दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर १३, २०८१
नेकपा एमालेका वष्ठि उपाध्यक्ष एवं पुर्व उपाध्यक्ष इश्वर पोख्रेलले यतिबेला एमाले विगतको भन्दा झन शसक्त भएर अघि बढेको बताउनुभएको छ । स्थानिय तहको उपनिर्वाचन २०८१ अन्तरगत दैलेखमा आयोजित आमसभालाई संवोाधन गर्न दैलेख पुग्नुभएको नेता पोखरेलले विगतको स्थितिमा एमाले केहि कमजोर भएपनि यतिबेला शसक्त भई अघि बढेको भन्दै समग्र देश विकास र शुसासनका लागि एमाले मात्र विकल्प भएको जिकिर गर्नुभयो ।
उपाध्यक्ष पोख्रेलले एमाले भ्रष्ट्राचार व्यथिति भन्दा माथि उठेर काम गर्ने भन्दै देशमा न्याय स्थिरताका लागि देशका तिनै तह संघ प्रदेश र स्थानिय तहमा एमालेको सरकार हुनु आवश्यक भएको भन्दै सम्पुर्ण नेता कार्यकर्ताहरुलाई एक भएर यतिबेलाको स्थानिय तहको उपनिर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजय गर्नका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभयो ।
नेता पोखरेलले दैलेखमा उपनिर्वाचन हुने दुल्लु नगरपालिका वडा नं. १३ को आमसभालाई संवोधन पश्चात महाबु गाउँपालिकाको पार्टीको आमसभालाई संवोधनका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।