
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
८ वैशाख,२०८२
दैलेखको नौमुले गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नौमुले गाउँपालिकाले गत ४ महिनामा गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन मार्फत सहभागिहरु सामु प्रष्ट पारेको छ । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गंग बहादुर शाही, प्रमुख प्रशासकि अधिकृत दमन दाहाल लगाएत वडाध्यक्षहरु लगाएत अन्य शाखाका शाखा प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका साथै सवालजवाफ गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दमन दाहालले प्रस्तुत गर्दै सेवाग्राहिका प्रश्न र जिज्ञासाको समस्या समाधान गर्नुभएको थियो भने सेवाग्राहीका बढि भन्दा बढि प्रश्न र जिज्ञासाको समस्या समाधान गाउँपालिका अध्यक्ष छबिराम सुवेदीले गर्नुभएको थियो ।