दिपेन्द्र कार्की बस्ताकोटी ,दैलेख
२३ पौष २०८१
दैलेखको दुल्लु नगरपालिकामा दुल्लु नगर खेलकुद विकास समिति गठन गरिएको छ । दुल्लु नगरपालिकाको समग्र खेलकुद क्षेत्रलाई अगाडी बढाउनका लागि उक्त समिति गठन गरिएको हो । विगत लामो समय देखि रिक्त रहेको खेलकुद विकास समिति नहुँदा दुल्लु नगरपालिका क्षेत्रमा कुनैपनि खेलकुदका गतिविधिहरु अगाडी बढ्न नसक्नुका साथै विद्यालयस्तरको राष्ट्रपति रनिंग सिल्ड समेत हुन सकेको छैन ।
खेलकुद विधान अनुसार तोकिएको मापदण्डमा आधारित रहेर उक्त समिति गठन गरिएको दुल्लु नगरपालिकाले जनाएको छ ।
दुल्लु नगर खेलकुद विकास समितिको नवगठिन समितिको संयोजकमा शिक्षाविद तथा समाजसेवी उपेन्द्र कुमार शाह रहनुभएको छ भने अन्य पदाधिकारीहरुमा दिपेन्द्र कुमार पुरी, तेज बहादुर शाही, गणेश कुमार थापा, ललित प्रसाद पोखरेल,योगेन्द्र विक्रम शाह, लोकेन्द्र शाही, सुर्य विक, कमला रावत लगाएत शिक्षा शाखाबाट सदस्य सचिव थानेश्वर जैसी रहनुभएको छ ।
नवगठित उक्त समितिलाई आज एक कार्यक्रमका विच मनोनयन पत्र प्रदान गर्दै स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले दुल्लु क्षेत्रको समग्र खेलकुदको विकासमा सबैको जिम्मेवारी महत्वपुर्ण हुने भन्दै खेलकुदका हरेक कार्यक्रम समितिले जिम्मा लिने र त्यसको व्यवस्थापनमा नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।
भुगोल संवाददाता…….
आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ ।
आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएता पनि हिजोकै मूल्यमा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबारको तुलनामा आज चाँदीको मूल्य २० रूपैँयाले बढेको छ ।आज चाँदी प्रतितोला रू एक हजार आठ सय ३० मा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार भएका छन् ।
भुगोल संवाददाता..
मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६।१६ अंक बढेको हो । योसहित लगातार पाँचौं दिन बजार बढेको छ ।
आजको वृद्धिसँगै नेप्से २६४६ मा कायम भएको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।
१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । अरुभन्दा फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । सो समूह २।६५ प्रतिशत बढ्यो ।साथै व्यापार ०।५९, निर्जीवन बीमा ०।४२, माइक्रोफाइनान्स ०।४४, जीवन बीमा ०।६७, हाइड्रोपावर ०।४२, विकास बैंक ०।८० प्रतिशत बढे । बैंकिङ ०।२७, होटल तथा पर्यटन ०।०४, अन्य ०।१८ र उत्पादन समूह ०।२५ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सिन्धु विकास बैंकको ९।७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८।६ र अपरहेवाखोलाको ८।३ प्रतिशत मूल्य बढ्यो ।आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ८।४, उपकार लघुवित्तको ५।६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहे ।
साभार ः प्रभाव अन्लाईन……..
चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६।८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु९गहिराइ० १० किलोमिटर रहेको छ ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७।१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७।० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।
साभार ः कान्तिपुर अन्लाइन….