दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
९ वैशाख,२०८२

विश्व पृथ्वि दिवसको अवसर पारेर कर्णालीका साहित्यकारहरु सुर्खेतमा भेला भएका छन । सगरमाथा साहित्य प्रतिष्ठान कर्णालीद्धारा विश्व पृथ्वी दिवसको अवसरमा सुर्खेतमा आयोजित गजल मुशायरामा सहभागि साहित्यकारहरुले रचना वाचन समेत गरेका छन ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारी समेत सहभागि उक्त कार्यक्रममा सुर्खेत ,दैलेख, जाजरकोट लगाएत विभिन्न जिल्लाका विशेष गरि गजल मुक्तकमा कलम चलाउने साहित्यकारहरुले रचना वाचन गर्दै वर्तमान नेपालको समसामयिक अवस्थाको बारेमा व्यंग्यय समेत प्रहार गरेका छन । उनिहरुले वर्तमान समयमा कर्णालीको चित्रण गजलबाट गरेकाछन भने भोलिका दिनहरुमा समग्र कर्णालीको साहित्य क्षेत्रलाई जोडका साथ अघि बढ्ने बताएका छन ।
…..रचना वाचन……………
सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त गजल मुशायरा कार्यक्रममा गजलकार दिपिन सिजापती, अम्बिका भट्टराई, रेजीना सिंह र जनक चन्दले धाराप्रवाह गजल बाचन गर्नुभएको थियो ।
