२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२६ फाल्गुन,२०८१

दैलेखको गुराँस गाउँपालिकाले पालिका स्थापना दिवसको अवसर पारेर कृषि तथा पर्यटन क्षेत्रमा लगानी सम्बन्धि सार्वजनिक वहस कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको गुराँस गाउँपालिकाले पालिका स्थापनाको ८औँ वर्ष प्रवेशको अवसरमा समग्र विकासका साथै कृषि र पर्यटनको माध्ययमबाट आफ्नो पहिचान स्थापित गराउन विविध गतिविधिहरु अगाडी बढाउने क्रममा उक्त वृहत सार्वजनिक वसहको आयोजना गरेको हो ।
विविध साँस्कृतिक कार्यक्रम सहित गुराँस गाउँपालिकाले जनप्रतिनिधिहरु, चलचित्रकर्मीहरु लगाएत सरोकारवालाहरु र स्थानियबासीको सहभागितामा उक्त वहस सम्पन्न गरेको छ । गुराँस गाउँपालिकाले कृषि र पर्यटनका माध्यमबाट संवृद्धिको पहिचानका लागि विगत वर्षहरु देखी चलचित्रकर्मीहरुसँग हातेमालो गर्दै गुरुयोजनाका साथ काम गर्ने उद्धेश्यका साथ अघि बढेको छ ।
उक्त सार्वजनिक वहसको अवसरमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले गुराँस गाउँपालिका कृषि र पर्यटनका हिसावले महत्वपुर्ण भएको भन्दै मुर्त र अमुर्त सम्पदाहरुको संरक्षणमा ध्यान दिदैँ लोकसँस्कृतिको जगेर्ना नै मुख्य आवश्यकता भएकोमा जोडद दिनुभयो ।

गुराँस गाउँपालिकाको उक्त वहसमा सहभागि नेपाल चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले गुराँस गाउँपालिका पर्यटकिय एक गन्तव्य क्षेत्र हुनुका साथै सौन्दर्यमा पुर्ण रहेकोले चलचित्रको हिसावले समेत महत्वपुर्ण भएको बताउनुभयो ।

गुराँस गाउँपालिकाद्धारा आयोजित उक्त कृषि तथा पर्यटन क्षेत्रमा लगानी सम्बन्धि सार्वजनिक वहस कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले गुराँसको पर्यटन हरेक विषयवस्तुसँग जोडिएको भन्दै हरेक नागरिकले आफ्नो उत्पादनलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

यतिबेला गुराँस क्षेत्र गुराँस फुलेर रमाईलो हुनुका साथै पर्यटकिय क्षेत्रको रुपमा समेत रोजाईमा पर्न थालेको छ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२६ फाल्गुन,२०८१

दैलेखको ठाटिकाँध गाउँपालिकाको दुर्गम वडा क्षेत्रहरुमा महिलाहरुका विविध स्वास्थ्य समस्या समाधानका लागि स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ । ठाटिकाँध गाउँपालिका स्वास्थ्य शाखाले सोसेक नेपालसँगको सहजिकरणमा दुर्गम वडाहरु ३,४,र ५ का विभिन्न क्षेत्रहरुमा महिलाहरुको प्रजनन् रुग्णता, तथा पाठेघरको मुखको क्यान्सको चेकजाँच ९ख्क्ष्ब्० लगाएत स्तन क्यान्सर सम्बन्धि चेक जाँच, गर्भवती जाँच लगाएत अन्य विभिन्न रोगहरुको परिक्षण र उपचार सेवा सहितको शिविर सञ्चालन गरिएको छ ।
दुर्गमका महिलाहरुले पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगाएत विविध समस्याका कारण ज्यानै गुमाउनु पर्ने अवस्थाका साथै विभिन्न स्त्रि रोगका कारण प्रजनन् रुग्णता हुनुपर्ने वाध्यता एका तिर छ भने अर्कोतिर अज्ञानताका कारण लाज मान्दै रोग लुकाएर बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हरेक वर्ष शिविरको आयोजना गर्ने गरिएको सोसेक नेपाल ठाटिकाँधका कार्यक्रम परियोजना प्रमुख जिवराज रेग्मीको भनाई रहेको छ ।

स्वास्थ्य परिक्षण शिविरमा महिलाहरुका सबै रोग र समस्याहरुको परिक्षण गरिनुका साथै उपचार संभव भएसम्म शिविरमै उपचार गरिने र नभए रोग निदान गर्दै जिल्ला अस्पताल दैलेख लगाएत सुर्खेत अस्पतालमा उपचारका लागि रिफर समेत गरिने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन ।

उक्त स्वास्थ्य परिक्षण शिविर गाउँपालिकाको विकटतालाई मध्येनजर गर्दै बस्तिहरुमा समेत सञ्चालन गरिने छ भने शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र ठाटिकाँधका डाक्टर र स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरिरहेका छन ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।