
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ६,२०८१
योनिक तथा लैंगिक अल्पसँख्यकहरुको मानव अधिकार अवस्थाको सवालमा सुर्खेतमा वृहत अन्तरक्रिया गरिएको छ । सेभ द चिल्ड्रेन र डिसिएको आर्थिक सहयोगमा सोसेक नेपाल द्धारा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले योनिक तथा लैंगिक अल्पसंख्यकहरुको वर्तमान अवस्था र उनिहरुले मानव अधिकारका क्षेत्रमा भोग्नुपरेका समस्याहरुका बारेमा आवाज उठाएका छन । कर्णाली प्रदेश स्थित विभिन्न सरकारी कार्यालय र संघसंस्थका प्रमुखहरु लगाएत प्रहरी प्रशासन लगाएत मानव अधिकारका क्षेत्रमा आवाज उठाउने व्यक्तीहरुले अन्तरक्रियामा सहभागिता जनाएका छन ।
तेस्रो लिंगिका रुपमा चिनिने योनिक तथा लैगिंक अल्पसंख्यकहरुले समाजमा मात्र नभएर आफ्नो घरपरिवारबाटै तिरस्कृत हुदैँ समाजमा अपहेलना खेप्दै छिछि र दुरदुरको अवस्था भोग्नुपरेको तितो यर्थातलाई अन्तरक्रिया कार्यक्रमको अवसरमा उठान गरिएको छ । अन्य नागरिक सरह उनिहरुले पनि समाजमा बाँच्न पाउनुपर्ने र उनिहरु पनि समाजका सक्षम नागरिकको रुपमा स्थापित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उनिहरुले राज्यस्तरबाट समेत उचित अधिकार प्राप्त नगरेको सहभागिहरुले बताएका छन ।
हरेक व्यवहारमा महिला या पुरुष मात्र हुने भएको र कतै पनि अन्य भनेर प्रचलनमा समेत नआएको भन्दै योनिक तथा लैंगिक अल्पसँख्यकहरुले कानुनमा समेत प्रष्टरुपमा आफुहरुका सन्दर्भमा पहिचान हुनुपर्नेमा जोड दिएका छन । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कर्णाली प्रदेश उच्च अदालतका कायम मुकायम मुख्य न्यायधिस कृष्णलाल भट्टराईले राज्यले सबैलाई बराबर अधिकार दिएको भन्दै योनिक तथा अल्पसंख्यक नागरिकहरुले आफ्नो अधिकार लिनका लागि आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै गरि कार्यक्रमको अवसरमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख रमेश कुमार थापाले अहिलेको वर्तमान अवस्थामा योनिक तथा लैंगिक अल्पसँख्यकहरुले सामान्य कुरामा समेत वाधा खेप्दै समस्यामा परेको भन्दै त्यसमा मानव अधिकार आयोगले पुर्ण भुमिका खेल्नेमा दुइमत नभएकोमा जोड दिनुभयो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले योनिक तथा लैंगिक अल्पसँख्यकहरुको मानव अधिकारको रक्षा गर्दै उनिहरुको अवस्थाको बारेमा जानकारी दिनका लागि मात्र नभई उनिहरुलाई राज्यले समेत पहिचान गरोस भन्नका लागि गरिएको अन्तरक्रिया फलदायि भएको बताउनुभयो ।
कर्णाली प्रदेशमा यतिबेला योनिक तथा लैंगिक अल्पसँख्यक व्यक्तीहरु विस्तारै पहिचान खोज्दै समाजको मुलधारमा आउने क्रम बढ्को छ । यतिबेलासम्म करिब ३० भन्दा बढि योनिक तथा लैंगिक अल्पसँख्यक व्यक्तीहरु एकतावद्ध हुर्दै अघि बढेका छन ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण योनिक तथा लैगिंक अल्पसख्यकको अगुवा भुमिका श्रेष्ठले गर्नुभएको थियो ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ३,२०८१
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपाल द्धारा दैलेखको गुराँस गाउँपालिकालाई भण्डारण र विपद प्रतिकार्यका लागि अस्थायी सिकाई केन्द्र र गैह््र खाद्य सामाग्री प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच नगरपालिकालाई भुकम्प लगाएत विपद्को समयमा समस्यामा परेका परिवार र व्यक्तीहरुका लागि जीवनरक्षाको कार्यमा सहयोग हुने भन्दै आकस्मिक रुपमा निर्माण गर्न सकिने २ कोठे प्रिफेज भवनका सामाग्रीहरु देखी १५ घर परिवारका लागि विभिन्न बन्दोबस्तका सामाग्रीहरु र अन्य व्यवस्थापनका सामाग्रीहरु प्रदान गरिएको छ । जसमा करिब १३५००००। बराबरका विभिन्न घरायसी सामाग्रीहरु कपडाहरु, भाँडाकुडाहरु देखी विद्यालय स्तरमा शिक्षक र विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्रीहरु रहेका छन ।
सामाग्री हस्तान्तरणको अवसरमा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले विपद बाजा बजाएर एवं जानकारी गराएर नआउने भन्दै विपद् पश्चात विद्यालय क्षेत्रमा तत्काल कक्षाकोठा निर्माण गर्दै अध्ययन व्यवस्थापन गर्न र त्यमा विपदमा परेका नागरिकहरुलाई समेत राहत प्रदान गर्न सकिनेमा जोड दिदैँ आगामी दिनहरुमा गाउँपालिकाले समेत थप सामाग्री व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
बाइट ः हिरासिंह थापा सोसेक नेपाल कार्यकारी निर्देशक……..
उक्त भण्डारण र विपद प्रतिकार्यका लागि अस्थायी सिकाई केन्द्र र गैह््र खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा योजना राय मन्त्री गमता विकले कर्णाली प्रदेश विकट क्षेत्रको रुपमा रहेको भन्दै विपदको समयमा तत्काल राहत समेत उपलव्ध हुन नसक्ने अवस्थामा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगको खुलेरै प्रशंसा गर्नुभयो ।
बाइट ः राज्य मन्त्रि गमता विक भौतिक पुर्वाधार तथा योजना कर्णाली प्रदेश
उक्त भण्डारण र विपद प्रतिकार्यका लागि अस्थायी सिकाई केन्द्र र गैह््र खाद्य सामाग्रीहरु ग्रहण गर्दै गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले गाउँपालिका स्तरबाट विगतका दिनहरु देखी नै विभिन्न विपत प्रतिकार्यका सामाग्रीहरुको व्यवस्थापनमा जोड दिदैँ आएको सन्दर्भमा यतिबेलाको सहयोगले प्रभावकारी भुमिका खल्ने बताउनुभयो ।
बाइट ः टोप बहादुर बिसी अध्यक्ष गुराँस गाउँपालिका दैलेख