दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ वैशाख,२०८२

दैलेखको भैरवी गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा गरिएको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
भैरवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हालसम्म गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन प्रस्तुत गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रिता कुमारी शाही मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकिय भक्त बहादुर मल्ल र विभिन्न वडाका वडाध्यक्षहरु लगाएत गाउँपालिका स्थित विभिन्न शाखाका शाखा प्रमुखहरु लगाएत सरोकारवाला कार्यालयका प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका राखेका थिए भने जवाफदेहि वक्ताहरुले त्यसको सहजिकरण गरेका थिए ।
