किनेर चुनाव जित्ने पछि जनतलाई पशुजस्तै सोच्ने गरेको तितो यर्थातलाई चिरफार गर्नका लागि महाँबुका मतदाताहरुले एक पटक सोच्नुपर्ने बेला आएको भन्दै त्यसका लागि पार्टीबाट आफु उम्मेदवार भएको र मतदान गर्नेमा आशावादी रहेको बताउनुभयो ।
उहाँसँग गरिएको कुराकानीको पुरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ……… https://youtu.be/S46z8vPi22Y
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
५ मंसिर ,२०८१
आगामी मंसिर १६ मा हुने स्थानिय तहको उपनिर्वाचन २०८१ मा दैलेखको महाबु गाउँपालिकामा नेकपा माओवादी केन्द्र पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंग बहादुर बराल मगरले एमाले काग्रेँस जस्ता पार्टीहरु भ्रष्ट्राचारमा लिप्त हुने गरेको भन्दै त्यसको अन्त्य माओवादी केन्द्रले गर्ने दाबि गर्नुभयो । उहाँले भुगोल अन्लाइनसँगको कुराकानीको क्रममा यतिबेलाको संघियता माओवादीको उपलव्धी भएको भन्दै गाउँगाउँ बस्तिबस्तिमा गएर जनतालाई सचेत गर्दै यतिबेलाको उपनिर्वाचनका लागि मत मागिरहेको बताउनुभयो । यतिबेला जनता निराशाको भुमरीमा रहेको भन्दै समग्र महाबुको विकास र शुसासनका लागि महाबु बासीले मतदान गर्नेमा आफु ढुक्क भएको बताउनुभयो ।
पुरा भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला …. https://youtu.be/MG0piop4WJM
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
५ मंसिर ,२०८१
आगामी मंसिर १६ मा हुने स्थानिय तहको उपनिर्वाचन २०८१ मा दैलेखको महाबु गाउँपालिकामा नेकपा एमाले पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंग बहादुर शाहीले यतिबेलाको उपनिर्वाचन आफ्नो पक्षमा हुने बताउनुभएको छ । भुगोल अन्लाईनसँगको कुराकानीको क्रममा “तपाँईलाई महाबुका मतदाहरुले किन मतदान गर्ने त ?” भन्ने प्रश्नमा उम्मेदवार शाहीले आफुले विगत २०७४ को स्थानिय निर्वाचनमा महाबुको अध्यक्ष हुँदा धेरै विकास निर्माणका कामहरु गरेको दावि गर्दै केहि विकासनिर्माण र जनसरोकारका विषयहरु पछिल्लो सरकारको पालामा अलपत्र परेको भन्दै आफुले जग हालेर छोडेको महाबुको विकासनिर्माणलाई पुर्णता दिनका लागि यतिबेला पार्टीले उचित मुल्यांकन गर्दै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदारी दिएको सन्दर्भ उठान गर्दै जनताकै चाहना बमोजिम अगाडी सरेकोमा मतदान गर्नेमा ढुक्क भएको बताउनुभयो ।
उहाँले पार्टीका साथीहरु सबैले सर्वसम्मत अध्यक्ष पदको उम्मेदवारीमा चयन गरेकोले पार्टी कार्यकर्ताहरुमाझ कुनै तिक्तता नभएको समेत कुराकानीको क्रममा बताउनुभयो । साथै नेकपा समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका साथीको समेत आफुलाई पुरा सहयोग भएकाले पुनः आफु २ वर्षका लागि महाबु गाउँपालिका अध्यक्षमा चयन हुनेमा दुईमत नभएको समेत ठोकुवा गर्नुभयो ।
बाँकी तलको भिडियो हेर्नुहोस ………. https://youtu.be/1IfxnFix65k