२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ५,२०८१

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखद्धारा दैलेखको पश्चिममा अवस्थित आठबिस नगरपालिकाको राकमकर्णाली बजारको अनुगमन तथा छड्के जाँच गरिएको छ ।
दैलेखको दोस्रो बजारक्षेत्रकोल रुपमा सुर्खेत जुम्ला कर्णाली राजमार्गसंगै रहेको र शुदुरपश्चिम प्रदेशको अछाम जिल्ला र कर्णाली प्रदेशको कालिकोट जिल्लाको संगमस्थलमा रहेको राकमकर्णाली बजार क्षेत्र नयाँ शहर आयोजनाको क्षेत्र समेत हो ।
उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैेलेखले जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख आठबिस नगरपालिका लगाएत आठबिस नगर उद्योग वाणिज्यसंघ संगको सहकार्यमा गरिएको अनुमगन तथा छड्के जाँचमा मेडिकल, खाद्यान्न तथा खुद्रा पशल, सुनचाँदी पशल, होटेल लगाएत विभिन्न व्यापार व्यावसायहरु करको दायरामा भएनभएको साथै खाद्यअखाद्य बस्तुहरु भए नभएको सन्दर्भमा कडा अनुगमन गरेको छ । सो अवसरमा व्यापारीहरुलाई नियमानुसार व्यापार व्यावसाय गर्न निर्देशन दिनुका साथै दर्ता बिना सञ्चालन भएका व्यापारव्यावसायलाई तत्काल नियमानुसार दर्ता गरि सञ्चालन गर्न समेत निर्देशन गरिएको छ ।
बजार अनुगमनको क्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख शंकर थापाले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै संयुक्तरुपमा गरिएको अनुगमन प्रभावकारी भएको भन्दै नियमानुसार अगामी दिनहरुमा समेत निरन्तर जिल्ला भित्रका बजारहरु अनुगमन गरिने बताउनुभयो ।
……..शंकर थापा कार्यालय प्रमुख उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख….

उक्त बजार अनुगमनको क्रममा म्याद नाघेका खाद्यबस्तु र पेय पदार्थहरुलाई नियन्त्रणमा लिएर स्थानिय व्यपारीहरु र सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
माघ ५,२०८१

दैलेखको ठाटिकाँध गाउँपालिकाले आफ्नो पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा विकास निर्माण, सुशासन र पारदर्शिता भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित विभिन्न बजेट, योजना लगाएत गाउँपालिकाको विभिन्न शाखाहरुद्धारा प्रवाह गरिएको सेवाहरुका सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम केन्द्रित रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष देविराम बडुवालले गाउँपालिकाको वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
………..देविराम बडुवाल उपाध्यक्ष एवं कावा अध्यक्ष ठाटिकाँध गाउँपालिका दैलेख……….

कार्यक्रममा गाउँपालिकाको वडा नं. १ देखी ६ नम्बर वडाक्षेत्रका सेवाग्राहीहरुले सहभागिता जनाउदै गाउँपालिका भित्र सञ्चालित विकासनिर्माण, शिक्षा, स्वास्थ्य, कृषि , पशुपालन लगाएत सरोकारका सन्दर्भमा प्रश्नोत्तर गरेका थिए । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जवाफदेहि वक्ताको रुपमा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष देविराम बडुवाल रहुनुभएको थियो भने अन्य जवाफदेहि वक्ताहरुमा जनप्रतिनिधिहरु , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्याय लगाएत विभिन्न शाखाका शाखा प्रमुखहरु र विभिन्न अन्य सेवाग्राही कार्यालयका प्रमुखहरु रहनुभएको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।