२०८१ माघ ९ बुधबार
२०८१ माघ ९ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
८ माघ,२०८१

दैलेखको महाबु गाउँपालिकाको १६औँ गाउँसभा एवं अधिवेशन आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा रहेको उक्त गाउँसभालाई गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले विधिवतरुपमा उद्धघाटन भएको थियो । गाउँसभा विविध छलफल सहित आवश्यक आर्थिक विनियोजन विद्येयक सहित महत्वपुर्ण योजनाहरु संशोधन सहित सम्पन्न भएको छ । गाउँसभामा उपाध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डेले आर्थिक विनियोजन ऐन लगाएत गाउँपालिकाको शंसोधिन बजेट प्रस्तुत गर्नुभएको थियो ।
………मञ्जु कुमारी शर्मा पाण्डे उपाध्यक्ष, महाबु गाउँपालिका दैलेख………

गाउँसभामा महाबु गाउँपालिकाको विभिन्न ५ वटा निति लगाएत केहि महत्वपुर्ण विद्येयक र ऐन कानुनहरु समेत पारित गरिएको छ भने गाउँसभामा आगामी वर्षका लागि वडाक्षेत्रबाट पालिका हुदै कर्णाली प्रदेश र केन्द्रमा आवश्यकताको आधारमा माग गरिने विभिन्न योजनाहरुको समेत खाका पारित गरिएको छ । गाउँसभा समापन पछि बोल्दै महाबु गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले विगत १५औँ गाउँसभाबाट पारित गरिएका महत्वपुर्ण योजनाहरुलाई मध्यनजर गर्दै अगाडी बढेको भन्दै संवृद्ध महाबुको आधार विभिन्न नियम कानुन र ऐनहरु पारित गरिएको बताउनुभयो । साथै उहाँले कृषि, पशु लगाएत महत्वपुर्ण क्षेत्रमा गाउँपालिका केन्द्रित भएको धारणा राख्नुभयो ।
……जंग बहादुर शाही अध्यक्ष महाबु गाउँपालिका दैलेख…………

दैलेखको महाबु गाउँपालिका गत मंसिर १६ मा उपनिर्वाचन भएको एक स्थानिय तह हो भने अध्यक्ष जंग बहादुर शाही दोस्रो कार्यकालका लागि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछिको पहिलो गाउँसभा समेत रहेको छ ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।