
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ वैशाख,२०८२
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पश्चिम नेपालमा कुरित र कुसँस्कारको रुपमा रहेको वालविवाह र छाउपडि विरुद्ध आज बालिका सम्मेलन गरेको छ । पछिल्लो समयमा बढ्दै गइरहेको वालविवाह लगाएत कुरितिको रुपमा अहिले पनि विद्यमान छाउपडि विरुद्ध प्रथम वालिका सम्मेलनको आयोजना गरेको छ ।
सोसेक नेपालको सहयोगमा सेभ द चिल्ड्रेनद्धारा विगत समयदेखि समग्र नगरपालिका भित्र वालविवाह, वहुविवाह, छाउपडि लगाएत विभिन्न विभेद अन्त्यका लागि समाज जागरण लगाएत चेतनामुलक कार्यक्रम र गतिविधि हुदैँ आएको सन्दर्भमा आज नगरपालिका भित्रका वालिकाहरुको सम्मेलन गरिएको छ । वालविवाह र छाउपडि विरुद्ध वालिकाहरु सशक्त भएर अघि बढ्न सकेको खण्डमा समाज रुपान्तरण हुन सक्ने सम्भावनालाई अघि सार्दै उक्त सम्मेलन गरिएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जनाएको छ ।
बालिका सम्मेलनको पुर्व सन्ध्यामा वालिकाहरुले,महिनावारी, छाउपडि लगाएत कुरित र कुसँस्कार अन्त्यका लागि लेखिएका विभिन्न नारा सहितको प्लेकार्ड बोकेर प्रभातफेरी कार्यक्रम समेत गरिएको छ । उक्त वालिका सम्मेलनको अवसरमा बोल्दै सोसेक नेपालका कार्यक्रम व्यवस्थापक निर्मल अधिकारीले यतिबेला वालवालिकाहरुले सामाजिक कुरित र कुसँस्कारका कारण समस्याहरु झेल्नुपरिरहेको सन्दर्भमा उनिहरुलाई समाजको मुल प्रवाहमा ल्याउदै जागरुक बनाउन र उनिहरुका अधिकारहरु रक्षाको लागि वालिका सम्म्मेलन गरिएको बताउनुभयो ।
उक्त वालिका सम्मेलनको उद्धघाटको क्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले पुरुष प्रधान देशमा यतिबेला पनि महिलाहरुको निर्णयलाई स्विकार गर्न नसकेको भन्दै वालिका सम्मेलनले केहि सचेतना स्थापित गरेको बताउनुभयोा ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
७ वैशाख,२०८२
दैलेखको भैरवी गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा गरिएको विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
भैरवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत हालसम्म गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन प्रस्तुत गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रिता कुमारी शाही मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकिय भक्त बहादुर मल्ल र विभिन्न वडाका वडाध्यक्षहरु लगाएत गाउँपालिका स्थित विभिन्न शाखाका शाखा प्रमुखहरु लगाएत सरोकारवाला कार्यालयका प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको थियो । कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका राखेका थिए भने जवाफदेहि वक्ताहरुले त्यसको सहजिकरण गरेका थिए ।