
दिपेन्द्र कार्की बस्तकोटी दैलेख
१६ वैशाख २०८१
राष्ट्रिय लेखक दिवस २०८२ को अवसरमा नेपाली अमर साहित्यकारहरु प्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेपाली लेखक संघ जिल्ला समिति दैलेखले आज दुल्लु स्थित विजया साहित्य पार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अमर साहित्यकारहरु प्रति उच्च सम्मान र श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । दुल्लु स्थित कोटडाँडामा यतिबेला साहित्यपार्कको निर्माणसँगै नेपाली इतिहासका अमर साहित्यकारहरुको प्रतिमा राखिएको छ । जसमा आदीकवी भानुभक्त आचार्य देखी दैलेखी साहित्यका अमर साहित्यकारहरुको करिब २७ भन्दा बढि साहित्यकारहरुको प्रतिमा राखिएको छ ।
नेपाली लेखक संघले उक्त साहित्यक पार्कको बिग्रिदो अवस्था देखी उनिहरुप्रति उच्च श्रद्धा अर्पणका लागि कार्यक्रमको आयोजना गरेको हो । दुल्लु नरपालिका प्रमुख भरत प्रसाद रिजाल सहित उपस्थित साहित्कार ,जनप्रतिनिधिहरु लगाएत साहित्यका पारखीहरुले साहित्यकारको प्रतिमामा माला र अबिर सहित माल्यार्णपण गरेका थिए ।
सो अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले दुल्लुको गरिमा झल्काउने उक्त पार्कको बिग्रिदो अवस्थाको बारेमा स्थानियहरु नै बढि जिम्मेबार भएको भन्दै आगमी दिनहरुमा उक्त साहित्यिक पार्कको संरक्षणका लागि नगरपालिकाले नयाँ रणनिति अबलम्बन गर्ने बताउनुभयो । साथै अमर साहित्यकारका जिवनीबाट समाजले परिवर्तनको बाटो लिनसक्नुपर्ने आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
उक्त कार्यक्रमको अवसरमा उपस्थित साहित्यकारहरुले रचना वाचन गर्नुका साथै पार्कको सरसफाई समेत गरेका छन । नेपाली लेखक संघ दैलेख, भेरी साहित्य समाज दैलेख, विश्व साहित्य महासंघ कर्णाली प्रदेश, भेरी साहित्य समाज दैलेख, बस्तकोटी मिडिया प्रालि दुल्लु दैलेख लगाएत संघ संस्थाहरुको सहजिकरण रहेको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार भुप्न्द्र प्रसाद रिजाल उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन साहित्यकार चन्द्र रावत गुराँसले गर्नुभएको थियो ।