
दिपेन्द्र कार्की बस्ताकोटी ,दैलेख
१ वैशाख २०८२
नयाँ वर्षको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि हर्ष उल्लास वातावरणमा रम्ने र रमाउने कार्यक्रमहरु आयोजित भए । दैलेखको भैरवी गाउँपालिका वडा नं. २ ले पनि नयाँ वर्षको अवसर पारेर रावतकोट मष्टास्थान मध्यपहाडी लोकमार्गसँगै वृहत देउडाखेलको आयोजना गरेको थियो । दुल्लु भैरवीका देउडा पारखीहरु सहित जनप्रतिनिधिहरु देखी संघिय माननिय सहितको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा दुल्लु भैरवी क्षेत्रमा जन्ममा खेलिने धमारी देखी ढुस्को समेत प्रस्तुत भएको थियो ।
उक्त देउडा खेलमा जानिय भेदभाव, छाउपडी लगाएत विविध कुरिति र कुसँस्कारका बारेमा देउडा प्रस्तुत गरिएको थियो । खेलमा कालिकोटका देउडा गायिका यसोदा देवकोटा र दैलेख चामुण्डाबिन्द्रासैनीका गणेश खड्काको मुख्य भुमिका रहेको थियो ।