२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२५ माघ,२०८१

दैलेखको दुल्लु नगरपालिकाले राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिता २०८१ सञ्चालन गरेको छ । “राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ एतिहासिक राष्ट्रपति रनिंग सिल्ड सञ्चालन गरेको छ । कर्णाली प्रदेशकै दोस्रो ठुलो स्थानिय तहको रुपमा रहेको दुल्लु नगरपालिका जिल्लाका समग्र ११ वटा स्थानिय तहहरुमा समेत फरक पहिचान कायम गरेको पालिका हो । विगत वर्षहरुमा लामो समयसम्म विविध कारणले नेपाल सरकारको खेलकुद क्षेत्रमा रहेको राष्ट्रपति रनिंग सिल्ड सञ्चालन दुल्लु नगरपालिकाले सञ्चालन गर्न नसक्दा विभिन्न आरोपहरु खेप्नु परिरहेको थियो ।
यतिबेला दुल्लु नगरपालिकाले खेलकुद विधान सहित नगर खेलकुद विकास समिति गठन गर्दै वृहत खेलकुदको आयोजना गरेको हो । नगरपालिकाको १ देखी १३ वटै वडा क्षेत्रबाट १८ वटा विद्यालयहरुले उक्त खेलकुद प्रतियोगितामा सहभागिता जनाएका छन् । जस अन्तरगत करिब ४७० भन्दा बढि खेलाडी विद्यार्थीहरुले १५ विधाका खेलहरुमा ३० स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्नेछन ।
जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु लगाएत खेलसँग सरोकारावालाहरुको सहभागितामा उद्धघाटन भएको उक्त राष्ट्रपति रनिंग सिल्डको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले उद्धघाटन गर्नुभएको थियो । खेलकुद उद्धघाटनको अवसरमा बोल्दै मन्त्रि भण्डारीले स्थानिय तहदेखी जिल्ला हुदै प्रदेश र संघका खेलहरु खेल्ने खेलाडीहरुको जीवनविमा गर्ने मन्त्रालयले गरेको भन्दै खेलकुदको विकासका लागि योजनाहरु बनाउने प्रतिवद्धता राख्नुभयो ।

यसैगरि दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले लामोसमय सम्म दुल्लु नगरपालिकाको राष्ट्रपति रनिंग सिल्ड सञ्चालन हुन नसकेपनि वडा क्षेत्र र विद्यालयस्तरबाट खेलकुदका कार्यक्रमहरु गर्दै यतिबेला नगरक्षेत्रको खेलकुदलाई व्यवस्थित गरेको बताउनुभयो ।

समग्र दुल्लु नगरपालिकाको खेलकुद र राष्टपति रनिंग सिल्डको सन्दर्भमा बोल्दै दुल्लु नरपालिका कार्यपालिका प्रवक्ता दिपेन्द्र कुमार पुरीले सञ्चालन भइरहेको राष्टपति रनिंग सिल्ड खेलकुद प्रतियोगिताबाट उत्पादित खेलाडीहरुलाई भोलिका दिनहरुमा जिल्ला हुदै प्रदेश र राष्ट्रका लागि खेल्ने दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यमा नगरपालिका रहेको बताउनुभयो ।

उक्त खेलकुद प्रतियोगिता करिब ३ दिन सम्म सञ्चालन हुनेछ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।