दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ३,२०८१
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपाल द्धारा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकालाई भण्डारण र विपद प्रतिकार्यका लागि अस्थायी सिकाई केन्द्र र गैह््र खाद्य सामाग्री प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच नगरपालिकालाई भुकम्प लगाएत विपद्को समयमा समस्यामा परेका परिवार र व्यक्तीहरुका लागि जीवनरक्षाको कार्यमा सहयोग हुने भन्दै आकस्मिक रुपमा निर्माण गर्न सकिने २ कोठे प्रिफेज भवनका सामाग्रीहरु देखी अन्य व्यवस्थापनका सामाग्रीहरु प्रदान गरिएको छ । जसमा करिब १३५००००। बराबरका विभिन्न घरायसी सामाग्रीहरु कपडाहरु, भाँडाकुडाहरु देखी बन्दोबस्तिका सामानहरु रहेका छन ।
सामाग्री हस्तान्तरणको अवसरमा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले पहिरो भुकम्प लगाएत विपद् आएको सन्दर्भमा तत्काल राहत प्रदान गर्नका लागि सहयोग होस भनेर विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको बताउनुभयो ।
नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु मार्फत सेभ द चिल्ड्रेनद्धारा सोसेक नेपालसँगको सहकार्यमा शिक्षा क्षेत्रमा समेत उपलव्धीहरु हाँसिल भइरहेका छन । नगरपालिकालाई उक्त सामाग्री हस्तान्तरण गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विगतमा विभिन्न भुकम्पले पाठ सिकाएको भन्दै त्यसको लागि विपद प्रतिकार्य तयारी आवश्यक रहेको र सेभ द चिल्ड्रेन द्धारा गरिएको सहयोग उच्च रहेको बताउनुभयो ।
उक्त हस्तान्तरण कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले नगरपालिकाले विगत देखी विपद् व्यवस्थापन कोष मार्फत काम गर्दै गरेको भन्दै यतिबेला पनि विपद्मा बजेट व्यवस्थापन रहेकोमा यतिबेला गरिएको सहयोगले झनै राहत महशुस गरेको बताउनुभयो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ३,२०८१
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपाल द्धारा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको वार्षिक समिक्षा गोष्ठि तथा परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । सामाजिक सेवाको क्षेत्रमा विभिन्न क्षेत्रमा क्रियासिल सोसेक नेपालद्धारा सञ्चालित सहयात्रा तेस्रो परियोजना मार्फत चामुण्डाबिन्द्रासैनी नगरपालिका भित्रका विद्यालयको शैक्षिक र भौतिक सुधारका विभिन्न कामहरु भइरहेका छन ।
परियोजनाको वार्षिक समिक्षाको अवसरमा जनप्रतिनिधिहरु र सरोकारवालाहरुको विभिन्न समुह मार्फत परियोजना सञ्चालित विद्यालयहरुको अवलोकल र अनुगमन समेत गरिएको छ । परियोजनाले नगरपालिका क्षेत्रका दुर्गममा रहेका विभिन्न विद्यालयहरुमा विभिन्न भौतिक संरचनाहरुको निर्माण सँगै शैक्षिक सामाग्रीहरुको व्यवस्थापन समेत गरिएको छ ।
सहयात्रा परियोजनाको वार्षिक समिक्षाको अवसरमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले हरेक व्यक्तीले गल्तिको महशुस गर्दा आफुबाट गर्नुपर्नेमा जोड दिदैँ परिवर्तनको काम पनि आफुबाट नै सुरुवात गरेको खण्डमा शुखी नेपाली संवृद्ध नेपालको परिकल्पना साकार हुने बताउनुभयो ।
यसै गरि परियोजनाको समिक्षाको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले परियोजनाले नगरपालिका क्षेत्रमा उल्लेखनिय प्रगति गरेको भन्दै परियोजनालाई आगामी दिनमा वडा देखी बस्ति सम्म सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।